बिर्तामोड / प्रदेश एकमा आज थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९०, सुनसरीमा २७, मोरङमा २२, इलाममा ६, धनकुटामा ३, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । झापाको दमकमा १९, विर्तामोडमा १६, अर्जुनधारामा १३, कनकाईमा १२, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा ६–६, बाहृदशी र बुद्धशान्तिमा २–२, कचनकवल, कमल गाउँपालिका र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा १९, इटहरीमा ४, देवानगञ्ज,
बिर्तामोड / आज देशभर थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ५४० पीसीआर र २ हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ९१० पुगेको छ। कुल संक्रमितमध्ये २५ हजार ८२ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ हजार २३४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ। उक्त अवधिमा १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ।&nb
काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको आज यहाँ आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कुनै पार्टीको सदस्य भएर नभई राष्ट्रसेवक कर्मचारीको हैसियतले निश्पक्ष रुपमा सेवा प्रवाह गर्नुपर्ने बताएका हुन् । उनले भने, “कुनै पार्टीका सदस्य भनेर सेवा प्रभाव गर्ने होइन । सेवाग्राहीलाई सेवा प्राप्त गर्ने अधिकार हुन्छ र कर्मचारीले निश्पक्ष रुपमा सेवा उपलब्ध गराउनुपर्छ, यो नै कर्मचारीको कर्तत्व हो । यसभन्दा तलमाथि गर्नुहुँदैन।” पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्
काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो । कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धीत सबैलाई आग्रह गरेको छ । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करा
वालिङ / स्याङ्जामा कोभिड –१९ को सङ्क्रमणबाट अहिले सम्म १२१ जनाको मृत्यु भएको छ । कोभिड –१९ को पहिलो र दोस्रो लहरबाट जिल्लामा ६१ पुरुष र ३७ महिलाको ज्यान गएको थियो भने अन्यको उपचारका क्रममा जिल्लाबाहिर मृत्यु भएको हो ।एघार स्थानीय तहमध्ये सबैभन्दा बढी वालिङ नगरपालिकामा कोरोना सङ्क्रमणबाट २७ जना जनाको मृत्यु भएको छ । सबैभन्दा कम फेदीखोला गाउँपालिकामा एकको ज्यान गएको छ । यस्तै कोरोनाबाट गल्याङ नगरपालिकामा २६, पुतलीबजारमा १४, कालीगण्डकी गाउँपालिकामा सात, अर्जुनचौपारी र हरिनासमा ६/६, भीरकोट नगरपालिकामा पाँच, चापाकोटमा तीन तथा आँधीखोला र बिरुवा गाउँपालिकामा दुई दुुई जनाको म
काठमाडौँ / कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । काठमाडौँ उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् । उपत्यकामा १५ लाख ५५ हजार ८ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार ४ सय २० जनाले पूर्ण खोप लगाइसकेका छन् । मुलुकभरि पहिलो मात्रा १९.९ र पूर्ण मात्रा १८ प्रतिशतले लगाएको स्वास्थ्य विभागले जानकारी गराएको छ । स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा पहिलो मात्रा ५० र पूर्ण मात्रा ४१ प्रतिशत जनसङ्ख्याले ल
बिर्तामोड / पछिल्लो २४ घन्टामा देशभरिमा १,५५८ जना कोरोना संक्रमित थपिएका छन्। ८,६६५ जनामा गरिएको पिसिआर परीक्षणबाट १,०८६ र ३,७२० जनामा गरिएको एन्टिजेन परीक्षणबाट ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,८३,०७५ जनामा र एन्टिजेन परीक्षणबाट ८८,६५९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।मन्त्रालया अनुसार सोही अवधिमा १,३५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,४६,५६६ पुगेको छ। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्युहुनेको संख्या १
काठमाडौ / चीनबाट कोरोना भाइरसविरुद्धको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे, ४४ लाख डोज खोप आइपुगेको स्वास्थ्य सेवा विभाग सूचना अधिकारी महेश पाण्डेले जानकारी दिएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एप्रोन एरियामा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र स्वास्थ्य सचिव डा. रोशन पौडेलले खोप ‘रिसिभ’ गरेका छन्।खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ।स्वास्थ्य विभागअन्तर्गतको खोप शाखा प्रमुख डाक्टर सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख ख
झापा / झापाको कमल गाउँपालिकामा ५०० शय्याको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान थापाले जानकारी दिएका छन्। वडा नं ५, पाडाजुँगी चोकबाट पूर्व आदिवासी रङ्गशाला दक्षिण मूल राजमार्गसँगै जोडिएको तीन बिघा जग्गामा युवा व्यवसायी बुद्धिमान थापा, प्रताप कार्की र नसीम कार्कीले सो अस्पताल सञ्चालन गर्न लागेका हुन् ।एक वर्षभित्रमा अस्पताल सञ्चालनमा आउने जनाउँदै अस्पतालका अध्यक्ष थापाले भने, “प्रारम्भिक चरणमा १०० शय्याबाट सुरु हुन्छ, मापदण्डअनुसार विस्तार गरेर ५०० शय्यासम्म प
धनुषा / धनुषाको शहीदनगर नगरपालिका–यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखिएको कोरोना विरुद्धको खोप फेला परेको छ ।प्रहरीले शहीदनगर नगरपालिकाको सुशासन समिति र प्रहरीको संयुक्त अनुगमन टोलीले कोरोना विरुद्धको खोप फेला पारेको हो । ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान अस्ट्राजेनेकाको खोप बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।खोप फेला परेपछि श्रीराम मेडिकलका सञ्चालक कमलेश मण्डल पक्राउ परेका छन् । मण्डललाई पक्राउ गरेर सोधपुछ गर्दा थप एक व्यक्तिसमेत संलग्न रहेको बताएपछि प्रहरीले ति व्यक्तिलाई पनि पक्राउ गरेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.