विदेश

    Showing 361-370 of 1,579 items.
  • इटर्निटी सी जहाजमाथि हमला, चालक दलका दुई सदस्यको मृत्यु

    काठमाडौँ – यमनको तट नजिकै लाल सागरमा लाइबेरियाको झण्डा भएका मालवाहक जहाज इटर्निटी सी माथि भएको आक्रमणमा दुई जना चालक दल सदस्यको ज्यान गएको छ।अन्तर्राष्ट्रिय समुद्री संगठन (IMO) का लागि लाइबेरिया प्रतिनिधिले जानकारी दिँदै उक्त आक्रमण "भयानक र विध्वंसकारी" भएको बताएका छन्। समाचार अनुसार, आक्रमण साना डुङ्गाबाट प्रक्षेपित रकेट–प्रोपेल्ड ग्रेनेड (RPG) प्रयोग गरेर गरिएको थियो, जसका कारण जहाजमा ठूलो क्षति पुगेको छ।आक्रमणपछि जहाज समुद्रमा एकातिर ढल्किएको थियो। रोयटर्सका अनुसार, इटर्निटी सी मा २२ जना चालक दल सदस्य थिए, जसमा ११ जना फिलिपिन्सका र एक जना रूसी नागरिक रहेको उल्लेख गरिएको छ। हालसम्म कुन

    • प्रकाशित मितिः असार २५, २०८२
    • 286 पटक पढिएको
  • आलिया भट्टकी पूर्व निजी सहायक वेदिका शेट्टी ठगी आरोपमा पक्राउ

    मुम्बई – बलिउड अभिनेत्री आलिया भट्टकी पूर्व निजी सहायक वेदिका प्रकाश शेट्टीलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनलाई आलियाको प्रोडक्सन हाउस ‘इटर्नल सनशाइन प्रोडक्सन प्रा. लि.’ र आलियाको व्यक्तिगत बैंक खाताबाट अवैध रूपमा झण्डै ७७ लाख रुपैयाँ निकालेको आरोप लागेको हो।जुहू प्रहरीले दर्ता गरेको यो मुद्दामा हाल अनुसन्धान जारी छ। रिपोर्ट अनुसार, शेट्टीले आलियाका नक्कली हस्ताक्षर गरेर दुई वर्षको अवधिमा रकम निकालेकी थिइन्। उक्त उजुरी केही महिनाअघि आलियाकी आमा सोनी राजदानले दिएकी थिइन्। करिब पाँच महिनापछि प्रहरीले शेट्टीलाई बेंगलुरुबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको हो।हालसम्म अभिनेत्री आलिया भ

    • प्रकाशित मितिः असार २५, २०८२
    • 319 पटक पढिएको
  • ४५ वर्ष पुरानो पुल भाँचिएर दुर्घटना, दुई जनाको मृत्यु

    नयाँ दिल्ली— भारतको गुजरात राज्यमा बुधबार बिहान एक पुरानो पुल भाँचिँदा ठूलो दुर्घटना भएको छ। वडोदरा र आणन्द जिल्ला जोड्ने महिसागर नदीमाथिको 'गम्भीरा पुल'को बीचको हिस्सा अचानक भाँचिएपछि दुई मालवाहक ट्रक, एउटा बोलेरो जीप र केही अन्य सवारी साधन नदीमा खसेका छन्।४५ वर्षअघि निर्माण गरिएको सो पुल अत्यधिक जीर्ण अवस्थामा रहेको बताइएको छ। दुर्घटनापछि कांग्रेस आईका नेता तथा गुजरात विधानसभामा विपक्षी नेता अमित चावडाले सामाजिक सञ्जालमार्फत घटनामा चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल उद्धार कार्य तीव्र बनाउन र वैकल्पिक यातायातको व्यवस्था गर्न आग्रह गरेका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई जनाको शव

    • प्रकाशित मितिः असार २५, २०८२
    • 479 पटक पढिएको
  • रूसी राष्ट्रपति पुटिनले बर्खास्त गरेपछि पूर्वयातायात मन्त्री स्टारोभोइटले आत्महत्या गरे

    काठमाडौं— रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बर्खास्त गरेको केही घण्टापछि रूसका पूर्वयातायात मन्त्री रोमन स्टारोभोइटले आत्महत्या गरेका छन् । पुटिनले सोमबार बिहान स्टारोभोइटलाई बर्खास्त गरेका थिए । बर्खास्तीको घोषणा आधिकारिक क्रेमलिन वेबसाइटमा प्रकाशित भएको थियो । उपमन्त्री आन्द्रे निकितिनलाई कार्यवाहक मन्त्री नियुक्त गरिएको थियो ।पत्रकारहरूले स्टारोभोइटको बर्खास्तीको कारण सोध्दा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले विश्वासको कमीका कारण नभएको बताए पनि उनले कुनै वैकल्पिक कारण उल्लेख गरेनन् ।रूसको अनुसन्धान समितिले वक्तव्यमा जनाएअनुसार स्टारोभोइटको शव मस्कोको उपनगर ओडिन्ट्सोभोमा एक कारभित्र

    • प्रकाशित मितिः असार २४, २०८२
    • 424 पटक पढिएको
  • मंगल मिशनका लागि १० अर्ब डलर, १० बुदाँमा जान्नुहोस ट्रम्पको नयाँ कर नीति

    वासिंगटन डिसी, २४ असार । अमेरिकी राष्ट्रपतिले राष्ट्रिय राजनीतिमा यतिखेर ठूलो जित हासिल गरेका छन् । उनको सपनाको विधेयक अमेरिकी संसदको दुवै सदनबाट पारित भइसकेको छ र जुलाई ४ मा ट्रम्पको हस्ताक्षरले कानुन बन्नेछ ।वास्तवमा, अमेरिकी कंग्रेस (हाउस अफ रिप्रिजेन्टेटिभजस्तै) ले एउटा प्रमुख बिल प्याकेज पारित गरेको छ, जसलाई ‘बिग ब्यूटीफुल बिल’भनिएको छ। यसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो दोस्रो कार्यकालमा सबैभन्दा ठूलो विजय दिएको छ।प्रश्न यो छ कि यस कानूनमा यस्तो के छ कि यसको यति धेरै चर्चा भइरहेको छ र ट्रम्पले यसलाई कुनै पनि हालतमा पास गराउन चाहेका छन्, यद्यपि उनका पूर्व साथी र विश्वका धनी व्यक्ति ए

    • प्रकाशित मितिः असार २४, २०८२
    • 223 पटक पढिएको
  • क्वान्टम रेडारमा चीनको फड्को, शत्रुको लुकेर उड्ने विमान सजिलै पत्ता लाग्ने

    एजेन्सी — चीनले ३५० किलोमिटर टाढासम्म गोप्य रूपमा उड्ने स्टेल्थ विमान तथा ड्रोनसमेत पत्ता लगाउन सक्ने अत्याधुनिक क्वान्टम रेडार प्रणाली विकास गरेको दाबी गरेको छ।चङ्तु नजिकैको एक सैन्य अनुसन्धान केन्द्रमा गरिएको परीक्षणमा, चिनियाँ भौतिकशास्त्रीहरूले रेडियो वेभ प्रयोग नगरी नै स्टेल्थ प्रविधियुक्त ड्रोन पत्ता लगाउन सफल भएका हुन्। परीक्षणको क्रममा रेडारले परम्परागत सिग्नल नफ्याँकी, क्वान्टम इन्ट्याङ्गलमेन्ट र गोस्ट इमेजिङ प्रविधिको प्रयोग गरेको बताइएको छ।क्वान्टम रेडारमा माइक्रोवेभ फोटोनहरूको जालो प्रयोग गरिन्छ, जसले छैटौं इन्द्रियझैं संवेदनशील रूपमा वातावरणमा भएका सूक्ष्म परिवर्तनहरू पत्ता लगाउँछ

    • प्रकाशित मितिः असार २३, २०८२
    • 335 पटक पढिएको
  • भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

    एजेन्सी – दलाई लामाको ९० औं जन्मदिनको अवसरमा अनुयायीहरूले आइतबार भारतका विभिन्न स्थानमा कार्यक्रम गरेका छन् । भारतका विभिन्न भागहरूमा भेला भएर उनको ९० औं जन्मदिनको अवसरमा करुणा र प्रेमका साथ आयु बृद्धिको कामना समेत गरिएको छ । सो अवसरमा पूर्वी गयामा एक उत्सव जुलुस आयोजना गरिएको थियो। भारतको राजधानीमा, केक काट्ने समारोह आयोजना गरिएको थियो र त्यसपछि परम्परागत नृत्य प्रस्तुत गरिएको थियो।सो क्रममा दलाई लामाले आफू बसोबास गर्ने सानो भारतीय पहाडी शहर धर्मशालामा पानीमा रुझ्दै हजारौं भिक्षुहरू र अनुयायीहरूले मुस्कान एव ताली बजाएका थिए। भिक्षुहरूको समर्थनमा मञ्चमा बिस्तारै हिंड्दै गर्दा उनले हा

    • प्रकाशित मितिः असार २३, २०८२
    • 198 पटक पढिएको
  • सुरिनाममा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित, जेनिफर गियरलिंग्स–साइमन्स सत्तामा

    काठमाडौँ — दक्षिण अमेरिकी राष्ट्र सुरिनाममा पहिलो पटक महिला राष्ट्रपति निर्वाचित भएकी छन्। संसद्ले डा. जेनिफर गियरलिंग्स–साइमन्सलाई आइतबार देशको पहिलो महिला राष्ट्रपतिको रूपमा चयन गरेको हो।नेशनल डेमोक्रेटिक पार्टीको नेतृत्व गरिरहेकी जेनिफरले आगामी जुलाई १६ मा राष्ट्रपति पदको शपथ लिनेछिन्। सुरिनामको राष्ट्रिय सभाले दुई तिहाइ बहुमतले उनलाई राष्ट्रपति पदका लागि अनुमोदन गरेको हो।पूर्व सांसद तथा कांग्रेस सदस्य रहेकी जेनिफरले मे महिनामा भएको निर्वाचनपछि वर्तमान नेताविरुद्ध गठबन्धन बनाउँदै निर्विरोध रूपमा चुनाव जितेकी हुन्। यो राजनीतिक परिवर्तनको पृष्ठभूमिमा सुरिनामले आफ्नो समुद्री क्षेत्रमा तेल फेला

    • प्रकाशित मितिः असार २३, २०८२
    • 304 पटक पढिएको
  • प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको भेट

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको मित्रवात सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो । मन्त्री क्यासिसले नेपालको विकास, सङ्घीयता सबलीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा आफ्नो सहयोग निरन्तर रहने बताए । प्रधानमन्त्री ओलीले नेपालमा लामो समय हिंसात्मक र अस्थिर राजनीति रहे पनि अहिले दुुई ठुला दलको सहकार्यमा विकास, सुशासन र लोकतान्त्रिक प्र

    • प्रकाशित मितिः असार २३, २०८२
    • 316 पटक पढिएको
  • टेक्सासको विनाशकारी बाढी : ८२ को मृत्यु, ४१ जना बेपत्ता

    काठमाडौं – अमेरिकाको टेक्सास हिल कन्ट्रीमा आएको विनाशकारी बाढीले कम्तीमा ८२ जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार ८२ जनाको ज्यान गएको छ भने ४१ जना अझै बेपत्ता छन्। टेक्सासको विनाशकारी बाढीले विभिन्न काउन्टीहरूमा ठूलो जनधनको क्षति पु¥याएको छ। केर काउन्टीमा सबैभन्दा बढी ६८ जनाको मृत्यु भएको छ। ट्राभिस काउन्टीमा ६ जना, बर्नेट काउन्टीमा ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीमा २ जना र टम ग्रीन काउन्टीमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ।स्थानीय समयानुसार शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आएको थियो। केर काउन्टीको क्याम्प मिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट करिब एक दर्ज

    • प्रकाशित मितिः असार २३, २०८२
    • 274 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा