शिक्षा

    Showing 211-220 of 706 items.
  • होलीबाट सङ्कलित रकम विद्यालयको विकासमा खर्च गरिने

    बैतडी । जिल्लाको पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयले होली खेलेर रु तीन लाख १८ हजार आठ सय ५० सङ्कलन गरेको जनाउँदै यो रकम विद्यालयको विकासमा खर्च गरिने बताएको छ । विद्यालयले धेरै वर्षदेखि होली खेलेर आर्थिक स्रोत सङ्कलन गर्दै आएको छ ।  विद्यालयले आफ्नै स्रोतमा छात्रावास सञ्चालन गरेको छ । निजी स्रोतका शिक्षक, छात्रावासलगायत शैक्षिक सामग्री व्यवस्थापनका लागि हरेक वर्ष होली खेलेर रकम सङ्कलन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताए ।यसैगरी, पाटन नगरपालिका–१ मेल्चौरामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयले पनि होली खेलेर रु तीन लाख सङ्कलन गर

    • प्रकाशित मितिः चैत २, २०८१
    • 298 पटक पढिएको
  • नेपालमै पहिलोपटक श्रीमद्भागवत महापुराणको एकवर्षे प्रशिक्षण सुरु

    काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस वाल्मीकि विद्यापीठमा नेपालमै पहिलोपटक श्रीमद्भागवत महापुराणको एकवर्षे प्रशिक्षण सुरु भएको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पुराणवाचक, कर्मकाण्ड गर्ने पुरोहित र ज्योतिषीलाई अनुमति पत्र (लाइसेन्स) दिने गरी तयारी थालेकै बेला विद्यापीठले प्रशिक्षण सुरु गरेको हो । आधिकारिक ज्ञान नै नभएकाले कथावाचन गरिरहेको गुनासो बढेकाले विद्यापीठले यस्तो प्रशिक्षण राखिएको जनाइएको छ । आज विद्यापीठमा आयोजित एक कार्यक्रममा प्रशिक्षणको उद्घाटन गरिए पनि कक्षा भने चैत ३ गते आइतबारदेखि सुरु हुने प्राचार्य अच्युत लामिछानेले जानकारी दिए । दिउँसो चार बजेद

    • प्रकाशित मितिः चैत २, २०८१
    • 342 पटक पढिएको
  • प्रधानाध्यापक कुटपिटको आरोपमा वडा अध्यक्षसहित ३ जनाविरुद्ध प्रहरीमा जाहेरी

    काठमाडौं— दाङको घोराही उपमहानगरपालिका– १४ मा अवस्थित शुभ प्रभात माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको विषयले उग्र रूप लिएपछि प्रहरीमा जाहेरी परेको छ।विद्यालयका प्रधानाध्यापक रुद्र बुढामगरले घोराही १४ का वडाध्यक्ष भानसिङ बुढामगरले आफूमाथि हातपात गरेको भन्दै गम्भीर आरोप लगाएका हुन् । विवाद उत्कर्षमा पुग्दा झडप भएको बताइएको छ ।वडा अध्यक्ष घर्तीसहित ३ जना विरुद्ध प्रधानाध्यापक घर्तीले जिल्ला प्रहरी कार्यालयमा बिहीबार जाहेरी दिएका छन् । उनले कुनै हालतमा जाहेरी फिर्ता नलिने बताए । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख चक्रबहादुर शाहले पीडितको तर्फबाट घर्तीले प्रहरी कार्यालयमा जाहेर

    • प्रकाशित मितिः चैत १, २०८१
    • 344 पटक पढिएको
  • व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

    दमौली (तनहुँ) । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्मनिर्भर हुन थालेका छन् । विद्यालयका विद्यार्थी पछिल्लो समय लोकबाजामा आत्मनिर्भर हुन थालेका हुन् । विद्यालयले पछिल्लो समय विद्यार्थीको क्षमतालाई पहिचान गर्दै लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले नौमती बाजाको व्यवस्थापन गरेपछि विद्यार्थी उत्साहित भएका छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सक्रिय सहभागितामा विद्यालयमा तालबेँसी बाजा समूह गठन गरिएको प्रधानाध्यापक धु्रव वाग्लेले जानकारी दिए । विद्यालयको सांस्कृतिक, शैक्षिक एवं अन्य शुभकार्यमा स

    • प्रकाशित मितिः चैत १, २०८१
    • 372 पटक पढिएको
  • निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ

    ढोरपाटन (बागलुङ) । बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो । सात वडा रहेको निसीखोलामा वडा नं ५ र ६ मा मात्र खाम भाषा बोल्ने गरिन्छ ।अन्य वडामा भने नेपाली भाषामै पाठ्यपुस्तक तयार गरेर लागू गरेको निसीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार अन्य वडाका विद्यालयमा पढाइ हुने विषयवस्तु एउटै भए पनि दुई वटा वडाका १६ विद्यालयमा ‘मगर खाम भाषा’ पाठ्यपुस्तक पढाइ हुने गरेको छ ।पालिकाभर ४५ विद्यालय भए पनि २९ विद्य

    • प्रकाशित मितिः चैत १, २०८१
    • 255 पटक पढिएको
  • स्ववियु चुनाव आज १ बजेसम्म उम्मेदवारी फिर्ता लिने दिन

    काठमाडौं— स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको लागि उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज १ बजेसम्मको समय दिइएको छ ।चैत ५ गते हुने निर्वाचनको कार्यतालिका अनुसार २७ गते मनोनयन दर्ता गरेका गरेका थिए । २८ गते दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामवली सार्वजनिक गरिएको थियो ।कतिपय क्याम्पसमा एउटै संगठनको दुई जनाको उम्मेदवारी परेपछि आधिकारिक कुन हो भन्नेमा विवाद छ । त्रिविकै विश्वविद्यालय क्याम्पसमा नेविसंघको दुई समूहले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।दिपकराज जोशी र अनोज कार्की अध्यक्ष रहेको दुईवटा समूहको उम्मेदवारी परेकोमा निर्वाचन अधिकृतको कार्यालयले जोशी अ

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 300 पटक पढिएको
  • नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित

    काठमाडौं— धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।निर्वाचन समितिका संयोजक डा.मुरारी अधिकारीले राजीनामा दिएपछि अनिश्चितकालका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिए ।प्रमुख शर्माका अनुसार अर्को निर्वाचन समिति गठन भै निर्वाचनको मिति तय नभएसम्मका लागि निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको बताएका हुन् ।निर्वाचन समितिका संयोजक डा.अधिकारीले निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा असहज परिस्थित उत्पन्न भएको बताउँदै बुधबार राजीनामा दिएका थिए ।

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 257 पटक पढिएको
  • उच्च मावि तथा उच्च शिक्षा पढ्ने विद्यार्थीलाई पालिकाको अनुदान

    पर्वत । सरकारले माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा पढ्नका लागि भने विद्यार्थीले शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था छ । आर्थिक रूपमा सबल विद्यार्थीले शुल्क तिरेरै भए पनि गुणस्तरीय शिक्षा लिइरहेका छन् । आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीले भने बीचैमा पढाइ छाडेर बस्नुपर्ने वा विदेश पलायन हुने गरेको अवस्थालाई मध्यनजर गर्दै पर्वतको महाशिला गाउँपालिकाले यस्ता विद्यार्थीलाई अनुदान उपलव्ध गराउन थालेको छ । पालिकाले आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि उच्च शिक्षा पढ्न प्रोत्साहित गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । महाशिलाले उच्च

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 344 पटक पढिएको
  • प्रहरी अस्पतालमा पनि एमडी/एमएस पढाइ हुने

    काठमाडौं— नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ। चिकित्सा अध्ययन प्रतिष्ठान न्याम्स र नेपाल प्रहरी अस्पतालबीच यससम्बन्धमा सम्झौता भएको छ।हाल १२७ जनाले चिकित्सक तथा नर्सिङमा पीजी अध्ययन गर्दै आइरहेकामा आवश्यक विभाग थप गर्न दुई पक्षबीच सम्झौता भए पछि अब यो संख्या २५० पुग्ने भएको छ।सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अध्यक्षताको न्याम्स कार्यकारी बैठकले हालै यससम्बन्धी निर्णय गरेको थियो। सोही आधारमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यससम्बन्धी सम्झौता भएको हो। मन्त्री पौडेलले दक्ष चिकित्सा जनशक्ति उत्पादन वृद्धि गर्नका ला

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 360 पटक पढिएको
  • शंकरदेव क्याम्पसका स्ववियु सभापति बस्नेतले रजिष्टर च्यातेपछि...

    काठमाडौं —  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लक्षित गतिप्रति असन्तुष्टि जनाउँदै शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले रजिष्टर च्यातेका छन्।क्याम्पस प्रशासनले सर्वदलीय बैठक नडाकी मनोमानी ढंगले अघि बढ्न खोजेको भन्दै उनले निर्णय लेख्न प्रयोग हुँदै आएको रजिष्टर च्यातेका हुन्।‘म विधि सम्मत क्यापसका गतिविधि हुनुपर्छ भन्नेमा दृढ छु। तर, मलाई नै चार सयभन्दा बढी विद्यार्थी भर्ना गरेको आरोप लगाइयो। यस्तो गलत आरोप सह्य हुँदैन,’ उनले भने।उनले क्याम्पस प्रशासनले औपचारिक बैठक नबोलाएर विभिन्न आरोप लगाउने गरेको गुनासो गरे। माघ मसान्तपछि भर्ना भएकाहरूको भर्ना खारेज हुनुपर्छ भन्नेमा

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 335 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा