बिर्तामोड  / आज देशभर थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १०४ पीसीआर र एक हजार ८०५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख २० हजार २८५  पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ३४९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २९८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख एक हजार ४२० पुगेको छ। 

OM Sai Pathibhara Hospital

उक्त अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ।  १०३ जना क्वारेन्टाइनमा छन्। 

पछिल्लो २४ घण्टामा एक लाख ७७ हजार ८८४ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।