काठमाडौँ(एजेन्सी) दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसम्नड टुटुको निधन भएको छ । 

टुटुको ९० वर्षको उमेरमा केप टाउनमा आइतबार केप टाउनमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

OM Sai Pathibhara Hospital

उनी सन् १९८६ देखि १९९६ सम्म दक्षिण अफ्रिकाको आर्क बिसप थिए । टुटुलाई सन् १९८४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । 

दक्षिण अफ्रिकाको रंगभेद विरोधी अभियन्ता टुटुले लन्डनको किङ्स कलेज लन्डनमा अध्ययन गरेका थिए ।