मोरङ / विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालको खर्च तिर्न नसकेर आत्महत्याको प्रयास गरेका छन् । 

अस्पतालको पैसा तिर्न नसकेर बन्ध बनाइएका मोरङको धनपालनाथ गाउँपालिका –१ का शिवकुमार मण्डलले आज शुक्रबार बिहान आत्महत्याको प्रयास गरेका हुन् । 

OM Sai Pathibhara Hospital

छारे रोगबाट पीडित ३५ वर्षीय मण्डललाई मंसिर ३ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि अस्पतालले उनलाई मंसिर ७ गते डिस्चार्ज गरेको थियो।

मण्डलको उपचारका लगी ३६ हजार रुपैयाँ खर्च लागेको थियो । तर, मण्डलका परिवारले १७ हजार रुपैयाँ मात्र अस्पताललाई बुझाएको थियो । मण्डलको परिवारले बाँकी १९ हजार बुझाउन नसक्दा अस्पतालले मण्डललाई बन्धक बनाएर राखेको थियो । 

आर्थिक अवस्था कम्जोर भएका कारण मण्डलका परिवारले अस्पतालमा १९ हजार रुपैयाँ बुझाउन नसक्दा उनले अस्पतालको तेस्रो तलाबाट हामफालेर आत्महत्याको प्रयास गरेका हुन् । 

तेस्रो तल्लाबाट हामफालेका मण्डलको टाउकोदेखि शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।