शिक्षा

    Showing 191-200 of 759 items.
  • शिक्षकहरूको नाराबाजीले एकीकृत समाजवादी नेताहरूलाई आन्दोलन स्थलबाट फर्कायो

    काठमाडौं : शिक्षक आन्दोलनमा ऐकबद्धता जनाउन पुगेका एकीकृत समाजवादीका नेताहरू अपमानित भएर फर्कनुपरेको छ।अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलन स्थलमा पुगेर ऐकबद्धता जनाउन पुगेकोमा शिक्षकहरूले उनीहरूविरुद्ध नाराबाजी गर्दै त्यहाँबाट फर्कन भनेपछि अपमानित भएर फर्कनुपरेको हो।उनीहरू शिक्षकहरूको आन्दोलनमा समर्थन जनाउन र भाषण गर्ने योजना सहित त्यहाँ पुगेका थिए, तर शिक्षकहरूले उनीहरूको विरोध गर्न थाले। 'यहाँ कुनै नेता आउनु पर्दैन, सक्ने भए संसदमा बोल', भन्ने नारासहित शिक्षकहरूले उनीहरूलाई आन्दोलन स्थलबाट बाहिर जान अनुरोध गरे।यसपछि स्थिति तनावपूर्ण बनेपछि प्रहरीले नेताहरूलाई सुरक

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 396 पटक पढिएको
  • अभिभावकको दबाबले आखिर खुल्न थाले विद्यालय

    इलाम — शिक्षक आन्दोलनले झण्डै महिनौंदेखि प्रभावित गरिरहेको शैक्षिक गतिविधिहरू अब नयाँ मोडमा पुगेका छन्। विद्यालयहरू लामो समयदेखि बन्द भएपछि अब अभिभावकहरूले दबाब दिन थालेका छन्, जसको परिणामस्वरूप कतिपय विद्यालयहरू फेरि सञ्चालनमा आएका छन्। इलाम नगरपालिकाका पुवा मझुवाको विडापानी माध्यमिक विद्यालयका अध्यक्ष देवराज थापाले शिक्षकहरूलाई विद्यालय सञ्चालन गर्न आग्रह गर्दै भने, "अहिलेसम्म आन्दोलनलाई समर्थन गर्दै आएका हौं, तर अब अभिभावकको दबाब हामीसँग सहन गर्न सक्दैनौं।" यस पछि, विद्यालय फेरि खोलिएको छ।विभिन्न विद्यालयमा अभिभावकहरूले शिक्षकलाई स्कूल खोल्नका लागि दबाब दिएका छन्। नेपालटार माध्यमिक विद्यालय

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 304 पटक पढिएको
  • शिक्षक–प्रहरी झडपमा २८ जना घाइते (सूचीसहित)

    काठमाडौं— नयाँ बानेश्वरमा विद्यालय शिक्षा ऐनको माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपमा २७ जना शिक्षक र विद्यालय कर्मचारी घाइते भएका छन्। प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेपछि २६ दिनदेखि जारी शान्तिपूर्ण आन्दोलन तनावग्रस्त बनेको हो।नेपाल शिक्षक महासंघका उपमहासचिव रामप्रसाद ढकालले प्रहरीको नियोजित आक्रमणमा २७ जना घाइते भएको बताए। झडपमा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की पनि घाइते भएकी छन्।घाइतेहरूको सिभिल अस्पताल, एभरेस्ट अस्पताल, ट्रमा सेन्टर र तिलगंगा आँखा अस्पतालमा उपचार जारी छ। केहीको अवस्था गम्भीर रहेको महासंघले जनाएको छ।घाइते शिक्षकहरूको सूची१.सुवास गिरी – सिन्धुपाल्चो

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 353 पटक पढिएको
  • प्रहरीसँगको झडपमा ६० जनाभन्दा धेरै शिक्षक घाइते, लगियो सिभिल अस्पताल

    काठमाडौँ – काठमाडौँमा शिक्षकहरूको आन्दोलन तनावपूर्ण मोडमा प्रवेश गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षक र प्रहरी बीच ठूलो झडप भएको छ, जसका कारण ६० जनाभन्दा धेरै शिक्षक घाइते भएका छन् । घाइते शिक्षकहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ । गम्भीर र सामान्य गरेर करिब ६० जना घाइते भएको शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । ‘६० जनाभन्दा धेरै घाइते भएका छन् । गम्भीर र सामान्य छुट्याउन सकेका छैनौँ । अहिले सिभिलमा लगिएको छ,’ उनले भनिन् ।विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन्, र यो झडपले आन्दोलनको दिशा फेरिने खतरा समेत ल्याएको छ।

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 471 पटक पढिएको
  • शिक्षकको प्रदर्शनमा प्रहरीले प्रयोग गर्यो बल,प्रहरी र शिक्षकको बीचमा भयो पानीको फोहरा र ढुंगा प्रहार

    काठमाडौँ – शिक्षकहरूको आन्दोलनमा शुक्रबार अर्को चर्को घटनाक्रम भएको छ। माइतीघरमा भेला भएर संसद भवनतर्फ अघि बढ्न खोजेका शिक्षकहरूलाई प्रहरीले बल प्रयोग गर्दै पन्छाउन कोसिस गरेको छ। जब शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरे, प्रहरीले पानीको फोहरा प्रयोग गरि उनीहरूलाई पछाडि हटाउन दबाब दिएको हो।पानीको फोहरा र ठेलमठेलका बीचमा शिक्षकहरूले पनि आक्रोशित हुँदै प्रहरीमाथि ढुंगा हानेका थिए। यो घटनाले शिक्षकहरूको आन्दोलनलाई अझ तातो बनाएको छ, जुन अहिले २६ औं दिनमा प्रवेश गरेको छ। शिक्षा ऐनको सुधारको माग गर्दै शिक्षकहरूले प्रदर्शन गर्दै आएका छन्, र यस्ता घटनाहरूले संघर्षलाई अझ झन्झटिलो बनाएको दे

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 683 पटक पढिएको
  • आन्दोलनरत शिक्षकबाट शिक्षक नै कुटिए

    काठमाडौं— काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ । शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् ।आपसी मतभेदका कारण १५/२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएका हुन् । जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेको प्रहरीले जनाएको छ।शरिरका विभिन्न भागमा चोटपटक लागेको  र टाउकोमा टुटुल्को उठेको  उनलाई तत्कालै प्रहरीको टोलीले

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 332 पटक पढिएको
  • आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति

    काठमाडौं— नेपाल सरकार र आन्दोलनरत शिक्षकहरूबिच शनिबार वार्ता भएको छ । नयाँ शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछिको यो पहिलो वार्ता हो सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महास‌ंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आज शिक्षकहरूको माग र आन्दोलनका बारे शिक्षामन्त्रीलाई जानकारी गराउने काम भएको बताए । उनले यसबारे थप वार्ता र छलफल गर्ने सहमति भएको बताए पनि अर्को वार्ताको मिति भने तय नभएको जानकारी दिए ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 235 पटक पढिएको
  • मन्त्रालयले सार्वजनिक गरेको नामावलीमा असन्तुष्ट जनाउँदै शिक्षक महासंघको टोली सिंहदरबार प्रवेश नगरी फर्कियो

    काठमाडौं— नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तसँग भेटघाटका लागि सिंहदरबार गएको नेपाल शिक्षक महासंघको टोली मन्त्रालय प्रवेश नगरी फर्किएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक गरेको २५ सदस्यीय नामावलीमा आपत्ति जनाउँदै शिक्षक महासंघ मन्त्रीलाई नभेटेरै फर्किएको हो।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मन्त्री पन्तसँग औपचारिक भेटका लागि जान लागेको तर विशेष कारणबस फर्किएको बताएका छन्।उनले सामाजिक सञ्जालबाटै भनेका छन्,‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय  नामावली महासंघले तयार नगरेको ब्यहोरा जानकारी  गराउँछौँ, आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 350 पटक पढिएको
  • आज सरकार र शिक्षकबीच वार्ता हुँदै

    काठमाडौं— सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता हुँदैछ। सरकारले वार्ताका लागि औपचारिक आह्वान गरेपछि शिक्षकहरू वार्तामा बस्न तयार भएका हुन्।शुक्रबार नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्त र  शिक्षा मन्त्रालयका सचिव डा।दीपक काफ्लेले नेपाल शिक्षक महासंघलाई एकै ब्यहोराका छुट्टाछुट्टै पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए।  सरकारको आह्वानपछि वार्ता टोली गठन गरेर महासंघ मन्त्रालयतर्फ गएको छ। ‘सरकारले वार्ताका लागि आव्हान गरेपछि हामीले टोली गठन गरेका छौँ, सो टोली वार्ताको लागि गइसक्नु भयो।’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।सरकारको तर्फबाट शिक्षामन्त्री पन्त र मन्त्रालयका

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 352 पटक पढिएको
  • कक्षा १२ को परीक्षा मिति सार्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं—  कक्षा १२ को परीक्षाको मिति सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा परीक्षा बोर्डका पदाधिकारीलाई बोलाएर परीक्षाको मिति सार्न निर्देशन दिएको सचिवालय स्रोतले जानकारी गराएको छ । कक्षा १२ को परीक्षा मिति बिहीबारदेखि तय भएको थियो । “शिक्षा मन्त्री नभएको हुनाले प्रधानमन्त्रीले पदाधिकारीसँग छलफल गर्नुभएको हो । उहाँले परीक्षा केही दिन पछि सार्न भन्नुभएको छ,” प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो,“प्रधानमन्त्रीले पदाधिकारीसँग छलफल गर्नुभयो । उहाँहरुले थप निर्णय गर्नुहोला ।”

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 322 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा