काठमाडौँ / टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नपाले नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखापरेसँगै अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न पहल भइरहेको जानकारी दिए । “अक्सिजन थेरापीसहित आइसोलेसन केन्द्र स्थापना भएसँगै अक्सिजन लेभल कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ”, उनले भने । राधा स्वामी भवनभित्र बन्न लागेको अक्सिजन थेरापीसहितको आइसोलेसन
काभ्रेपलाञ्चोक / कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका एक पुरुषको आज धुलिखेल अस्पतालमा मृत्यु भएको छ । सैतीस वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मुटुका रोगी उनलाई शुक्रबार थप समस्या भएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उपचारका लागि गरिएको पीसीआर परीक्षणमा कोराना पुष्टि भएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार थप स्वास्थ्य परीक्षणमा निमोनियाबाट समेत ग्रस्त भएका उनलाई उपचारका क्रममा पाइपबाट स्वासप्रस्वास गराइएको थियो । आइसीयू श्यया नहुँदा आकस्मिक कक्षमै उपचार गराइएको अस्पतालले जनाएको
बिर्तामोड / प्रदेश १ मा आज २९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ३२ महिला र ८८ पुरुष सहित १२०, लेटाङमा ९, सुन्दरहरैचामा ६, कटहरी, उर्लाबारी ग्रामथानमा ३–३, रंगेली र बुढीगंगामा २–२, मिक्लाजुङ, बेलबारी, सुनबर्षी, केराबारी र स्थानीय तह नखुलेको १–१, सुनसरीको धरानमा २०, इटहरीमा १८, इनरुवामा ७, बर्जु र देवानगञ्जमा ३–३, कोशी गाउँपालिका, गढी, भोक्राहानरसिंह र रामधुनीमा १–१, झापाको विर्त
बाँके / भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बिहीबार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थपिएका हुन् । तीमध्ये १२८ पुरुष र ९९ महिला रहेको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि हुनेमध्ये बाँकेका सबैभन्दा बढी छन् भने नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै करीब ५० प्रतिशत नयाँ सङ्क्रमित छन् ।सङ्क्रमितको सङ्ख्या बढेसँगै भेरी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । अस्पतालका अनुसार गए राति थप तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ की ५
बिर्तामोड / कोरोनाको दोस्रो लहरका कारण दिन प्रतिदिन मुलुक आक्रान्त बन्दै गएको छ । मुलुकको अवस्था भयायन अनि दर्दनाक उन्मुख हुँदैछ तर हामी अझै सम्म पनि आफ्नो स्वास्थ्य प्रति गम्भिर हुन सकेका छैनौं ।कोरोना सुरु भएको करिव डेढ वर्ष पुगिसकेको छ अहिले पनि देशभर सरकारी निकाय र सामाजिक संघ–संस्थाले माक्स बाड्न छाडेका छैनन् । सरकार र राजनितिक दलले नै स्वास्थ्य मापदण्ड पालना नगरी गतिविधि गर्दा आम नागरीकले स्वास्थ्य मापदण्ड पालना नगरेको स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाई छ ।सरकारी अधिकारी हरेक दिन सञ्चार माध्यमबाट स्वास्थ्य मापदण्ड पालना गर्न र अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरिरहेको
बिर्तामोड(एएनआई) कोरोनाको दोस्रो लहर आएसँगै भारमा दैनिक संक्रमित र ज्यान गुमाउनेको संख्या बढिरहेको छ । तर, अझै नियन्त्रण संकेत देखिएको छैन । तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा तीन हजार ४९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । दैनिक रुपमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या पनि बढीरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार ४५० जना सङ्क्रमण
काठमाडौँ / खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।
–डा. रवीन्द्र पाण्डे बिर्तामोड / यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुपर्छ ।– यसपटक परिवारमा एकजना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ । तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुपर्छ । संक्रमणको शंका लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुपर्छ । सहेर वा हेरौं भनेर अलमल नगर्ने । जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ ।– पिसिआर पोजिटिभ आए
काठमाडौं / पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । कोरोना संक्रमण भई केही दिनअघि अस्पताल भर्ना भएकी शाहलाई बिहीबारदेखि थेरापी विधिबाट उपचार थालिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ । अस्तापलताका अनुसार उनीमा श्वासप्रश्वासमा समस्या देखिएको छ ।बुधबार साँझदेखि आईसीयूमा सारिएको उनलाई अहिले हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको बतनाइएको छ ।अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालको भनाइ छ ।भारत भ्रमणबाट स्वदेश फर्किपछि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि घरमै होम आइशोलेस
पर्सा / वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन कोरोना सङ्क्रमितको उपचारका क्रम्मा मृत्यु भएको छ । अस्पतालको आइसीयूमा भर्ना रहेका दुई महिला तथा एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १ः४५ र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ः३० बजे मृत्यु भएको छ भने बाराको जितपुर सिमरा–२४ निवासी ७७ वर्षीय पुरुषको गए राति ११ः३० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । उनले नगवा निवासी महिलामा निमोनिया लगायत रोगको लक्षण देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.