काठमाडौं— फिफा विश्वकप २०२६ अन्र्तगतको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० गोलले पराजित गरेको छ । अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो ।ब्राजिलको जितमा स्टार स्ट्राइकर भिनिसियसले खेलको ७ औं मिनेमा र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले जारी विश्वकपमा ४ गोल गरिसकेका छन् । खेलको ६० औं मिनेटमा म्याथियस कुन्हाले तेस्रो गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।
एजेन्सी । प्रत्यक्ष उपस्थित भएर फिफा विश्वकप फुटवल प्रतियोगिता हेर्न नपाएका चिनिया समर्थकहरु व्यापारिक सामग्री किनमेलमा व्यस्त भएका छन् । विश्वकपका धेरैजसो सामग्रीहरू चीनमा उत्पादन गरिन्छ, त्यसैले खुद्रा डिलरहरू र अस्थायी रुपमा संचालनमा रहेका (पप–अप) स्टोरहरूले धेरैको ध्यान आकर्षित गरिरहेको छ । विश्वकप सुरु भएको पहिलो दिनमै बेइजिङमा, किनमेल गर्नेहरूको भीड देखिन्थ्यो । ‘म विश्वकपसँग सम्बन्धित केही रचनात्मक उत्पादनहरू किन्न चाहन्छु । यो एउटा यस्तो कार्यक्रम हो जुन हरेक चार वर्षमा मात्र हुन्छ । उत्पादित डिजाइन गरिएका सामग्रीहरु निकै राम्रा छन् । मस्कटहरू एकसाथ जोडिएका छन्, र मेरो झोलामा राम्
काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सहभागी एक शिखर सम्मेलनमा, ३५ वर्षीय प्रवेश रिजालले त्यो काम गरे जुन थोरै नेपाली कार्यकारीहरूले गर्ने अवसर पाएका छन्।प्रविधिविद्, रक्षा नवप्रवर्तक र विश्वका नीति निर्माताहरूले भरिएको कोठामा, विश्वका अग्रणी प्रविधि नीति सम्मेलनको मुख्य मञ्चबाट उनले नेपालको नाम लिए । अमेरिकी वित्त क्षेत्रमा नेपाली मूलका सर्वाधिक वरिष्ठ व्यक्तिहरूमध्ये एक प्रवेश रिजाल क्रस रिभर ब्याङ्कका कार्यकारी उपाध्यक्ष तथा मुख्य एआई अधिकारी हुन् । तीस वर्ष नपुग्दै १०० अर्ब डलरभन्दा बढी सम्पत्ति व्यवस्थापन गर्ने वाल स्ट्रिटका हेज फन्डहरूमा
एजेन्सी। अमेरिका, इजरायल र इरानबीचको तनावका कारण खाडी क्षेत्रमा फसेका ११ हजारभन्दा बढी नाविकलाई उद्धार गर्न संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले विशेष योजना अघि बढाएको छ।उद्धार अभियान अमेरिका, इरान, खाडी राष्ट्रहरू र शिपिङ कम्पनीहरूको सहकार्यमा सञ्चालन हुने बताइएको छ। साथै, विश्व व्यापारका लागि महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज समुद्री मार्गमा जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने तयारीसमेत गरिएको छ।द्वन्द्व कम गर्न अमेरिका र इरानबीच अन्तरिम सम्झौता भए पनि आणविक कार्यक्रमलगायत केही विषयमा विवाद अझै कायम रहेको छ।खाडी क्षेत्रमा बढ्दो तनावबीच हजारौँ नाविकको सुरक्ष
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा कोलम्बियाले कङ्गो लोकतान्त्रिक गणराज्यलाई १-० ले पराजित गरेको छ । मेक्सिकोको एस्तादियो ग्वाडालाहारामा भएको खेलमा कङ्गो लोकतान्त्रिक गणराज्यलाई १-० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको हो । ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियालाई अग्रता बताए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७६औं मिनेटमा ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियाकालाई १-० अन्तरले बीजयी गराउन सफल भए ।
काठमाडौं । क्रोएसियाका कप्तान लुका मोड्रिचले पुरुष अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल खेल्ने कीर्तिमान बनाएका छन्। उनी यो उपलब्धि हासिल गर्ने क्रोएसियाका पहिलो तथा विश्व फुटबल इतिहासका चौथा खेलाडी बनेका छन् । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दा मोड्रिचले आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल खेलेका हुन् । सन् २००६ जुन १ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मोड्रिचले करिब दुई दशकको अन्तर्राष्ट्रिय करियरमा २९ गोल गरेका छन् र अझै पनि टोलीका प्रमुख खेलाडीका रूपमा सक्रिय छन् ।अन्तर्राष्ट्रिय खेलको संख्यामा क्रिस्टियानो रोनाल्डो २३० खेलसहित शीर्ष स्थानमा छन् ।
काठमाडौं— नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका दुई वटा अमूल्य मूर्ति नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित एक समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा म्यानहटन सरकरी वकिलको कार्यालयअन्तर्गतको पुरातात्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्तान्तरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे ।महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिअनुसार तेह्रौँ शताब्दीको कास्य पद्मपाणीको म
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।मंगलबार राति अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले उज्बेकिस्तानविरुद्ध दुई गोल गरेका थिए । खेलको पहिलो हाफमा पोर्चुगलले उज्वेकिस्तानविरुद्ध ३—० को सहज अग्रता बनाएको थियो । दोस्रो खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई र नुनो मेन्डेसले एक गोल गरे । खेलको सुरुवातदेखि नै दबाब बनाएको पोर्चुगलका लागि रोनाल्डोले छैटौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने १७ औं मिनेटमा नुनो मेन्डेसले दोस्रो गोल गरेका थिए ।खेलको ३९ औं मिनेटमा रोन
काठमाडौं— संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले अमेरिका, इजरायल र इरान बीचको द्वन्द्वका कारण खाडी क्षेत्रमा फसेका ११ हजारभन्दा बढी नाविकहरूलाई उद्धार गर्ने तयारी गरिरहेको छ ।यो ठूलो अभियान अमेरिका, इरान, खाडी क्षेत्रका तटीय देश र शिपिङ कम्पनीको सहयोगमा सञ्चालन गरिनेछ । यस क्रममा जहाजहरू स्ट्रेट अफ होर्मुज समुद्री मार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न सक्ने सुनिश्चितता पनि गरिनेछ ।द्वन्द्व अन्त्य गर्न गत हप्ता एक अन्तरिम सम्झौता ९एमओयू० मा हस्ताक्षर भएको थियो, तर अमेरिका र इरानबीच अझै पनि केही मुद्दाहरू समाधान हुन बाँकी छन् ।अमेरिकाले भनेको छ कि यो एमओयूमा इरानको आणविक का
काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा सोमबार सञ्चारमाध्यमसँग कुरा गर्दै उनले जलमार्गको व्यवस्थापन अब पूर्व–युद्ध अवस्थामा फर्किन नसक्ने दाबी गरे । उनले इरान र अमेरिका बीच आपतकालीन अवस्थाहरूमा तत्काल सम्पर्क र समन्वयका लागि एक संयुक्त सम्पर्क केन्द्र स्थापना गर्ने सहमति भएको पनि जानकारी दिए । तर यो सम्पर्क प्रणाली केवल आपतकालीन समुद्री घटनाहरू व्यवस्थापनका लागि मात्र हुने र जहाजहरूको ट्रान्जिट अनुमति प्रक्रिया भने पुरानै प्रणालीअनुसार चल्ने उनले स्पष्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.