विदेश

    Showing 2,041-2,050 of 2,051 items.
  • हिंसामा परी ९० भन्दा बढीको निधन

    काठमाडौँ/ हिंसामा परी अफगानिस्तानमा  २४ घण्टायता  ९० जनाको मृत्यु भएको छ । तालिबानी विद्रोही समूहले सरकारसँग वार्ता गरिरहे पनि अफगानिस्तानमा तालिबानहरुले हिंसात्मक घटनालाई भने निरन्तरता दिइरहेका छन् ।२४ घण्टा यता भएका हिंसामा परी ९० भन्दा बढी व्यक्तिको निधन भएको संस्था रिडक्सन इन भायोलेन्स (आरआइभी) ले जानकारी दिएको छ ।रिभले भनेको छ, ‘गएको २४ घण्टा यता अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको तालिबानका आक्रमण लगायतका हिंसामा परी आठ जना अफगान सर्वसाधारण नागरिक र पाँच जना यहाँको राष्ट्रिय सुरक्षा संगठनका सदस्य पनि मारिएका छन् ।’ साथै यो अवधिमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा निकायले गरेको क

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 143 पटक पढिएको
  • नरसंहारको विरोधमा नागरिक अगुवाको प्रदर्शन

    काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरको नख्खुस्थित म्यानमारको दुतावास अगाडि प्रदर्शन गरिइएको छ । वृहत नागरिक आन्दोलनको अगुवाइमा शुक्रबार बिहान विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले म्यानमारका जनताले जस्तै तीनवटा औंला देखाएर प्रदर्शन गरेका थिए । तीन औंलाले स्वतन्त्रता, समानता र ऐक्यबद्धताको संकेत गर्दछ ।उनीहरुले म्यानमारका जनताको आन्दोलनमा नेपालीहरुको ऐक्यबद्धता रहेको सन्देशयुक्त प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा डा. गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायतको सहभागीता रहेको थियो ।म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक ‘कू’ भएपछि सुरु भएको प्रदर्शन दबाउन सुरक्षाकर्

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 139 पटक पढिएको
  • कोपा डेल रे उपाधिका लागि बार्सिलोना र एथ्लेटिक विल्वाओ भिड्ने

    काठमाडौं / स्पानिस कोपा डेल रे फुटबलको उपाधिका लागि बार्सिलोना र एथ्लेटिक विल्वाओबीच प्रतिस्पर्धा हुने भएको छ ।विल्वाओले दोस्रो सेमिफाइनलमा लेभान्टेलाई समग्रमा ३(२ ले पराजित गर्दै बार्सिलोनासँग फाइनलमा भेट पक्का गरेको हो ।विल्वाओले दोस्रो लेगमा लेभान्टेलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको हो । पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो ।खेलको १७औं मिनेटमा रोजरले गोल गर्दै घरेलु मैदानमा लेभान्टेलाई अग्रता दिलाएका थिए । तर ३०औं मिनेटमा राहुल गार्सियाले विल्वाओका लागि बराबरी गोल फर्काए ।निर्धारित ९० मिनेटसम्मको खेल १–१ को बराबरी भएपछि समग्रमा खेल २–२ को अवस्थामा पुग्यो । त्यसपछि थप गरिएको ३० म

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 305 पटक पढिएको
  • मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

    काठमाडौं / एसिड आक्रमणमा परेकी नेपालकी मुस्कान खातुनलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय भएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी गराएको छ । दुतावासले अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको जनाएको छ । वि.सं. २०७६ मा वीरगन्जका एक युवकले प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै मुस्कानलाई एसिड प्रहार गरेका थिए । घटना पछी मुस्कान सामाजिक क्षेत्रमा महिला हिंसा र महिलाको न्यायको लागि सक्रिय बनेकी थिइन् ।असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका व

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 141 पटक पढिएको
  • सुरक्षाकर्मीले गोली चलाउँदा एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु

    काठमाडौं । म्यानमारमा एकैदिन ३८ जना प्रर्दशनकारी मारिएका छन् । म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका हुन् ।बीबीसीका अनुसार सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० बढी प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको हो ।सैनिक ‘कू’को विरोधमा म्यानमारमा दिनहुँजसो ठूला प्रदर्शन हुँदै आएका छन् । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरेको थियो । सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको छ ।

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 146 पटक पढिएको
  • मलेसियामा श्रमिकको मृत्यु भए परिवारलाई आजिवन आर्थिक सुरक्षा

    बिर्तामोड / मलेसियाको सामाजिक (सुरक्षा) संस्था सोक्सो ले मलेसियामा कार्यरत नेपाली श्रमिकको कारणवश अंगभंग वा मृत्यु भएको अवस्थामा श्रमिकमात्र नभएर श्रमिकको परिवारलाई समेत आजिवन आर्थिक (क्षतिपूर्ति) सुरक्षा प्रदान गर्ने भएको छ ।नेपाल सरकार र मलेसिया सरकारका सरकारी अधिकारीबीच सोक्सोको समझदारी पत्रमा स्वास्थ्य, अस्थायी असक्षमता, स्थायी असक्षमता र आश्रित लाभ शिर्षकमा हस्ताक्षर भएपछि श्रमिकसँगै परिवारलाई पनि आजिवन आर्थिक सुरक्षा प्रदान गरिने भएको छ ।समझदारी पत्रमा भनिएको छ, ‘अस्थायी असक्षमता, स्थायी असक्षमता र आश्रित लाभ भने श्रमिक स्वयम् वा निजको परिवारजनले पाउने छन् । कुनै पनि श्रमिक दुर्घटनामा पर

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 166 पटक पढिएको
  • ‘गंगुबाई काठियावाडी’मा आलियाको नयाँ लुक्स

    बिर्तामोड। अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्म ‘गंगुबाई काठियावाडी’ को कारणले चर्चामा रहेकी छन् । निर्देशक सञ्जयलीला भञ्सालीले फिल्मको टीजर आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका थिए । जसमा रहेको आलियाको लुक्स निकै मन पराइएको थियो ।अहिले अभिनेत्री आलियाले फिल्मको एक पोस्टर समेत सार्वजनिक गरेकी छन् । जुन भाइरल भैरहेको छ । आलियाले फिल्मका न्यु पोस्टर शेयर गर्दै फ्यानलाई अन्यवाद समेत दिएकी छन् । ‘तपाईहरुले गंगुलाई निकै माया दिनुभयो । त्यसको लागि धन्यवाद’ आलियाले लेखेकी छन् ।

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 140 पटक पढिएको
  • स्कुलबाटै ३ सयभन्दा धेरै बालिकाहरुको अपहरण

    काठमाडौं। नाइजेरियामा सशस्त्र आतंककारीहरुले शुक्रबार जाफ्नाको एक सरकारी विद्यालयमा आक्रमण गरी ३ सयभन्दा बढी बालिकाको अपहरण गरेका छन् । गैरइस्लामिक शिक्षा दिइएको भन्दै आक्रोशित बोको हरामका आतंककारीहरुले यहाँका विद्यालयहरुमा लगातार आक्रमण गरिरहेका छन्। केही परिवारले वरपरका जंगलहरूमा आफ्ना छोराछोरीहरूलाई खोजिरहेका छन्।यसैबीच सेनाले पनि खोजी कार्य सुरु गरेको छ । जफ्ना राज्यका सूचना आयुक्त सुलेमान तानु अनाकाले बताएअनुसार सशस्त्र आतंककारीहरूले कति बालिकालाई अपहरण गरेका छन् भन्ने कुरा अहिलेसम्म स्पष्ट गरिएको छैन। तर, यो संख्या ३ सयभन्दा बढी रहेको स्थानीय सञ्चारमाध्यमले दाबी गरिरहेका छन् । यी मध्

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 151 पटक पढिएको
  • न्यूनतम ज्याला १५ डलर पुऱ्याउने प्रस्तावमा अमेरिका असहमति

    बिर्तामोड । अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा अघि सारिएको कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पुऱ्याउने प्रस्ताव गरिए पनि सिनेटले पारित गरेको प्रस्तावमा ज्यालाको विषय हटाइएको छ ।अमेरिकी सिनेटका एक वरिष्ट अधिकारीले कोभिड(१९ को प्याकेजमा न्यूनतम ज्यालाको विषय समेट्न उपयुक्त नभएको प्रतिक्रिया दिएका छन् । जसलाई डेमोक्रेटिक पार्टीले आफ्नो प्रगतिशील अजेन्डाका रुपमा अघि सार्दै आएको थियो ।राष्ट्रपति बाइडेनले कोभिडका कारण संकटमा परेको अमेरिकी अर्थतन्त्रलाई उकास्न करिब १९ खर्ब डलरको राहत प्याकेज अघिसारेका थिए ।सिनेटमा रिपब्लीकन पार्टीका सदस्यहरुले रा

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 163 पटक पढिएको
  • चेल्सीसँग एट्लेटिको स्तब्ध

    काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ ।गएराति भएको खेलमा लण्डन क्लब चेल्सीलाई जित दिलाउन ओलिभर जिरुडले दोस्रो हाफमा शानदार गोल गरेका थिए । उनले ६८औं मिनेटमा बाइसाइकल किमार्फत गोल गरेका हुन् ।जिरुडको गोललाई रेफ्रीले सुरुमा अफसाइड दिए पनि पछि भिएआर रिभ्यु मार्फत गोलले मान्यता पाएको हो ।

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 214 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.