बिर्तामोड / कोरोनाको दोस्रो लहरका कारण दिन प्रतिदिन मुलुक आक्रान्त बन्दै गएको छ । मुलुकको अवस्था  भयायन अनि दर्दनाक उन्मुख हुँदैछ तर हामी अझै सम्म पनि आफ्नो स्वास्थ्य प्रति गम्भिर हुन सकेका छैनौं ।

OM Sai Pathibhara Hospital

कोरोना सुरु भएको करिव डेढ वर्ष पुगिसकेको छ अहिले पनि देशभर सरकारी निकाय र सामाजिक संघ–संस्थाले माक्स बाड्न छाडेका छैनन् । सरकार र राजनितिक दलले नै स्वास्थ्य मापदण्ड पालना नगरी गतिविधि गर्दा आम नागरीकले स्वास्थ्य मापदण्ड पालना नगरेको स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाई छ ।

सरकारी अधिकारी हरेक दिन सञ्चार माध्यमबाट स्वास्थ्य मापदण्ड पालना गर्न र अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरिरहेको छ । अवस्था जटिल बनेको अनि भविष्यमा भारतको अवस्था हुने चेतावनी सरकारी अधिकारी नै दिईरहेका छन् तर त्यो सरकारी अनुरोध सुन्न अनि पालना गर्न सर्वसाधारण अहिले पनि तयार भएको देखिदैैंन ।

 बिर्तामोडको मुख्य चौक मुक्ति चौकमा हरेक दिन विहानै देखि नेपाल प्रहरी , ट्राफिक प्रहरी र सामाजिक संस्थाले सडकमा हिडडुल गर्नेलाई स्वास्थ्य चेतना जगाउने काम सँगै मास्क वितरण गरीरहेका छन् तर त्यसको एक किलोमिटर वरीपरीको क्षेत्रमा रहेका पसलका संचालक अनि तिनमा काम गर्ने मजदुरले भने स्वास्थ्य मापदण्ड पालना नगरी गम्भीर लापरवाही गरीरहेका छन् ।

दैनिक हजारौंको आउजाउ हुने कृषि बजारको अवस्था हेर्ने हो भने लाग्छ हामीले खुला रुपमा कोरोनालाई भित्राउन निम्ता दिईरहेका छौं । शब्जी मण्डी भित्र न त मास्कको प्रयोग भएको छ न त ग्लोबस अनि सेनिटाईजर राखिएको छ  । त्यति मात्रै हैन मुख्य बजार क्षेत्रमा रहेका पसलको अवस्था पनि त्यो भन्दा भिन्न छैन ।

कोरोनाले यो भयाभव अवस्था आईसकेको भएपनि नगर सरकार अनि व्यवसायीका संघ– संस्थाको ध्यान यस्ता गतिविधी माथि पुग्न सकेको छैन । के तपाईलाई अब पनि आफ्नो अनि आफ्नो पसलमा आउनेको स्वास्थ्यको चिन्ता लागेको छैन ? के तपाई पनि भारत कै अवस्थामा आफु अनि देश पुगोस भन्ने चाहनु हुन्छ ? स्वास्थ्यमाथि भईरहेको यति ठुलो लापरवाहीको जिम्मा अब कसले लिन्छ ?