काठमाडौँ(एजेन्सी) गणतन्त्र कङ्गोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा परी ६ जनाको मृत्यु भएको छ । 

पूर्वी सहर बेनीको एक भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती विस्फोट गराएका थिए । विस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । 

OM Sai Pathibhara Hospital

इस्लामिक स्टेट (आइएस) सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरूले सो विस्फोट गराएको अधिकारीहरूले बताएका छन् । 

अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएका छैन । बम विस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका थिए । 

विस्फोटको समयमा महिला र बालबालिका थिए । बेनीमा सेना र मुस्लिम लडाकुका कार्यकर्ताबीच बारम्बार झडप हुने गरेको छ ।