काठमाडौँ / बङ्गलादेशमा शुक्रबार बिहान एउटा फेरिमा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको  छ ।

एएफपीका अनुसार राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा स्थानीय समयअनुसार बिहान तीन बजे उक्त आगलागी भएको हो ।

OM Sai Pathibhara Hospital

तीन तले फेरिमा झन्डै पाँच सय मानिस सवार थिए । तीमध्ये धेरैजसो ढाकाबाट आफ्नो गाउँ फर्किँदै थिए ।

फेरिको इन्जिनबाट आगलागी सुरु भएको बताइएको छ । फेरिमा आगो लागेपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए ।