विदेश

    Showing 1,711-1,720 of 2,133 items.
  • नोबेल शान्ति पुरस्कार विजेता टुटुको निधन

    काठमाडौँ(एजेन्सी) दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसम्नड टुटुको निधन भएको छ । टुटुको ९० वर्षको उमेरमा केप टाउनमा आइतबार केप टाउनमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।उनी सन् १९८६ देखि १९९६ सम्म दक्षिण अफ्रिकाको आर्क बिसप थिए । टुटुलाई सन् १९८४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । दक्षिण अफ्रिकाको रंगभेद विरोधी अभियन्ता टुटुले लन्डनको किङ्स कलेज लन्डनमा अध्ययन गरेका थिए ।

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 155 पटक पढिएको
  • सलमानलाई सर्पले टोक्यो : उपचारपछि स्वास्थ्य स्थिति सामान्य

    काठमाडौँ / बलिउड अभिनेता सलमान खानलाई शनिबार सर्पले टोकेको छ । उनलाई मुम्बईस्थित कमोठे इलाकाको एक अस्पतालमा बिहानै ३ बजे भर्ना गरि उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ । सलमान आफ्नो परिवारसँग शुक्रबार राती पनवेल स्थित आफ्नो फार्म हाउसमा क्रिसमस मनाउन गएका थिए ।उपचारपछि अभिनेता पुनः आइतबार बिहान ९ बजे आफ्नो फार्म हाउस फर्किए । हाल उनको स्वास्थ्य स्थिति ठिक भएको बताइएको छ ।

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 153 पटक पढिएको
  • कोरोना भाइरसबाट ब्राजिलमा २४ घन्टामा १६४ जनाको मृत्यु

    काठमाडौँ / ब्राजिलमा पछिल्लो २४ घन्टामा मात्र कोरोना भाइरसका १६४ जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ पछिल्ला केही हप्तामा कोरोनाको सङ्क्रमणका साथै मृत्यु हुनेको संख्या पनि बढेको पाइएको छ । साथै गएको २४ घन्टामा यहाँ ४ हजार १४६ जनामा सङ्क्रमण भएको छ ।यहाँ पछिल्लो समयमा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोन भेरियन्ट पनि बढेको पाइएको छ । यहाँ यो भाइरसको सङ्क्रमण सुरु भएयता ६ लाख १८ हजार ३९२ जनाको यही प्रकोपबाट निधन भएको बताइएको छ ।त्यसैगरी यहाँ २ करोड २२ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यहाँ पछिल्लो समयमा कोरोना भाइरसको पूर्ण मात्राको खोप लगाउने नागरिकको स

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 145 पटक पढिएको
  • क्रिसमस पार्टीमा बम विस्फोट, ६ को मृत्यु

    काठमाडौँ(एजेन्सी) गणतन्त्र कङ्गोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा परी ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीको एक भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती विस्फोट गराएका थिए । विस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । इस्लामिक स्टेट (आइएस) सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरूले सो विस्फोट गराएको अधिकारीहरूले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएका छैन । बम विस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका थिए । विस्फोटको समयमा महिला र ब

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 146 पटक पढिएको
  • ओमिक्रोन संक्रमण रोक्न भारतको उत्तर प्रदेशमा कर्फ्यु घोषणा

    एजेन्सी / कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण रोक्न भारतको उत्तर प्रदेश सरकारले रात्रिकालीन कर्फ्यु लगाउने घोषणा गरेको छ । मुख्यमन्त्री योगी आदित्यनाथले २५ डिसेम्बरदेखि राज्यमा रात्रिकालीन कर्फ्यु घोषणा गरेको हो । यस सम्बन्धमा मुख्यमन्त्री आदित्यनाथले उच्चस्तरीय टोलीलाई निर्देशन दिएका छन् । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइनेछ । भारतमा ओमिक्रोन बाट संक्रमित हुनेको संख्या दुई सय नाघेको छ ।कर्फ्यु जारी भएपछि विवाह कार्यक्रममा २०० जनाभन्दा बढी सहभागी हुन नपाउने भएको जनाइएको छ । उनीहरूले कोभिड प्रोटोकलका साथ मात्र जान पाउनेछन् । भारतको विभिन्न राज्यमा कोभिड १९ को नयाँ भेरियन्

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 188 पटक पढिएको
  • आगलागी हुदाँ ३६ जनाको मृत्यु

    काठमाडौँ / बङ्गलादेशमा शुक्रबार बिहान एउटा फेरिमा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको  छ ।एएफपीका अनुसार राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा स्थानीय समयअनुसार बिहान तीन बजे उक्त आगलागी भएको हो ।तीन तले फेरिमा झन्डै पाँच सय मानिस सवार थिए । तीमध्ये धेरैजसो ढाकाबाट आफ्नो गाउँ फर्किँदै थिए ।फेरिको इन्जिनबाट आगलागी सुरु भएको बताइएको छ । फेरिमा आगो लागेपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए ।

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 168 पटक पढिएको
  • लिबियामा आप्रवासीहरु भाग्ने क्रममा डुबेर ७० को मृत्यु, १०० बेपत्ता

    एजेन्सी  / लिबियाली सामुद्रिक किनारमा यसै हप्तामात्र कम्तीमा पनि ७० जना अवैध रुपमा आवतजावत गर्न खोज्ने आप्रवासीहरुको डुबेर मृत्यु भएको छ ।संयुक्त राष्ट्रसंघले बिहीबार प्रकाशन गरेको एक प्रतिवेदनमा सो तथ्य सार्वजनिक भएको छ । यस समयमा यहाँका अरु कम्तीमा पनि १०० जना आप्रवासीहरु हराइरहेका पाइएको छ ।यसरी मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । अरु ठूलो संख्याका बालबालिका हराइरहेका संयुक्त राष्ट्रसंघीय बालकोषले जानकारी दिएको हो ।यहाँ आप्रवासीहरुको अवस्था निकै दयनीय रहेको बताइएको छ ।यो सामुद्रिक किनाराबाट भाग्ने क्रममा कागजात नभएका आप्रवासीहरु यसरी डुब्ने गर्दछन् ।यस क्रममा निकै लामो समयदेखि यहाँ

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 152 पटक पढिएको
  • भारतको उच्च अदालतले भन्यो : ओमिक्रोन भेरियन्ट बढेकाले विधान सभा निर्वाचन स्थगित गर्नू

    काठमाडौँ / अलाहाबाद उच्च न्यायलयले राजनीतिक दलका सार्वजनिक बैठक र ह्याली रोक्न तथा सन् २०२२ मा हुने उत्तर प्रदेशमा विधान सभा निर्वाचन स्थगित गर्न निर्वाचन आयोग र प्रधानमन्त्री मोदीलाई अनुरोध गरेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र फैलिएसँगै अदालतले प्रधानमन्त्रीलाई यस्तो अनुरोध गरेको हो ।आगामी फेब्रुअरीमा हुने निर्वाचन स्थगित गर्न अदालतले अनुरोध गरेको हो । कोभिड संक्रमण र मृत्युका घटना बढेको र तेस्रो लहर ढोकैमा आएको भन्दै उच्च अदालतले निर्वाचन रोक्न अनुरोध गरेको हो ।२३ डिसेम्बरमा परेको उजुरीबारे सुनवाई गर्दै न्यायाधीश शेखर कुमार यादवले निर्वाचनका सम्पूर्ण ह्याली र सार्वजनिक कार्यक्रम बन

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 136 पटक पढिएको
  • अर्को राष्ट्रपति निर्वाचनमा फेरि प्रतिष्पर्धा गर्छु: बाइडेन

    काठमाडौँ / अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सन् २०२४ हुने राष्ट्रपति निर्वाचनमा पुनः प्रतिष्पर्धा गर्ने बताएका छन् । आफू अहिले जस्तै स्वस्थ रहे आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्ने बाइडेनले बताएका हुन् ।अमेरिकी टेलिभिजन एबीसीसँगको एक अन्तर्वार्तामा ७९ वर्षीय बाइडेनले भने, ‘हो, स्वास्थ्यले साथ दिए फेरि पनि निर्वाचनमा उठ्नेछु ।’उनले अगाडि भने, ‘म भाग्यमा धेरै विश्वास गर्छु । धेरै पटक भाग्यले मेरो जीवनमा हस्तक्षेप गरेको छ । अहिले म स्वस्थ छु । यस्तै स्वस्थ रहे आगामी निर्वाचनमा फेरि प्रतिष्पर्धा गर्नेछु ।’आगामी निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवारी दिए जुन सुकै हालमा आफूले उम्म

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 157 पटक पढिएको
  • भारतमा ओमिक्रोनबाट २१३ जना सङ्क्रमित

    काठमाडौँ / भारतमा कोरोना भाइरसको नयाँ भेरियन्टको ओमिक्रोनबाट २१३ जना सङ्क्रमित भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ओमिक्रोन संक्रमित हुनेमा सबैभन्दा धेरै दिल्लीमा छन् । दिल्लीका ५७ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जानकारी दिएको छ ।दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएको अधिकारीहरूले जनाएका छन् ।यस्तै कर्नाटकमा १९, राजस्थानमा १८, केरलामा १५, गुजरातमा १४, जम्बु काश्मिरमा ३, उडिसा र उत्तर प्रदेशमा २ २ तथा आन्द्रा प्रदेश, चण्डीगढ, लद्दाख, तमिलनाडु र पश्चिम बङ्गालमा १ १ संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार ओमिक्रोन संक्रमित

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 162 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.