काठमाडौं— संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले अमेरिका, इजरायल र इरान बीचको द्वन्द्वका कारण खाडी क्षेत्रमा फसेका ११ हजारभन्दा बढी नाविकहरूलाई उद्धार गर्ने तयारी गरिरहेको छ ।
यो ठूलो अभियान अमेरिका, इरान, खाडी क्षेत्रका तटीय देश र शिपिङ कम्पनीको सहयोगमा सञ्चालन गरिनेछ । यस क्रममा जहाजहरू स्ट्रेट अफ होर्मुज समुद्री मार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न सक्ने सुनिश्चितता पनि गरिनेछ ।
द्वन्द्व अन्त्य गर्न गत हप्ता एक अन्तरिम सम्झौता ९एमओयू० मा हस्ताक्षर भएको थियो, तर अमेरिका र इरानबीच अझै पनि केही मुद्दाहरू समाधान हुन बाँकी छन् ।
अमेरिकाले भनेको छ कि यो एमओयूमा इरानको आणविक कार्यक्रमको अनुगमन अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीद्वारा गरिने ग्यारेन्टी समावेश छ ।






































