शिक्षा

    Showing 151-160 of 1,009 items.
  • वाग्मती प्रदेश सरकारले बलेफीमा ‘र्‍याफ्टिङ स्कुल’ स्थापना गर्ने

    काठमाडौँ। वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–५ मा ‘र्‍याफ्टिङ स्कुल’ स्थापना गर्ने भएको छ ।यसका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट काम अघि बढेको सचिव दीपेन्द्र सुवेदीले राससलाई जानकारी दिनुभयो । यो स्कुलमा ‘रिभर गाइड’ तालिम लिन अन्तरराष्ट्रियस्तरबाट पनि प्रशिक्षार्थी आउने उहाँले बताउनुभयो । नेपालको भोटेकोशी र त्रिशूली नदी विश्वमै जलयात्राका लागि प्रसिद्ध छ ।बागमती प्रदेशमा बग्ने त्रिशूली, नारायणी, भोटेकोशी, सुनकोशीजस्ता नदी र मकवानपुरको कुलेखानी ड्यामलाई जल पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न लागिएको पनि मन्त्रालयले जनाएको छ । यसका लागि

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 242 पटक पढिएको
  • त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।बिहीबार उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्टार केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् । नयाँ सरकारलाई काम गर्न सहज होस् भनेर आफूहरुले राजीनामा दिएको उनीहरुको भनाइ छ।सरकारले यसअघि भएका राजनीतिक नियुक्ति हटाउने तयारी गरेको छ।केसी र रिजाल प्रचण्ड प्रधानमन्त्री भएका बेला मेरिटका आधारमा नियुक्त भएका थिए भने अर्याल केपी शर्मा ओलीको पालामा मेरिटकै आधारमा नियुक्त भएका थिए ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 580 पटक पढिएको
  • हेल्प नेपाल नेटवर्कको परोपकार र मानवीय सेवा यात्रा जारी

    काठमाडौं— नेपालीद्वारा नेपाल र नेपालीका लागि सञ्चालित परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले गत वर्ष पनि शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, प्राकृतिक विपत्तिदेखि पुनः स्थापनासम्म नेपालका दूर दराजका गाउँघरमा आशा र उज्यालो फैलाउँदै सेवा यात्रा जारी राखेको छ।हेल्प नेपाल नेटवर्कले वि सं २०८२ मा देशका दुर्गम भूभागदेखि सहरसम्म विभिन्न समुदायमा शिक्षा, स्वास्थ्य, बाल संरक्षण, महिला सशक्तीकरण र आपत्कालीन राहतका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै हजारौँ नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको जनाएको छ ।‘जहाँ आवश्यक छ त्यहीँ सेवा’ भन्ने भावनासहित स्थापित हेल्प नेपाल नेटवर्क आज पनि करुणा, सहानुभूति र मानवीय

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 483 पटक पढिएको
  • सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजनाः विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

    काठमाडौं— काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै विस्थापित भएका परिवारको सामाजिक र आर्थिक पुनस्र्थापनाका लागि विशेष प्याकेज अघि सारेको छ । महानगरले विस्थापित सुकुम्बासीलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने र वास्तविक सुकुम्बासीलाई सरकारमार्फत स्थायी बसोबासको व्यवस्थापन गर्ने गरी काम भइरहेको जनाएको छ ।महानगरका प्रवक्ता नवीन मानन्धरले विस्थापितहरूलाई सामाजिक विकास कार्यक्रमअन्तर्गत राखी स्वरोजगार बनाउन ऋण र तालिमको व्यवस्था गरिने जानकारी दिएका हुन् ।हाल थापाथली लगायतका क्षेत्रबाट विस्थापित भएका ४४ घरधुरीका १२१ जनालाई कीर्तिपुरस्थित राधास्वामी सदनमा राखिएको छ । प्

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 470 पटक पढिएको
  • देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

    दमौली। तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ । यहाँ रहेका विभिन्न गुरुकूलमा अध्ययनका लागि विद्यार्थीको आकर्षण बढेको हो ।  देवघाट गाउँपालिका–५ स्थित श्रीहरिहर सन्यास आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकूल विद्यापिठमा ३० जनाका लागि भर्ना खुलाउँदा १८९ जनाले प्रवेश परीक्षाका लागि फारम भरेका छन् । विद्यापीठमा प्रवेश परीक्षामार्फत ३० जना विद्यार्थी छनोट गरिएको सहायक प्राचार्य कृष्णदेव पाण्डेले जानकारी दिनुभयो । पछिल्ला वर्षहरुमा संस्कृत शिक्षा वा गुरुकूल शिक्षामा अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्न थालेको उहाँको भनाइ छ । देवघाटका गुरुकूलहरु देशमै ख

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 301 पटक पढिएको
  • विद्यार्थी संगठनले मागे शिक्षामन्त्रीको राजीनामा

    काठमाडौं— सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेको विरोधमा संयुक्त विद्यार्थी संगठनले मार्चपाससहित विरोध प्रदर्शन गरेका छन् ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा विद्यार्थीले विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी विरुद्ध विरोधसहित मार्चपास गरेका हुन् ।प्रदर्शनरत विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत मागेका गरेका छन् ।मार्चपास कार्यक्रममा बोल्दै अनेरास्ववियका उपाध्यक्ष अशोक थापाले विद्यार्थी संगठन खारेज गर्ने र विद्यार्थी संगठनलाई क्याम्पस प्रवेश गर्न निषेध गर्नेगरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने सरकारको तयारीविरुद्ध आफूहरु आन्दोलनमा र

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 541 पटक पढिएको
  • सांसद पोखरेललाई स्वागत गर्न प्रअ ढिलो गएको विषयमा स्कुलले माग्यो माफी

    ओखलढुंगा— जिल्लाको खिजिदेम्बा गाउँपालिका–२, रगनीमा अवस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले संघीय सांसद विश्वराज पोखरेलप्रति भएको असमझदारीलाई लिएर क्षमा याचना गरेको छ।२०८३ साल वैशाख १० गते  दिन विद्यालयको समस्या र शैक्षिक गतिविधिको जानकारी लिन पोखरेल पूर्व निर्धारित कार्यक्रम अनुसार विद्यालय पुगेका थिए।सोही समयमा विद्यालयका प्रधानाध्यापक सन्त बहादुर मगर विद्यालयका मागपत्र र समस्याहरू तयार गर्ने कार्यमा व्यस्त रहेको र संसद पोखरेल विद्यालय परिसरमा प्रवेश गरेको जानकारी समयमै प्राप्त नहुँदा केहीबेर ढिलाइ हुन पुगेको विज्ञप्तिमा उल्लेख छ।​विज्ञप्तिमा भनिएको छ, ‘प्रधानाध्यापक मागपत्रसहित स्वागतका

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 528 पटक पढिएको
  • झापाको हिमालय माविका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं— झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध करिब ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले भवन निर्माण तथा विद्यालयको आर्थिक कारोबारमा अनियमितता गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।अख्तियारका अनुसार विद्यालय भवन निर्माणका क्रममा प्राविधिक मूल्यांकनभन्दा बढी रकम भुक्तानी लिई झुट्टा बिल–भर्पाई तयार गरी अनियमितता गरिएको पाइएको छ। यस क्रममा करिब ५९ लाख २६ हजार ६ सय ८६ रुपैयाँ बढी भुक्तानी लिइएको आरोप

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 521 पटक पढिएको
  • नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु

    काठमाडौं— आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक सुरु भएको छ ।सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो ।यसअघि विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएको थियो ।तर यस वर्षदेखि भने सरकारले वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो ।सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानूनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन गत चैत २२ गते निर्देशन दिएको थियो ।

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 458 पटक पढिएको
  • मकवानपुरमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा सुरु

    हेटौँडा— मकवानपुर जिल्लामा कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शान्तिपूर्ण वातावरणमा सुरु भएको छ । जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भएका छन् ।श्रमिक माध्यमिक विद्यालय, बाल ज्योति माध्यमिक विद्यालय, मकवानपुर बहुमुखी क्याम्पस तथा जिएस निवेदन केन्द्रमा परीक्षा बिना कुनै अवरोध सञ्चालन भइरहेको सम्बन्धित स्रोतले जनाएको छ । सुरक्षाका दृष्टिले आवश्यक व्यवस्थापन मिलाइएको र परीक्षा निष्पक्ष तथा मर्यादित ढङ्गले सञ्चालन भइरहेको बताइएको छ ।परीक्षाको पहिलो दिन नै विद्यार्थीहरूको उपस्थिति सन्तोषजनक देखिएको छ भने परीक्षा केन्द्र वरपर अनावश्यक भिडभाड हुन नदिन स्थानीय प्रशा

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • 468 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.