बिर्तामोड / आज देशभर ३५१ जना कोरोना संक्रमित थपिएका छन्। 

देशभर गरिएको ८ हजार ७२९ पीसीआर र १ हजार ४४५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख १९ हजार ६९९ जना पुगेको छ। कुल संक्रमित मध्ये ७ हजार ३०० जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा २७३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८९० पुगेको छ। 

आज देशभर ९ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ।