विदेश

    Showing 1,971-1,980 of 2,133 items.
  • दिल्लीका मुख्यमन्त्रीद्वारा कोरोनाको तेस्रो लहर विरुद्ध अहिलेदेखि नै तयारी

    नयाँ दिल्ली / भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गरेका छन् । उनले सरोकारवालाहरुसँग यसअघि झै शुक्रबार पनि छलफल गर्न लागेको अधिकारीहरुले जनाएका छन् ।  तेस्रो चरणको महामारीका बेलामा हुन सक्ने सम्भावित क्षति र त्यसको न्यूनीकरण तथा नियन्त्रणका लागि गर्न सकिने उपायहरुका बारेमा उनले परामर्श लिन लागेका हुन् । दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ । उनीहरुले पनि विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरेर सरकारलाई सुझाव दिने उनले जानकारी दिए । स्वास्थ्य सेव

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 155 पटक पढिएको
  • डेनमार्कद्वारा तीन लाख ५८ हजार डोज अस्ट्राजेनिका खोप केन्यालाई प्रदान

    कोपेनहेगन / डेनमार्कले आफूसँग रहेको अस्ट्राजेनिकाको तीन लाख ५८ हजार ७०० डोज खोप अफ्रिकी मुलुक केन्यालाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । आगामी जुलाई ३१ मा म्याद समाप्त हुन लागेकाले उक्त खोप जतिसक्दो चाँडो केन्यालाई प्रदान गरिने छ । डेनमार्कले यस वर्ष करिब ३० लाख डोज खोप अन्य राष्ट्रलाई उपलब्ध गराउने योजना बनाएको छ ।डेनमार्कका विदेशी सहायता मन्त्री फ्लेमिङ मोलर मर्टेनसेनले एक वक्तव्य जारी गर्दै सबैजना सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुन नसक्ने बताएका छन् । उनले अन्य देशको तुलनामा केन्याले खोप प्राप्त गर्न नसकेका कारण केन्याले कठिन परिस्थितिको सामना गरिरहेको पनि बताएका छन् ।&nbs

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 149 पटक पढिएको
  • प्रहरीको कारबाहीबाट एक कमाण्डर सहित १८ जना तालिबानको मृत्यु

    सिबरघान(एजेन्सी) अफगानिास्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबान विरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा आतंककारीका विरुद्धमा हवाइ कारबाही गरेको थियो । त्यस कारबाहीमा परी १८ जना तालिबानको ज्यान गएको बताइएको छ । त्यस आक्रमणमा परी एकजना तालिबानका कमाण्डर पनि मारिएका छन् । मोहमद कुरी रजिम नामका ती तालिबानका कमाण्डर सो क्षेत्रका प्रभावशाली व्यक्ति रहेका बताइएको छ ।सो प्रान्तको सैन्य संगठनका प्रवक्ता मोहमद हनिफ रेजाईले सो

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 164 पटक पढिएको
  • इजरायलमा बुधबार राष्ट्रपतिको चुनाव

    इजरायल / इजरायलको संसदले बुधबार इजरायलमा नयाँ राष्ट्रपतिको चयन गर्दैछ । राष्ट्रपतिको निर्वाचन इजरायली संसद नेसेटमा हुनेछ । इजरायलको संसदमा १२० जना सांसदहरु रहेका र उनीहरुले नै राष्ट्रपतिको चयन गर्नेछन् ।चुनावमा दुई जना प्रतिस्पर्धी रहेका छन् । राष्ट्रपति पदमा उम्मेदवारमध्ये एक जना वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग र अर्का शिक्षाविद् मिरियम पेरेज रहेका छन् । साठी वर्षीय हर्जोग यसअघि इजरायलको लाबोर पार्टीका पूर्व प्रमुख थिए । साथै उनि संसदमा विपक्षी दलको नेता पनि  रहेका थिए । सन् २०१३ को संसदीय निर्वाचनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विपक्षमा चुनावमा उठेका

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 142 पटक पढिएको
  • भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जना पक्राउ

    भारत / भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आसामका मुख्यमन्त्री हिमन्त विश्वास शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिएका छन् । होजाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोनाभाइरसबाट सङ्क्रमित एक विरामीको मृत्यु भएपछि मंगलबार डा. सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो ।चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध भएको छ । स्थानीय प्रहरी अधिकारीहरुले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिइने दावी गरेका छन् ।  “घटनामा संलग्न र दोषी ठानिएका २४ जन

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 143 पटक पढिएको
  • बेलारुसद्वारा नागरिकहरूलाई देश छोड्न रोक

    मिन्स्क(एजेन्सी) बेलारुसको सीमा सुरक्षा निकायले कोभिड –१९ फैलिने क्रमलाई नियनत्रणका लागि भन्दै नागरिकहरू देश बाहिर जान सक्ने क्षमतालाई सीमित बनाउने कडा नियमहरु घोषणा गरेको छ ।सीमा सुरक्षा बलका अनुसार परिवर्तन केही समयको लागि कार्यान्वयनमा ल्याइएको थियो र कोरोनाभाइरस को फैलावट रोक्न यो नियम ल्याइएको हो । सरकारले अनिवार्य रूपमा सबै भूमि सीमा पार गर्न रोक्न निर्देशन गरेको छ । गत अगस्टमा अलेक्ज्याण्डर लुकाशेन्को राष्ट्रपति पदमा विजेता घोषित भएदेखि निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी दलहरूले आह्वान गरेको विरोध प्रदर्शनमा नागरिकको व्यापक सहभागिता भएको थियो । सरकारले विरोधमा उत्रिएक

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 152 पटक पढिएको
  • भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

    भारत  / कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५१० जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८१ लाख ७५ हजार ४४ व्यक्ति कोरोना संक्रमित भएका छन् । भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५१ दिन यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ  । भारतमा दैनिक मृत्यु दरमा हिजो केही कमी आएको छ  । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा २ हजार ७९५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । य

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 144 पटक पढिएको
  • चिनियाँ सरकारद्धारा तीन बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन

    एजेन्सी  / चीन सरकारले दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने भएको छ । अब चीनमा दुई सन्तानको नीति समाप्त भएको छ र जोडीलाई तेस्रो सन्तान जन्माउने अनुमति हुनेछ ।चीनको सरकारी एजेन्सी शिन्ह्वाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो छलफलमा राष्ट्रपति सी जिनपिङले सोमबार यो नीतिलाई स्वीकृति दिएका हुन् ।चिनियाँ सरकारले तीन सन्तान जन्माउने दम्पत्तीलाई प्रोत्साहन गर्ने नीति पनि लागू गर्ने बताएको छ । तेस्रो सन्तान जन्माउन प्रोत्साहनस्वरूप अवकाश पाइने समय सार्ने, बालबच्चाको हेरविचार गर्ने सुविधामा सुधार गर्ने, सुत्केरी बिदा बढाउने, चाइल्ड बर्थ इन्स्योरेन्स गर्नुका साथै युवाहरूलाई

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 184 पटक पढिएको
  • भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

    बिर्तामोड / कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख  ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन् । भारतमा हिजो कोरोना संक्रमितको संख्या गत ५० यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ  । तर भारतमा दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार १२८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो स

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 156 पटक पढिएको
  • हेलिकोप्टर दुर्घटनामा परी कोलम्बियामा पाँच प्रहरीको मृत्यु

    बोगोटा(एजेन्सी) कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो ।आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिएका छन् ।  उनले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी दिए । उक्त विज्ञप्तिमा उनले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतिको ज्यान गुमाउनु परेकोमा निकै दुःख लागेको बताएका छन् ।ग्रामीण क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा पर

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 147 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.