काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् । सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी–२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन । यसअघि शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्ससँग खेलेपछि नेपालले आफ्नो १००औं खेल पूरा गरेको छ ।यस सिरिजअन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्य
एजेन्सी— इजरायल–इरान द्वन्द्वको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानलाई तुरुन्तै खाली गर्न सल्लाह दिएका छन्।‘मैले हस्ताक्षर गर्न भनेको सम्झौतामा इरानले हस्ताक्षर गर्नुपर्थ्यो। कस्तो लाजमर्दो कुरा, र मानव जीवनको बर्बादी’, ट्रम्पले आफ्नो ट्रुथ सोसियल एकाउन्टमा लेखेका छन्।उनले अगाडि भने, ‘सरल भाषामा भन्नुपर्दा, इरानसँग आणविक हतियार हुन सक्दैन। मैले यो कुरा बारम्बार भनेको छु! सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ!’जी सेभेन शिखर सम्मेलनमा भाग लिन क्यानडा गएका ट्रम्प त्यहाँबाट एक दिन अगाडि नै फर्कदैछन्। उनको चाँडै फर्कनुको कारण मध्य पूर्वको अवस्थालाई दिइएको छ।उता गत वर्ष अम
काठमाडौं, ३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रमा अमेरिकी बमको प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा बिचार गरिरहेको जनाइएको छ ।न्युयोर्क टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले ले इरानसँगको द्वन्द्वमा फोर्डोमा रहेको इरानी आणविक संवर्धन केन्द्रमा बम बिष्फोट गर्ने कि नगर्ने भनेर छलफल गरिरहेका हुन् ।द टाइम्सका अनुसार अमेरिकाको सबैभन्दा ठूलो ‘बंकर बस्टर’ बम अमेरिकी बी–२ बमवर्षकहरू प्रयोग गरेर म्यासिभ अर्डनेन्स पेनिट्रेटरको प्रयोग गरेर मात्र इरानको सो भुमीगत स्थलमा पुग्न सकिन्छ । ‘यदि उनले अगाडि बढ्ने निर्णय गरे भने संयुक्त राज्य अमेरिका मध्य पूर्वमा नयाँ द्वन्द्वम
काठमाडौं - परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन् । सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए । त्यस अवसरमा मन्त्री राणाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरुलाई पर्नसक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेकी छन् । त्यस अवसरमा राजदूत बासले हाल त्यहाँस्थित नेपालीह
एजेन्सी— एयर इन्डियाको अहमदाबाद–लन्डन उडान (AI-171) दुर्घटनाका पीडितहरूले दुर्घटनाको कारण यथाशीघ्र सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले विमान कम्पनीको लापरवाहीप्रति आक्रोश व्यक्त गर्दै जिम्मेवार खोज्न सरकारलाई दबाब दिएका छन्।दुर्घटनामा २४१ यात्रु र ३८ स्थानीय बासिन्दा गरी २७९ जनाको मृत्यु भएको छ। एक मात्र जीवित व्यक्ति भारतीय मूलका बेलायती नागरिक विश्वकुमार रमेशको अस्पतालमा उपचार भइरहेको छ।भारत सरकारले गठित उच्चस्तरीय समिति र अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहयोगमा दुर्घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको छ। ब्ल्याक बक्स फेला परेको छ र त्यसको डेटा विश्लेषण भइरहेको छ।पीडित परिवारहरूले डीएनए
काठमाडौं - सात दिनदेखि इसराइल भ्रमणमा रहेका विराटनगर महानगरपालिका मेयर नागेश कोइराला अहिले अन्य देशका जनप्रतिनिधिहरूसँगै बंकरमा लुक्दै बस्न बाध्य भएका छन्।भ्रमणकै बीचमा इसराइल र इरानबीच आक्रमण र प्रत्याक्रमण सुरू भएपछि विराटनगरका मेयर कोइरालासहित त्यहाँ पुगेका विभिन्न देशका जनप्रतिनिधि बंकरमा लुक्दै बस्न बाध्य भएका हुन्।आइतबार साँझ टेलिफोनमा कुरा गर्दै मेयर कोइरालाले आफू 'सेफाइम' भन्ने ठाउँमा सुरक्षित रहेको जानकारी दिएका छन्।'म अहिले राजधानी सहरबाट ३० किलोमिटर दुरीमा रहेको सेफाइम भन्ने सहरमा छु,' कोइरालाले भने, 'नेपालबाट म एक्लै छु। मेरो टोलीमा फिलिपिन्सका दुई सांसदसहित १७ जना जनप्रतिनिधि
तेल अभिव, २ असार । गाजामा हमास बिरूद्दको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्दको मोर्चा खोलेको छ । पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको मिइल हमला पनि सामना गर्नु परेको थियो । जुन हमलामा परी १० जना इजरायलीको मृत्यु भइसकेको छ ।यसैबिच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको सैन्य द्वन्द्वका बीचमा आफ्नो छोराको तय भएको विवाह अन्तिम समयमा आएर स्थगित गरेका छन् ।टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार नेतान्याहुका छोरा अव्नेर नेतान्याहुले सोमबार आफ्ना पार्टनर अमित यार्डेनीसँग विवाह गर्ने कार्यक्रम तय भएको थियो तर अहिले त्यो बैबाहिक कार्यक्रम रोकिएको
काठमाडौं— इजरायलको आक्रमणमा परी इरानको इस्लामिक रिभोलुस्नरी गार्ड कोर (आईआरजीसी) को इन्टेलिजेन्स युनिट प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको छ ।इरानको सरकारी मिडियाले यसको पुष्टि गरेको हो । तस्मिन न्युज एजेन्सी तथा इरानको सरकारी टेलिभिजनले काजेमीका अलावा उनका डेपुटी हसन मोहकेक तथा कमान्डर मोहसिन बाकेरीको पनि उक्त आक्रमणमा परी मृत्यु भएको छ ।इरानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबारदेखि भएकी इजरायली आक्रमणमा हालसम्म २२४ जनाको मृत्यु भएको छ ।उता इरानले पनि इजरायलमाथि पुनः मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणमा परी १० जनाभन्दा बढीको मृत्यु भएको इजरायलले जनाएको छ ।
तेलअभिव, १ असार । इरानले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।इजरायलमा रातारात भएको इरानको मिसाइल आक्रमणमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।तेल अवीभको दक्षिणमा रहेको याम सहरमा दुई बालबालिकासहित थप ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने सात जना बेपत्ता छन् । र, आपतकालीन सेवाहरूले भत्किएका भवनहरूको भग्नावशेषमा खोजी गरिरहेका छन्।आपतकालीन सेवा र स्थानीय अस्पतालका अनुसार उत्तरी अरब शहर ताम्रामा भएको आक्रमणमा चार जनाको मृत्यु भएको थियो ।
काठमाडौं – वैदेशिक रोजगारीका लागि साउदी अरब गएका ५ सय ४४ नेपाली नागरिक विभिन्न अपराध अभियोगमा जेल चलान भएका छन्। साउदीको कडा कानुन र साथीभाइको प्रभावमा परी गैरकानुनी गतिविधिमा संलग्न हुँदा उनीहरू कारागार पुग्न बाध्य भएका हुन्।साउदीस्थित नेपाली दूतावासका श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार, जेलमा रहेका नेपालीमध्ये सबैभन्दा बढी अर्थात् ३४५ जना मदिरा उत्पादन, सेवन र ओसारपसार अभियोगमा छन्। साउदीमा मदिरा सेवन तथा कारोबार पूर्णरूपमा गैरकानुनी र दण्डनीय मानिन्छ।त्यस्तै,८४ जना लागूऔषध ओसारपसार,५३ जना चोरी,१२ जना वेश्यावृत्तिमा संलग्न,१६ जना तोडफोड,१५ जना घुसखोरी,४ जना हत्या,७ जना कानुन उल्लङ्घन,र १
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.