विदेश

    Showing 1,001-1,010 of 2,133 items.
  • राष्ट्रसङ्घ प्रतिवेदनमा गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले बढ्यो

    काठमाडौं— चालु वर्षको सुरुमा भएको युद्धविरामपछि गाजामा तीव्र कुपोषणबाट पीडित बालबालिकाको प्रतिशत लगभग तीन गुणाले बढेको बिहीबार सार्वजनिक संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ ।संयुक्त राष्ट्रसङ्घका निकायहरू र अन्य राहतसम्बन्धी काम गर्ने ‘न्युट्रिशन क्लस्टर’ले गरेको विश्लेषणमा मे महिनामा जाँच गरिएका पाँच वर्ष मुनिका ५० हजार बच्चाहरू मध्ये लगभग ५.८ प्रतिशतलाई कुपोषण भएको पत्ता लागेको छ ।विश्लेषणमा यो प्रतिशत फेब्रुअरीको तुलनामा तीन गुणा वृद्धि भई मे महिनाको सुरुमा ४.७ प्रतिशत पुगेको छ । यसले बच्चाहरूमा गम्भीर कुपोषणका घटनाहरूमा वृद्धि भएकाले प्रतिरक्षा प्रणाली कमजोर भई जीवनलाई जोखिममा

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 350 पटक पढिएको
  • आरसीबीको उत्सवमा भागदौडको क्रममा ११ जनाको मृत्यु ,आरसीबी प्रतिनिधि र इभेन्ट म्यानेजर पक्राउ

    काठमाडौंं -  इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)का एक प्रतिनिधिसहित चारजना पक्राउ परेका छन् । शुक्रबार बेंगलुरु प्रहरीले ११ जनाको मृत्यु हुने गरी मच्चिएको भागदौडबारे अनुसन्धान गर्न आरसीबीका एक प्रतिनिधि र इभेन्ट म्यानेजमेन्टका तीन जनालाई पक्राउ गरेको हो ।बेंगलुरुले पन्जाब किंग्सलाई पाँच विकेटले पराजित गर्दै पहिलोपटक आईपीएलको उपाधि जितेको थियो । जितपछि आरसीबीले गत बुधबार एक रंगशालमा विजय उत्सवको आयोजना गरेको थियो ।उत्सव मनाउन हजारौँको संख्यामा समर्थक रंगशाला पुगेका थिए । रंगशाला प्रवेश गर्ने क्रममा पास नभएका समर्थकले गेटमा धकेलाधकेल गरेपछि

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 461 पटक पढिएको
  • गाजामा अहिलेसम्म २२५ पत्रकारले गुमाए ज्यान

    गाजा, २३ जेठ । गाजामा जारी इजरायली नरसंहारको सुरुवातदेखि २ सय २५ पत्रकार मारिएका छन् ।गाजाको सरकारी मिडिया कार्यालयले गाजा शहरको ब्याप्टिस्ट अस्पतालमा तीन पत्रकारको क्रूर हत्या पछि यो तथ्यांक सार्बजनिक गरेको हो ।गत साता तीन पत्रकार सुलेमान हज्जाज, इस्माइल बडाह र समीर अल रिफाई इजरायली हमलामा मारिएका थिए ।३१ मे २०२५ मा इजरायलले गाजाका बारेमा दुनियाँलाइ सत्य बताउनेहरूलाई व्यवस्थित रूपमा लक्षित गर्दै राष्ट्रिय समाचार एजेन्सीको लागि काम गर्ने पत्रकार युसेफ अल नखालाको पनि हत्या गरेको जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 368 पटक पढिएको
  • मस्कका कम्पनीलाई अनुदान रोक्न ट्रम्पको धम्की, महाअभियोग लगाउनुपर्ने मस्कको प्रतिक्रिया

    एजेन्सी— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीचको सार्वजनिक विवाद चुलिएको छ।ट्रम्पले मस्कका कम्पनीहरूसँगको सरकारी सम्बन्ध र अनुदान रोक्ने धम्की दिँदा मस्कले भने ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने प्रतिक्रिया दिएका छन्।मस्कले ट्रम्पले उनलाई दिएको सरकारी खर्च कटौती गर्ने जिम्मेवारीबाट आफूलाई अलग गरेपछि विवाद सिर्जना भएको हो। त्यसयता उनीहरूले मिडिया प्लेटफर्ममा एकअर्कालाई आरोपप्रत्यारोप र धम्की दिइरहेका छन्।मस्कले ट्रम्पको कर नीतिबारे आलोचना गरेपछि ट्रम्पले उनलाई ‘ट्रम्प डेरेन्जमेन्ट सिन्ड्रोम’ भएको टिप्पणी गरेका थिए। जवाफमा मस्कले आफूले सहयोग नगरेको भए ट्रम्पले चुनाव हार्ने भन्दै ट

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 319 पटक पढिएको
  • चीनले बनाईरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन ९६०० हतियार

    काठमाडौं, २३ जेठ । संसारभरका देशहरू आफ्नो परमाणु शक्ति बढाउन व्यस्त रहेका छन्। इरान नयाँ आणविक धनी देश बन्न तयार भइरहेको बेला पूर्व आणविक धनी देशहरू पनि दिन प्रतिदिन आफ्नो आणविक भण्डारण बढाइरहेका छन् ।एक जापानी थिंक ट्याङ्कको अनुमान अनुसार ९ देशको तयार आणविक हतियारको संख्या गत वर्षको तुलनामा थोरै बढेर ९ हजार ६ सय पुगिसकेको छ। उनका अनुसार रुस, अमेरिका र चीनले तिब्र गतिमा आफ्नो आणविक शक्ति बढाइरहेका छन् र आणविक हतियारको आकारको हिसाबले विश्वका तीन ठूला देश बनेका छन् । र, यो वर्ष मानव इतिहासमा आणविक हतियारको पहिलो प्रयोग भएको ८० वर्ष हो । तर, दोस्रो विश्वयुद्धपछि अर्को देशविरुद्ध यस्तो ठ

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 445 पटक पढिएको
  • १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध, १२ देश कुन कुन हुन्?

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सुरक्षा कारणले गर्दा १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।यो आदेशले १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेश गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। यी देशहरू हुन् अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन हुन् । यसका साथै केही देशका नागरिकलाई अमेरिकामा प्रवेशमा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ। यी देशहरू बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला हुन्।अधिकारीहरूका अनुसार यसअघि नै कानूनी रूपमा अमेरिकी स्थाय

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 446 पटक पढिएको
  • संसारको सबैभन्दा पुरानो होटल, जाे ५२ औं पुस्तासम्म चलिरहेछ निरन्तर

    टोकियो, २२ जेठ । के तपाईलाई थाहा छ संसारको सबैभन्दा पुरानो होटल करिब १४०० वर्ष पुरानो हो भन्ने ? विश्वास गर्न सक्नुहुन्न तर यो सत्य हो। विश्वको सबैभन्दा पुरानो होटल जापानमा रहेको छ। फुजिवारा मोइटो नामका व्यक्तिले सन् ७०५ मा होटल  ‘निसियाना ओन्सेन कियुन्कान’ बनाएका थिए ।यो होटल हाल मोइतो परिवारको स्वामित्वमा रहेको छ र अहिले उनको ५२ औं पुस्ताद्वारा व्यवस्थित गरिएको छ। आउनुहोस् जानौं संसारको सबैभन्दा पुरानो होटलका विशेषताहरु के के छन् ? हामी तपाईलाई यो पनि बताउनेछौं कि यो होटलमा एक रात बस्न कति खर्च लाग्छ ?गिनिज वल्र्ड रेकर्ड्सले यसलाई आधिकारिक रूपमा विश्वको सबैभन्दा पुरानो निरन्तर सञ्च

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 378 पटक पढिएको
  • भारतमा कोरोना संक्रमण बढ्यो पछिल्लो ५ दिनमा ३७ जनाको मृत्यु

    काठमाडौं— भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो ५ दिनमा मात्रै ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो समेत भारतमा जनवरीयता अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ। भारतभर हाल कोरोना संक्रमणका कारण ४ हजार ३ सय जनाभन्दा बढी बिरामी छन्।यसमा सबैभन्दा बढी केरला राज्यमा सबैभन्दा बढी १ हजार ३ सय ७३ संक्रमित छन्। त्यहाँ रुघाखोकी र ज्वरो देखिनासाथ कोरोना परीक्षण अनिवार्य गरिएको छ।

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 437 पटक पढिएको
  • छोरामाथि भ्रष्टाचारको आरोप लागेपछि मंगोलियाका प्रधानमन्त्रीको राजीनामा

    संसदमा विश्वासको मत गुमाएपछि मंगोलियाका प्रधानमन्त्री लुभ्सानाम्सराइ ओयुन–एर्डेनले राजीनामा दिएका छन्। केही दिनदेखि भ्रष्टाचारको आरोपमा चलेको व्यापक विरोध प्रदर्शनपछि यो मतदान भएको थियो। सन् २०२१ मा सत्ता सम्हालेका ओयुन–एर्डेनले ३० दिनभित्र उत्तराधिकारी नियुक्त नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन्। ‘महामारी, युद्ध र करजस्ता कठिनाइका समयमा मेरो देश र जनताको सेवा गर्न पाउनु सम्मानको कुरा थियो,’ मतदानपछि उनले भने। १२६ सिटको संसदमा बहुमतका लागि आवश्यक ६४ मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका हुन्। गोप्य मतदानमा करिब ८२ सांसदले भाग लिएका थिए। बीबीसीका अनुसार ४४ जनाल

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 371 पटक पढिएको
  • क्यानडामा सगरमाथा दिवस मनाइयो, नेपालको साहसिक पर्यटनबारे चर्चा

    काठमाडौं । क्यानडा स्थित क्यालगरी शहरमा सगरमाथा दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।अल्बर्टा नेपाल चेम्बर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरी स्थित नेपाली सामुदायिक संस्था एनसीएससी एवं गैरआवासीय नेपाली संघ क्यानडाको समेतको संयोजनमा विभिन्न कार्यक्रम गरिएको हो । चेम्बरका अध्यक्ष समीर पाण्डेको अध्यक्षता र चेम्बरकै सचिव किरण खरेलले सहजीकरण गरेको कार्यक्रममा दुई पटक सगरमाथा आरोहण गरिसकेका रोड़्नी अल्बर्टाले सगरमाथा आरोहणमा अनुभव सुनाएका थिए । डेभ रोड़्नी तथा मिग्मा तेन्जिङ शेर्पाको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा हिमाली क्षेत्रको अवस्था र आरोहणबारे चर्चा गरिएको थियो ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 380 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.