बिर्तामोड  / आज देशभर थप २९९ जना कोरोना संक्रमित थपिएका छन्। 

देशभर गरिएको ७ हजार ८६३ पीसीआर र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षणका क्रममा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख १८ हजार ३०७ जना पुगेको छ। कुल अतिक्रमितमध्ये ७ हजार ६४२ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा २६० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९९ हजार १७६ पुगेको छ।

उक्त अवधिमा ६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ।