स्वास्थ्य

    Showing 1,191-1,200 of 2,445 items.
  • गर्भवतीले महिलाले ध्यान दिनुपर्ने विषय

    -महिलाको पाठेघरमा सन्तानको भ्रूणको रूप रहेको अवस्थालाई गर्भावस्था भनिन्छ । सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ । गर्भावस्थाको समय अति नै संवेदनशील हुन्छ । यसर्थ, यो वेला गर्भवतीले नियमित रूपमा चिकित्सकलाई चेकजाँच गराउनुपर्छ ।गर्भावस्थाका मुख्य लक्षण-समयमा महिनावारी नहुने । -थकाइ लाग्ने वा जिउ गल्ने ।-शरीरमा ज्वरो आएजस्तो लाग्ने ।-कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने ।-बारम्बार पिसाब लाग्ने ।-स्तन गानिएर आउने, ठूलो हुने ।-ढाड तल्लो भाग  दुख्ने ।-गर्भ रहेपछि हल्का रक्तश्राव हुने ।-टाउको दुख्ने ।-दिक्क लाग्ने वा तनाव हुने ।-बिहान उठ्नेबित्तिकै बिरामी हुने ।शारीरिक परिव

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 210 पटक पढिएको
  • डा. शर्माले सहयोगी समाजलाई दिए निःशुल्क एम्बुलेन्स

    बिर्तामोड / विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा. सुनिल शर्माले झापाको विर्तामोड –१० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । डा. शर्माले नोबेल अस्पतालको तर्फबाट करिब १२ लाख मूल्य पर्ने एम्बुलेन्स निःशुल्क प्रदान गरेका हुन् ।बिर्तामोडमा शनिवार एक कार्यक्रमकाबीचमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले समाजका अध्यक्ष नवीन विमलीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे । चाबी हस्तान्तरण गर्दै प्रबन्धक दाहालले डा. सुनिल शर्माले यसअघि गरेको घोषणा बमोजिम सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरिएको बताए ।कार्यक्रममा प्रदेश सभा स

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 178 पटक पढिएको
  • ७७ जिल्लामै ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज

    काठमाडौं  / सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ ।भाइरसविरुद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जानकारी दिए ।स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले ७७ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयलाई खोप लगाउनका लागि पत्र पठाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट अन इमुनाइजेसनको यही माघ ७ गते र राष्ट्रिय खोप सल्लाहकार समितिको माघ १२

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 201 पटक पढिएको
  • नारायणी अस्पतालमा उपचाररत थप दुई सङ्क्रमितको मृत्यु

    वीरगन्ज / वीरगञ्जमा शनिबार कोरोना भाइरस सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत दुईजना सङ्क्रमितको शनिबार बिहान मृत्यु भएको हो। अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार बाराको कलैया उपमहानगरपालिका –५ की ६५ वर्षीया संक्रमित महिलाको शनिबार बिहान साढे ७ बजे मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार अस्पतालमा भर्ना भएकी ती महिलाको शुक्रबार नै एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाले कोभिड विरुद्धको खोपको दुवै डोज लगाएकी थिइन्। यस्तै नारायणी अस्पतालमै उपचारत पर्साको वीरगन्ज महानगरपालिका –३ प्र

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 269 पटक पढिएको
  • गुर्जो सेवन स्वास्थ्यका लागि हानिकारक !

    बिर्तामोड / योगगुरु रामदेव र आचार्या बालकृष्णको गुर्जो सम्बन्धी दावीलाई नेकपा माओवादी केन्द्रका एक उच्च तहका नेताले चुनौति दिँदै गुर्जो सेवन स्वास्थ्यको हितमा नरहेको बताएका छन् ।माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षामान पुनले अमृतबुटी , गुर्जलती र गुर्जो नामले चिनिने जडिबुटी सेवनका कारण आफ्नो स्वास्थ्यमा जटिल समस्या आएको बताएका हुन् ।कोरोना महामारीको समयमा सर्वाधिक खोजी र रोजाईमा परेको गुर्जो सेवनका कारण आफ्नो कलेजोमा समस्या पारेको उनले बताएका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै उनले गुर्जो सेवनका कारण आफू र आफ्ना केही साथीको स्वास्थ्यमा समस्या देखिएको दावी गरेका हुन् ।रोग प्

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 296 पटक पढिएको
  • कोरोना अपडेट : आज थप छ हजार आठ सय २७ जनामा संक्रमण पुष्टि, १० को मृत्यु

    झापा /  पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा पाँच हजार ४३२ जना डिस्चार्ज हुँदा १० जनाको मृत्यु भएको छ। अहिले देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा एक लाख २८ हजार ५६३ जनाले खोप लगाएका छन्।

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 189 पटक पढिएको
  • आज थप आठ हजार १७ जनामा संक्रमण पुष्टि, १५ को मृत्यु

    झापा  / पछिल्लो २४ घण्टामा देशभर थप आठ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  १५ हजार सात सय ३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा पाँच हजार २९२ जना कोरोना मुक्त भएका छन् । सोही अवधिमा १५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६८७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।यसैगरी, मुलुकमा हालसम्म ९० हजार ५७६ जना सक्रिय सङ्क्रमित छन् । साथै पछिल्लो २४ घण्टामा पाँच ल

    • प्रकाशित मितिः माघ १३, २०७८
    • 157 पटक पढिएको
  • १२ घण्टामा भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

    बाँके / नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमणका कारण १२ घण्टामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका –६ का ७१ वर्षीय पुरुष र कालिकोट शुभकालिका –५ का १६ वर्षीय बालक रहेका छन् । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार ७१ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको थियो । भेरी अस्पतालमा यही माघ १० गते पीसीआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना

    • प्रकाशित मितिः माघ १३, २०७८
    • 202 पटक पढिएको
  • २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

    काठमाडौं / पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ५ जनाको मृत्‍यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् 

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 244 पटक पढिएको
  • दमक अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

    झापा /अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि झापाको दमकस्थित सरकारी अस्पतालको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । दमक अस्पतालका सूचना अधिकारी देवी दङ्गालका अनुसार आजदेखि शुक्रबारसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस क्षेत्रको स्वास्थ्य बिमाको प्रथमविन्दु दमक अस्पताल मानिन्छ । यस अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीले बिमामार्फत उपचार सेवा पाउँदै आएका मेडिकल सुपरिटेन्डेण्ट डा खड्ग लिम्बूले जानकारी दिएका छन्।

    • प्रकाशित मितिः माघ १२, २०७८
    • 195 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.