बिर्तामोड । अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा अघि सारिएको कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पुऱ्याउने प्रस्ताव गरिए पनि सिनेटले पारित गरेको प्रस्तावमा ज्यालाको विषय हटाइएको छ ।अमेरिकी सिनेटका एक वरिष्ट अधिकारीले कोभिड(१९ को प्याकेजमा न्यूनतम ज्यालाको विषय समेट्न उपयुक्त नभएको प्रतिक्रिया दिएका छन् । जसलाई डेमोक्रेटिक पार्टीले आफ्नो प्रगतिशील अजेन्डाका रुपमा अघि सार्दै आएको थियो ।राष्ट्रपति बाइडेनले कोभिडका कारण संकटमा परेको अमेरिकी अर्थतन्त्रलाई उकास्न करिब १९ खर्ब डलरको राहत प्याकेज अघिसारेका थिए ।सिनेटमा रिपब्लीकन पार्टीका सदस्यहरुले रा
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ ।गएराति भएको खेलमा लण्डन क्लब चेल्सीलाई जित दिलाउन ओलिभर जिरुडले दोस्रो हाफमा शानदार गोल गरेका थिए । उनले ६८औं मिनेटमा बाइसाइकल किमार्फत गोल गरेका हुन् ।जिरुडको गोललाई रेफ्रीले सुरुमा अफसाइड दिए पनि पछि भिएआर रिभ्यु मार्फत गोलले मान्यता पाएको हो ।
बिर्तामोड । शक्तिशाली हिमआँधी आउँदा अमेरिकामा अहिलेसम्म २० जनाको ज्यान गएको छ। टेक्सास, केन्टुकी, नर्थ क्यारोलिना र मिजौरीलगायत राज्यहरूमा आँधीले निकै असर गरेको छ। विद्युत प्रवाह, फोन नेटवर्क र यातायात सेवा ठप्प भएको छ।स्थानीय मिडियाहरूले गरेको अपडेटअनुसार हिमआँधीमा परी अहिलेसम्म २० जनाको मृत्यु भएको र लाखौं मानिसहरू सञ्चार सम्पर्कविहीन भएकाले उनीहरूको अवस्था थाहा पाउन नसकेको स्रोतले जनाएको छ ।अत्यधिक चिसो बढेको, तर हिमआँधीका कारण विद्युत कटौती हुँदा निकै सकस परेको छ। सडकदेखि घरसम्म जताततै आँधीमा आएको हिउँ थुप्रिएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.