स्वास्थ्य

    Showing 91-100 of 2,445 items.
  • गणतन्त्र दिवसको अवसरमा रामेछापमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर

    रामेछाप— गणतन्त्र दिवसको अवसरमा रामेछापमा रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।गणतन्त्र दिवस जिल्लास्तरीय समिति रामेछापको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको समन्वयमा मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १५ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ ।यसैबीच, गणतन्त्र दिवसकै अवसरमा आज रामेछाप जिल्ला अस्पतालको आयोजना तथा जनस्वास्थ्य कार्यालय रामेछाप, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप र जिल्ला रेडक्रस सोसाइटी रामेछापको सहकार्यमा जिल्ला अस्पताल परिसरमा निःशुल्क स्वास्थ्य शिविर तथा वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।अस्पतालका अनुसार श

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 399 पटक पढिएको
  • सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृत्यु, चिकित्सकमाथि लापरबाहीको आरोप

    सर्लाही— सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरमा सर्प दंशबाट एक बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरबाही रहेको आरोप लगाउँदै अस्पतालमा होहल्ला गरेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार साँझ करिब ६ः३० बजेतिर लक्ष्मीपुर निवासी रवीन्द्र गिरीका ३ वर्षीय छोरा आदित्य गिरी आफ्नै घरको कौसीमा खेलिरहेका बेला सर्पले टोकेर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।अस्पतालमा उपचारकै क्रममा साँझ ७ः५० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए । बालकको मृत्यु भएपछि आफन्तजन अस्पताल पुगेर चिकित्सकको लापरबाहीका कार

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 417 पटक पढिएको
  • प्रहरी र पत्रकारलाई निस्शुल्क चेकजाँच सहित औषधी वितरण

    मुगु— कर्णाली प्रदेश प्रहरी अस्पतालको आयोजना र जिल्ला प्रहरी कार्यालय मुगुको समन्वयमा र जिल्ला अस्पतालको सहरीकरणमा प्रहरी र सञ्चार कर्मी र स्थानियलायइ निःशुल्क चेकजाँच सहित औषधि वितरण गरिएको छ ।जिल्ला प्रहरी कार्यालयमा आयोजना प्रहरी युनिट सँग प्रहरी, अस्पताल कार्यक्रम सम्बन्धी कार्यक्रम अनुसार कर्णाली प्रदेश प्रहरी अस्पतालका विशेषज्ञ डाक्टर श्यामकृष्ण लौडारी सहितको टोलिले बुधबार जिल्ला प्रहरी कार्यालय मुगुमा हाडजोर्नि नसा,छाल लगायत अन्य विभिन्न प्रकारका रोगहरूको चेकजाँच गर्दा मुगु जिल्लामा रहेका ९६ जान प्रहरी कर्मचारी, प्रहरी परिवार १० जना,ख सन्चारकर्मि र अन्य सर्वसाधारण २२ जना गरी १२८ जनाको स

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 366 पटक पढिएको
  • निजी अस्पतालहरुमा स्वास्थ्य बिमा सेवा स्थगन

    काठमाडौं— निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य बिमाका सेवा स्थगन गरिएको छ । स्वास्थ्य बिमा बोर्डमा बढ्दै गएको वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका निम्ति आकस्मिकबाहेकका सम्पूर्ण सेवामा बन्द गर्ने निर्णय गरिएको हो ।बोर्डको निर्णयमा भनिएको छ,‘स्वास्थ्य बिमा बोर्डको वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बिमाका सेवाहरू मिति २०८३ साल जेठ १६ गतेदेखि लागु हुने गरी स्थगन गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 427 पटक पढिएको
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता स्वदेश फिर्ता

    काठमाडौं— स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ७९औँ विश्व स्वास्थ्य सभामा सहभागिता भई आज स्वदेश फर्किएकी छन् । मन्त्री मेहता स्विट्जरल्यान्डको जेनेभामा आयोजित ७९औँ विश्व स्वास्थ्य सभामा आफ्नो सफल सहभागिता र सम्बोधन सम्पन्न गरी आज स्वदेश फर्किएकी हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी मन्त्री मेहतालाई मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए । मे १८ देखि २३, २०२६ सम्म जेनेभामा सञ्चालन भएको यस वर्षको महासभा नेपालका लागि निकै ऐतिहासिक र उपलब्धिमूलक रहेको छ ।सभाको उपाध्यक्षमा निर्वाचितः यस ७९औँ विश्व स्वास्थ्य सभामा मन्त्री निशा मेहतालाई सभाको उपाध्यक्षका रूपमा

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 412 पटक पढिएको
  • क्यान्सर अस्पतालमा औषधि अभाव

    चितवन। क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको औषधि अभाव भएको छ । विश्वव्यापी रुपमा प्रभावित भएका क्यान्सर उपचारका केही औषधि अस्पतालमा नै अभाव भएका हुन् । अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहका अनुसार हाल विश्वव्यापी रूपमा क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण औषधिहरूको अभाव देखिएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि यसको प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “औषधिको अभावले केमोथेरापीको प्रभावकारिता घट्ने मात्र नभई, बजारमा हुने अवैध ओसारपसार र गुणस्तरहीन औषधिको प्रयोगले बिरामीको स्वास्थ्य

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 261 पटक पढिएको
  • औषधिको भन्सार सिस्टममा होस्ः पवन आचार्य

    काठमाडौं— नेपाल औषधि आयातकर्ता संघ (मीयान) का अध्यक्ष पवन आचार्यले औषधिमा भन्सार कर्मकारीको तजविजका आधारमा लगाउने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।अर्थ बजार डटकमद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘आगामी बजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा विषयक अन्तर्किया कार्यक्रममा आचार्यले औषधिमा ५ प्रतिशत मात्रै भन्सार लाग्ने कानुनी ब्यवस्था भएपनि भन्सारका अधिकारीहरुले तजविजका आधारमा २८ प्रतिशतसम्म जरिवाना लगाउने गरेको गुनासो गरे ।‘औषधिमा ५ प्रतिशत मात्रै भन्सार लाग्छ भनिएको छ, औषधिमा आयात गर्दा नै एमआरपी तय भएको हुन्छ, तर भन्सारमा बिजकलाई आधिकारिकता नदिएर २८ प्रतिशतसम्म जरिवाना लगाउने गरिएको छ, भ

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 462 पटक पढिएको
  • काठमाडौंमा बर्ड फ्लु देखियोः नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं— काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । नगरपालिकाले सोमबार सुचना जारी गर्दै वडा नं. २, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाएको हो ।सूचना अनुसार, सङ्क्रमण देखिएका क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ ।रोग फैलिन नदिन नगरपा

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 401 पटक पढिएको
  • ग्रामीण क्षेत्रमा पनि नपत्याउँदो गरी सल्किँदै नसर्ने रोगको आगो

    रामेछाप— धनीलाई लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ । एक पटक लागे पछि लामो समयसम्म अझ जीवन भरी नै उपचार गर्नु पर्ने र औषधि खानु पर्ने नसर्ने रोगको प्रकोप ग्रामीण क्षेत्रमा पनि नपत्याउँदो गरी भयङ्कर रूपमा फैलिएको छ ।विलासी जीवन र खानपानको कारण देखिने भनिएका यस्ता रोगहरू ग्रामीण भेगका विपन्न नागरिकहरूमा पनि निक्कै बढेको पाइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले ग्रामीण भेगमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा यस्ता रोगका बिरामीहरू ठुलो सङ्ख्यामा देखिन लागेका छन् । यसमा उच्च रक्तचाप तथा मधुमेहका बिरामीहरूको सङ्ख्या निक्कै रहेको छ । त्यस्तै बाथ,

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 425 पटक पढिएको
  • सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत पु¥याउनुपर्ने माग गरेकी छन्।आइतबार आयोजित सार्वजनिक स्वास्थ्य करसम्बन्धी एक कार्यक्रममा बोल्दै सांसद कार्कीले जनस्वास्थ्यमा सुधार र स्वास्थ्य बीमालाई दिगो बनाउन यस्तो नीति अनिवार्य भएको स्पष्ट पारिन् ।उनले भनिन्,‘सन् २०३५ सम्म सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सिफारिस गरेको छ । करको मुख्य उद्देश्य राजस्व संकलन मात्र नभई सुर्तीजन्य पदार्थको उपभोग घटाउनु हो ।’उनले हाल भइरहेको ३ देखि ५ प्रतिशतसम्मको सामान्य कर वृद्

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 454 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.