झापा / देशभर आज थप २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

कूल आठ हजार ९७२ जनाको नमूना परीक्षण गर्दा २९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा ३६९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९४ पुगेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार ५३९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।