झापा / देशभर अहिलेसम्म ११ हजार पाँच सय १३ जना सङ्क्रमितको मृत्यु भएको छ । आज मात्रै चार सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार आज देशभर तीन सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

OM Sai Pathibhara Hospital

देशभर गरिएको ७ हजार ५९० पीसीआर र २ हजार ३३० जनाको एन्टीजेन परीक्षणका क्रममा ३३२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार पुगेको छ। कुल संक्रमित मध्ये ७ हजार ३६९ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा २३२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख एक हजार १२२ पुगेको छ।