झापा / देशभर आज थप २३८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।  

देशभर गरिएको ७ हजार ८४५ पीसीआर र १ हजार २७८ जनाको एन्टीजेन परीक्षणका क्रममा २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल सङ्क्रमितको संख्या ८ लाख १९ हजार १९ जना पुगेको छ। कुल संक्रमित मध्ये ७ हजार १६४ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा ३७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३५९ पुगेको छ। 

उक्त अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ।