एजेन्सी / कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण रोक्न भारतको उत्तर प्रदेश सरकारले रात्रिकालीन कर्फ्यु लगाउने घोषणा गरेको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथले २५ डिसेम्बरदेखि राज्यमा रात्रिकालीन कर्फ्यु घोषणा गरेको हो । यस सम्बन्धमा मुख्यमन्त्री आदित्यनाथले उच्चस्तरीय टोलीलाई निर्देशन दिएका छन् ।

OM Sai Pathibhara Hospital

राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइनेछ । भारतमा ओमिक्रोन बाट संक्रमित हुनेको संख्या दुई सय नाघेको छ ।

कर्फ्यु जारी भएपछि विवाह कार्यक्रममा २०० जनाभन्दा बढी सहभागी हुन नपाउने भएको जनाइएको छ । उनीहरूले कोभिड प्रोटोकलका साथ मात्र जान पाउनेछन् । भारतको विभिन्न राज्यमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दो छ ।

यसका साथै भाइरस सङ्क्रमणबाट बच्न बजारमा ‘नो मास्क, नो सामान’ भन्ने सन्देश सहित व्यापारीलाई सचेत गराउन निर्देशन दिइएको छ । हरेक मानिसलाई मास्क अनिवार्य बनाएको छ ।यससँगै बस, रेल र विमानस्थलमा थप सतर्कता अपनाउन भनिएको छ ।