झापा— झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआईभी संक्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआईभी संक्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र आव २०८१/८२ मा ३५ जनाको मृत्यु भएको उनले बताए । 'उपचारमा आउने बिरामीमा औषधि नखाने दर शून्य झरेको छ,' उनले भने, 'तर, मृत्युदर भने बढेको छ ।' चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआईभी संक्रमित फेला परेका छन् । नयाँ एचआईभी संक्रमितमध्ये चार जनाले दमक अस्पताल दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित ए
बर्दिया— बारबर्दिया नगरपालिका–९, कतर्नियामा सञ्चालन एक दिने पशु स्वास्थ्य शिविरमा २०३ जना किसानका १,४३५ वटा पशुपंक्षीको उपचार गरिएको छ।शिविरमार्फत ५०३ वटा बाख्रा, ६५ वटा गाई–भैँसी, ४० वटा बंगुर र ८२७ वटा कुखुरा तथा हाँसको स्वास्थ्य जाँच तथा उपचार गरिएको पशुसेवा शाखाका प्रमुख दीपक राज थापाले जानकारी दिए। उनका अनुसार पशु स्वास्थ्य परीक्षणसँगै परजीवी नियन्त्रण, खोपलगायतका सेवा पनि प्रदान गरिएको थियो।किसानलाई घरदैलोमै सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको बारबर्दिया नगरप्रमुख छविलाल थारूले जानकारी दिए । उनले नगरपालिकाले स्थापना गरेका पशु उपचार केन्द्रमार्फत नियमित सेवा लिन किसानलाई आग्रह
बागलुङ— बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ । जिल्लामा पहिचान र नियमित औषधि सेवन गर्ने २१५ सङ्क्रमितमध्ये १९ बालबालिका रहेको पाइएको छ । करिब १५ वर्षदेखि एचआइभी सङ्क्रमित भई औषधि सेवन गर्दै आएका बागलुङ नगरपालिका निवासी एक महिला समाजले सङ्क्रमितलाई हेर्ने दृष्टीकोण अझै परिवर्तन हुन नसकेको बताए । उनले आफूले खुलेर हिँड्न चाहे पनि समाजले आफ्नो परिवारलाई हेलाको भावले हेर्ने गरेकाले आफू जस्ता सङ्क्रमित खुल्न डराएको बताए। “आफू पो सङ्क्रमित भइयो, परिवार सबै राम्रो छ, छोरीले उच्च शिक्षा अध्ययन गर्छिन्, परिवार अरुको सरह नै छ, तर सङ्क्रमित भएको थाहा पाएपछि परिवार नै समाजबाट अपहे
काभ्रेपलाञ्चोक। स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत अब काभ्रेपलाञ्चोकका आठ अस्पतालबाट प्रथम सेवा प्रदान गर्न थालिएको छ ।आइतबारदेखि थप एक मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पतालले सेवा थालनी गरेपछि जिल्लाबाट उक्त सेवा प्रदान गर्ने अस्पताल आठ पुगेको हो । उक्त अस्पतालले गत साउन अन्तिम साता स्वास्थ्य बिमा बोर्डमा आबद्ध भई प्रथम सेवा केन्द्रको स्वीकृति पाएको थियो । सेवाको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले औपचारिक रुपमा प्रारम्भ गर्नुभएको हो ।कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाईबाले स्वास्थ्य बिमालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नगरपालिकाले आवश्यक तयारी गरी आइतबारदेखि औपचारिक रु
रौतहट । रौतहटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवार तथा आफन्तले चन्द्रनिगाहपुर चोकमा प्रदर्शन गरेका छन् ।उनीहरुले शनिबार पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् । सो सडकखण्ड भएर गुड्ने लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका थिए । राजमार्ग खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीहरूलाई भगाएर राजमार्ग सुचारु गरेको हो ।हिजो साँझ चन्द्रपुर नगरपालिका वार्ड नम्बर ६ मोथिहायी पुल नजिकै बसको ठक्करबाट ज्यान गुमाएका मोटरसाइकल चालक रौतहट वृन्दावन नगरपालिका वडा नम्बर २ बिश्रामपुर बस्ने ४० वर्षीय नागेन्द्र पटेलको
बाजुरा । बाजुरामा भीरबाट लगेर एक बालिका गम्भीर घाईते भएकी छन् । घाईते हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका –२ साप्पाटाकी अन्दाजी १५ वर्षीया नानी भण्डारी रहेकी छन् ।घाँस काट्न गएका बेला भीरबाट लगेर उनी गम्भीर घाईते भएकी स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिए । उनका अनुसार, भीरबाट लडेर गम्भीर घाइते भएकी भण्डारीको कोल्टी आधारभूत अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको बताए ।टाउँको सहित शरिरका विभिन्न भागहरुमा गम्भीर चोट लागेकोले कोल्टीमा उपचार सम्भव नभएकाले तारा एयरको हवाई जहाजमा नेपालगञ्ज उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले नेपालभित्र उत्पादित जनशक्ति बाहिर गएर काम गर्नुपर्ने वर्तमान अवस्था रहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशमा उत्पादित जनशक्तिलाई नेपाल सरकारको सेवाभित्र दरबन्दी सिर्जना गर्न नसकेको भन्दै उत्पादित जनशक्ति बाहिर काम गएर काम गर्नुपरेको बताएकी हुन् । उनले भनिन्, ‘अहिले भएको रणनीतिमा मानसिक स्वास्थ्य सेवामा सबैको सहज र समान पहुँच, दोस्रोमा साधन स्रोत र जनशक्ति व्यवस्थापन गर्ने भन्ने कुरा छ । मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान भएको मानिस पहिलाको तुलनामा बढेका छन् । केही नभएपनि वर्षमा १०, १२ जना मनोचिकित्स
काठमाडौं— सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया लगातार दोस्रोपटक पनि रोकिएको छ। सिफारिस समितिले दुई चरणमा सूचना जारी गरे पनि एक जनाले पनि दरखास्त नदिएको विश्वविद्यालयले जनाएको छ।समितिले पहिलोपटक कात्तिक १६ देखि ३० गतेसम्म आवेदन मागेको थियो। इच्छुक नआएपछि पुनः समय थप गर्दै मंसिर ५ गते सम्मको म्यादमा पनि कुनै निवेदन परेको छैन।यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले खुला आह्वान गर्दै स्वास्थ्य क्षेत्रमा प्राध्यापक तहसम्म काम गरेको, विद्यावारिधी प्राप्त तथा योग्यता पुगेका इच्छुक व्यक्तिहरूलाई निवेदन दिन आग्रह गरेका छन्। “दुई पटकको विज्ञापनमा पनि
जनकपुर— जनकपुरधाममा महिला/मानव अधिकार रक्षकहरुले महिला हत्या/हिंसा विरुद्ध र्याली निकालेका छन् ।शुक्रबार जनकपुरधामको रामानन्द चोकबाट निकालिएको र्याली नगरको विभिन्न चोक हुँदै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि पुगेर कोण सभामा परिणत भएको छ ।’पानामा मात्र होइन् व्यवहारमा कानुन लागू गर, महिला हत्या हिंसा बन्द गर’ भन्ने नाराका साथ महिला अधिकारकर्मीहरले उक्त ¥याली निकालेका हुन ।कोण सभामा महिला अधिकारकर्मीहरुले महिलामाथी समाजमा हुँदै आएका विभिन्न घटनाहरुको निश्पक्ष छानविन गर्न सम्बन्धित निकायहरुलाई सजग गराएका छन् । महिलामाथि हुने हत्या/हिंसाका घटनामा प्रहरीद्वारा स्वच्छ र निश्पक्ष अनुसन्धान होस,
सप्तरी— सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी मन्दिर प्राङ्गणमा आयोजित एक दिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सोसल लाइफ सेन्टर सप्तरी नेपाल र हनुमाननगर कंकालिनी नगरपालिकाको संयुक्त आयोजनामा गरिएको शिविरमा ४५७ महिला र ३०० पुरुष गरी कुल ७५७ जनाले आँखा परीक्षण गराएका नगरप्रमुख विरेन्द्र माझीले जानकारी दिए।शिविरमा १५० देखि २०० जनासम्म सेवा दिने लक्ष्य राखिए पनि अपेक्षाभन्दा धेरै बढी नागरिक उपस्थित भएपछि साँझसम्म ७५७ जनाले सेवा लिन सफल भएका थिए। तीमध्ये ११३ जनामा मोतियाविन्दु देखा परेको र उनीहरूको निःशुल्क शल्यक्रिया गरिने नगरप्रमुख माझीले बताए।शिविरमा चौ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.