काठमाडौं / काठमाडौं र ललितपुरमा आजदेखि १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरुनाविरूद्धको फाइजर खोप  दिन थालिएको छ ।

यसअघि दीर्घरोगलाई खोप दिइँदै आएकोमा आज (आइतबार) देखि मंगलबारसम्म १२ देखि १७ वर्ष उमेरका स्वस्थ बालबालिकालाई पनि दिने निर्णय भएको हो। 

OM Sai Pathibhara Hospital
OM Sai Pathibhara Hospital

फाइजर खोप पाटन अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने खोप शाखाले जनाएको छ ।

मौज्दात रहेको खोप करिब २८ सय बालबालिकालाई दिइने छ । सरकारले दीर्घ रोगीलाई खोप लगाएर बचत भएपछि स्वस्थ बालबालिकालाई खोप दिने निर्णय गरेको हो ।