बिर्तामोड / आज देशभर थप चार सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ भने २०२ जना निको भएका छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ९ लाख १३ हजार २५८ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ भने ७ लाख ९८ हजार ९१६ जना संक्रमण मुक्त भएका छन् ।