विदेश

    Showing 331-340 of 1,579 items.
  • दक्षिणी सिरियामा हिंसात्मक झडपमा ५९४ जनाको मृत्यु

     काठमाडौं — सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार दक्षिणी सिरियामा पछिल्ला दिनहरूमा भएको हिंसात्मक झडपमा कम्तीमा ५९४ जनाले ज्यान गुमाएका छन्। बेलायतस्थित मानव अधिकार संस्थाले हिंसा आइतबारदेखि सुरु भएको र त्यसमा चरम क्रूरता देखिएको जनाएको छ। मृतकमध्ये करिब ३०० जना ड्रुज समुदायका हुन्, जसमा १४६ जना लडाकु र १५४ सर्वसाधारण रहेका छन्। तीमध्ये ८३ जना सर्वसाधारणलाई सरकारी सेनाले कुनै मुद्दा नचलाई गोली हानेर मारेको दाबी गरिएको छ।यस हिंसामा बेदुइन समुदायका १८ जना लडाकु र सिरियाली सरकार पक्षका २५७ सुरक्षाकर्मीको पनि मृत्यु भएको  जनाएको छ। साथै, ड्रुज लडाकुहरूले पनि कुनै कानुनी प्रक्

    • प्रकाशित मितिः साउन २, २०८२
    • 341 पटक पढिएको
  • शेख हसिनाको गृहनगरमा रक्तपात, कफ्र्यू जारी

     बङ्गलादेश — अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच गोपालगञ्जमा भएको हिंसात्मक झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ। घटनापछि प्रहरीले बिहीबार २० जनालाई पक्राउ गरेको जनाएको छ।झडप बुधबार शेख हसिनाको गृहनगर गोपालगञ्जमा भएको हो। प्रहरीले जानकारी दिएअनुसार हसिनाको अवामी लिग पार्टीका कार्यकर्ताहरूले नेशनल सिटिजन्स पार्टी (एनसीपी)को ¥याली विफल पार्ने प्रयास गर्दा झडप सुरु भएको थियो। घटनास्थलमा इँटा, ढुङ्गा र फुटेका सिसाहरू विझारिएको देखिएको छ।स्थिति नियन्त्रणमा लिन प्रशासनले गोपालगञ्जमा कफ्र्यू आदेश जारी गर्दै एक हजार ५०० भन्दा बढी प्रहरी, सेना र सीमा सुरक्षा बल तैनाथ गरेको छ

    • प्रकाशित मितिः साउन २, २०८२
    • 430 पटक पढिएको
  • पाकिस्तानमा भीषण वर्षाः ६३ जनाको मृत्यु, आपतकाल घोषणा

    पाकिस्तान— पाकिस्तानको पञ्जाब प्रान्तमा निरन्तर परेको भीषण वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै तीन सय जना भन्दा बढी घाइते भएका छन्।पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार धेरैजसोको मृत्यु भवन भत्किँदा च्यापिएर वा करेन्ट लागेर भएको हो। वर्षाका कारण रावलपिण्डी लगायतका क्षेत्रहरूमा जनजीवन प्रभावित भएको छ र रावलपिण्डीमा सार्वजनिक बिदा समेत घोषणा गरिएको छ।तीव्र वर्षाका कारण विभिन्न क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने सडक तथा यातायात प्रणाली पूर्ण रूपमा प्रभावित भएका छन्। केही स्थानमा २४ घण्टाको अवधिमा ४ स

    • प्रकाशित मितिः साउन २, २०८२
    • 537 पटक पढिएको
  • ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’

    वासिंगटन डिसी, २ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नसा रोग क्रोनिक भेनस इन्सुफिशियन्सी (एबी) बाट पीडित रहेको खुलेको छ । ह्वाइट हाउसले बिहीबार दिएका जानकारी अनुसार जसका कारण उनीहरुको खुट्टा सुन्निने गर्दछ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमा यो रोग ७० वर्षभन्दा माथिका मानिसमा हुने बताइन् ।लेभिटले भनिन कि राष्ट्रपतिको हत्केलामा चोटहरू छन्, जुन सानो नरम ऊतक जलन हो। यो एस्पिरिन खपत र मानिसहरूसँग बारम्बार हात मिलाउने संकेत प्रभावको कारण हो। ह्वाइट हाउसको यो बयान ट्रम्पको स्वास्थ्यको बारेमा धेरै अड्कलबाजी पछि आएको हो। वास्तवमा, जुलाई १३, २०२५ मा न्यु ज

    • प्रकाशित मितिः साउन २, २०८२
    • 206 पटक पढिएको
  • पाकिस्तानको पञ्जाबमा अविरल वर्षाले ६३ जनाको ज्यान गयो, २९० घाइते

    एजेन्सी — पाकिस्तानको पञ्जाब प्रान्तमा लगातारको मुसलधारे वर्षाका कारण कम्तीमा ६३ जनाको मृत्यु भएको छ भने २९० जना घाइते भएका छन्। राष्ट्रिय विपत व्यवस्थापन प्राधिकरणका अनुसार भवन भत्किँदा थिचिएर, करेन्ट लागेर र डुबेर धेरैको ज्यान गएको हो।वर्षाका कारण रावलपिण्डी शहरले बिहीबार सार्वजनिक बिदा घोषणा गर्दै सबैलाई घरमै बस्न आग्रह गरेको छ। बाढी प्रभावित नदी किनाराका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।गत तीन सातायता देशभर वर्षासम्बन्धी घटनामा १८० जनाको मृत्यु भइसकेको छ, जसमा आधाजसो बालबालिका छन्।पञ्जाबमा प्रमुख राजमार्गहरू बाढीका कारण अवरुद्ध भएका छन् भने दर्जनौं उडानहरू स्थगित भएका छन

    • प्रकाशित मितिः साउन १, २०८२
    • 400 पटक पढिएको
  • एयर इन्डियाको बिमान दुर्घटना : पाइलटले नै रोकेका थिए इन्धन प्रवाह !

    काठमाडौं – भारतको अहमदाबादमा गत जुन १२ मा भएको एयर इन्डियाको बिमानको इन्जिनमा पाइलटले नै इन्धन प्रवाह रोकेको बताइएको छ ।अमेरिकी प्रारम्भिक मूल्याङ्कनका अनुसार ब्ल्याक–बक्स रेकर्डिङले दुर्घटनाग्रस्त एयर इन्डिया विमानको दुवै इन्जिनमा इन्धन प्रवाह बन्द गरेको बताएको छ । सञ्चारमाध्यमहरुले प्रारम्भीक अमेरिकी प्रमाणहरुको मूल्यांकनलाई उद्धृत गर्दै यस्तो बताएका हुन् ।वाल स्ट्रिट जर्नलले बुधबार रिपोर्ट गरेको पहिलो अधिकारी क्लाइभ कुन्दरले क्याप्टेन सुमित सभरवाललाई सोधे कि उनले धावनमार्गबाट उत्रिएपछि स्विचहरू ‘कटअफ’ स्थितिमा किन सारेका थिए । यद्यपी, सम्बन्धित भारतीय अधिकारीहरूले रिपोर्टको जवाफ दिएका छैनन्

    • प्रकाशित मितिः साउन १, २०८२
    • 539 पटक पढिएको
  • संयुक्त अरब इमिरेट्सले १२० नेपालीलाई जेलमुक्त गर्‍यो

    काठमाण्डौं— संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२० जना नेपालीलाई आममाफी दिएको छ ।विभिन्न कसूरमा यूएईको जेलमा रहेका नेपालीहरूलाई यूएई सरकारले आममाफी दिएको नेपाली राजदूतावासले जनाएको छ ।दूतावासका अनुसार ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।यूएई सरकारको यो निर्णयप्रति नेपाली दूतावासले आभार तथा कृतज्ञता व्यक्त गरेको छ ।

    • प्रकाशित मितिः साउन १, २०८२
    • 511 पटक पढिएको
  • भारतमा चट्याङ लागेर २० जनाको मृत्यु, हिमाचलमा अहिलेसम्म ८१८ करोड क्षति

    भारत— बिहारको नालन्दा जिल्लाका तल्लो तटीय क्षेत्रमा बाढी आएको छ भने चट्याङ लागेर २० जनाको मृत्यु भएको छ। हिमाचल प्रदेशमा भारी वर्षाका कारण १०६ जनाको मृत्यु भएको छ र ८१८ करोडको क्षति भएको छ।दिल्ली विमानस्थलमा खराब मौसमका कारण ६ वटा उडान डाइभर्ट गरियो, र अमरनाथ यात्रा स्थगित गरियो।नयाँ दिल्ली । भारतको बिहारको नालन्दा जिल्लाका धेरै तल्लो तटीय क्षेत्रहरूमा बाढीको अवस्था छ । झारखण्डमा वर्षाका कारण बाढी आएपछि फाल्गु नदीमा पानीको सतह निरन्तर बढिरहेको छ । बुधबार राज्यका विभिन्न जिल्लाहरूमा चट्याङ लागेर २० जनाको मृत्यु भएको खबर आएको छ । तर यस सिजनमा अहिलेसम्म औसतभन्दा ४६ प्रतिशत कम वर्षा भएको छ ।&

    • प्रकाशित मितिः साउन १, २०८२
    • 476 पटक पढिएको
  • इजरायल द्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण

    काठमाडौं – इजरायली युद्धक विमानहरूले बुधबार दक्षिणी सिरियाभरि आफ्नो हवाई आक्रमण अभियान तीव्र पारेका छन् । सोहि क्रममा इजरायली सेनाले सिरियाली सेनाको जनरल कमान्ड मुख्यालय र मध्य दमास्कसमा रहेको राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण गरेको हो ।सिरियाली स्वास्थ्य अधिकारीहरूका अनुसार दमास्कसमा भएको आक्रमणमापरी कम्तिमा तीन जना नागरिकको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते भएका छन् । चाइना सेन्ट्रल टेलिभिजन (सीसीटिभि) का रिपोर्टर रान्ड शुक्रीले आक्रमणपछिको दृश्यको अभिलेख राख्दै सैन्य मुख्यालयबाट निस्केको धुवाँको भिडियो कैद गरेका छन् ।“हामी अहिले दमास्कसको उम्मेयाद स्क्वायरमा छौं । मेरो पछाडि सिरियाली सेना

    • प्रकाशित मितिः साउन १, २०८२
    • 292 पटक पढिएको
  • रुस द्वारा युक्रेनी सैन्य क्षेत्रमा आक्रमण

    काठमाडौं – रूसले मंगलबार युक्रेनी सैन्य क्षेत्रमा आक्रमण जारी राखेको छ ।रुसको रक्षा मन्त्रालयको दैनिक ब्रीफिंग अनुसार, रुसको सेनाले विगत २४ घण्टामा सुमी, खार्किभ र डोनेट्स्क लगायत युक्रेनी क्षेत्रहरूमा आक्रमण गरेको हो । आक्रमणका क्रममा रुसले युक्रेनका धेरै इलेक्ट्रोनिक युद्ध स्टेशनहरू, राडार स्थापनाहरू र गोलाबारुद डिपोहरू ध्वस्त पारेको छ ।ककककरुसी आक्रमणको प्रतिबाद गर्दै युक्रेनले सोही दिन १७८ वटा रूसी ड्रोनहरू खसालेको छ । रुसी वायु रक्षा एकाइहरूले सोही अवधिमा सात युक्रेनी बम, रकेट र १०३ फिक्स्ड–विङ ड्रोनहरू रोकेको मन्त्रालयले जनाएको छ ।युक्रेनको सशस्त्र बलको जनरल स्टाफले एक युद्ध रिपोर्टमा भन

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 154 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा