एजेन्सी  / लिबियाली सामुद्रिक किनारमा यसै हप्तामात्र कम्तीमा पनि ७० जना अवैध रुपमा आवतजावत गर्न खोज्ने आप्रवासीहरुको डुबेर मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघले बिहीबार प्रकाशन गरेको एक प्रतिवेदनमा सो तथ्य सार्वजनिक भएको छ । यस समयमा यहाँका अरु कम्तीमा पनि १०० जना आप्रवासीहरु हराइरहेका पाइएको छ ।

OM Sai Pathibhara Hospital

यसरी मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । अरु ठूलो संख्याका बालबालिका हराइरहेका संयुक्त राष्ट्रसंघीय बालकोषले जानकारी दिएको हो ।यहाँ आप्रवासीहरुको अवस्था निकै दयनीय रहेको बताइएको छ ।

यो सामुद्रिक किनाराबाट भाग्ने क्रममा कागजात नभएका आप्रवासीहरु यसरी डुब्ने गर्दछन् ।यस क्रममा निकै लामो समयदेखि यहाँ कैयौँ आप्रवासीको ज्यान जाने गरेको छ ।

यसका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघले विश्व समुदायलाई बारम्बार आग्रह गर्ने गरेको छ ।