शिक्षा

    Showing 111-120 of 1,009 items.
  • भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

    भक्तपुर। भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँच वटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिनुभयो । आगलागीबाट करिब रु ५० लाख  बराबरको क्षति भएको छ ।विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान छ । हाल जलेका सामग्री हटाउने तथा सरसफाइको कार्य सुरु गरिएको छ । धेरै दिन पठनपाठन अवरुद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले जनाएको छ । प्रहरी वृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन जारी  छ ।

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 372 पटक पढिएको
  • प्रवक्ता, मानन्धर भन्छन रञ्जना लिपि राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजाने वाहक हो, अक्षर कलाको संवाहक हो

    काठमाडौं— काठमाडौं महानगरपालिकाको वडा नं. १७ ले स्थानीय वडाबासीलाई जेठ १३ गतेदेखि २० दिने रञ्जना लिपि लेखन प्रशिक्षण सुरु गरेको छ । ठँहिटिमा रहेको शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयमा वडाका ३० जना हरेक दिन बेलुका साढे ५ बजे कक्षामा आउछन् ।स्थानीयलाई लिपि लेखनमा प्रोत्साहन गर्न वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर हरेक दिन कक्षामा आउछन् । सिकाइ क्रियाकलापमा सहभागी बन्छन् ।यस क्रममा उनले भने, ‘नेपाल भाषा हाम्रो प्रदेशको कामकाजी भाषा हो । रञ्जना लिपि अन्तर्राष्ट्रिय स्तरमा नेपालको मौलिकता चिनाउने मानक हो । कामकाजी भाषाको प्रवर्धन र मौलिक लिपिको संरक्षण गर्न हामीले प्रशिक्षण थाले

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 475 पटक पढिएको
  • ‘रञ्जना लिपि’ लेखन प्रशिक्षण

    काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ‘रञ्जना लिपि’ को राष्ट्रिय पहिचानलाई अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न रञ्जना लिपि लेखन प्रशिक्षण सुरु गरेको छ । नेपाल लिपि, रञ्जना लिपि, अङ्क लिपि लेखन सीप (क्यालिग्राफी) र हस्तलिखित लिपिको अध्ययन प्रशिक्षणको मुख्य विषय रहेको कामपाको भनाइ छ ।  कामपा वडा नं १७ ले स्थानीय वडावासीलाई रञ्जना लिपिका लेखन प्रशिक्षण कक्षा ठँहिटीमा हरेक दिन बेलुका  ५ः३० बजेदेखि सुरु हुन्छ । त्यस कक्षामा ३० जना प्रशिक्षार्थीको  सहभागीता छ ।स्थानीयलाई लिपि लेखनमा प्रोत्साहन गर्न वडाध्यक्ष एवं कामपाका प्रवक्ता नवीन मानन्धर  स्वयम् हरेक दिन कक्षामा

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 291 पटक पढिएको
  • तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने

    तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ । उपमहानगरपालिकाले वडा नम्बर १५ को दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको हो । दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला रहेको भन्दै थारू भाषामा पठनपाठनका लागि विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको नगरप्रमुख टीकाराम खड्काले बताउनुभयो । गुठीका रूपमा सञ्चालन गर्न दिनेगरी अनुमति प्रदान गरिएको नगर प्रमुखको भनाय छ । स्थानीय रोहित चौधरीले तीन वर्षअघि थारू भाषाको विद्यालय सञ्चालनको अनुमतिका लागि उपमहानगरपालिकामा माग गर्नुभएको थियो । सोही निवेदनमाथि उपमहानगरपालिकाको ४७औँ कार्यपालिका बैठ

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 229 पटक पढिएको
  • विद्यार्थी न्यून भएका विद्यालय समायोजन

    राँझा। बाँकेको खजुरा गाउँपालिकाले विद्यार्थी सङ्ख्या न्यून भएका तीन विद्यालयलाई  समायोजन गरेको छ । विद्यार्थी सङ्ख्या न्यून रहेको खजुरा गाउँपालिका–३ स्थित शान्ति प्राथमिक विद्यालय, खजुरा गाउँपालिका–२ स्थित भानुदय प्रावि र शिव प्रावि नयाँ गुराँसपुर गरी हालसम्म तीन विद्यालयलाई समायोजन गरिएको खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।उहाँका अनुसार, शान्ति प्राथमिक विद्यालय जनता माध्यमिक विद्यालयमा समायोजन गरेर त्यहाँ गाउँपालिकाको प्रशासनिक कार्यालय निर्माण गरिएको छ । भानुदय र शिव प्राविलाई शुक्र माविमा समायोजन गरिएको छ । विद्यालय अन्यत्रै समायोजन भएपछि भा

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 361 पटक पढिएको
  • काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

    काठमाडौँ। काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।महानगरपालिकाको आइतबार सञ्चालित छात्रावृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अङ्क प्राप्त गर्ने विद्यार्थीको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरिएको हो ।उक्त छात्रवृत्ति महानगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि भएको महानगरपालिकाले जनाएको छ ।नतिजा अनलाइन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड (मोबाइल÷इमेलम

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 292 पटक पढिएको
  • स्थापनाको १२ वर्षपछि विज्ञान संग्रहालयको नामबाट हटाइयो बीपी कोइरालाको स्मृति

    काठमाडौं— कीर्तिपुरस्थित ‘बीपी कोइराला स्मृति प्लानेटोरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम’को नामबाट बीपी कोइरालाको स्मृति हटाइएको पाइएको छ। स्थापना भएको करिब १२ वर्षपछि संस्थाको औपचारिक नाम परिवर्तन गरी ‘प्लानेटोरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम’ मात्र राखिएको छ।नाम परिवर्तनबारे कुनै सार्वजनिक सूचना वा औपचारिक जानकारी नदिइएको भन्दै चासो व्यक्त गरिएको छ। हाल संस्थाले प्रयोग गरिरहेको आधिकारिक पत्राचारमा पनि बीपी कोइरालाको नाम उल्लेख गरिएको छैन।नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको उक्त संस्थाको उ

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 492 पटक पढिएको
  • शिक्षाको वार्षिक बजेट सवा २ खर्ब-सामुदायिक विद्यालयको पूर्वाधार आवश्यकता म्यापिङ गर्न १ अर्ब

    काठमाडौं— सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरेको छ ।शुक्रबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले चालू आर्थिक बर्षको भन्दा ७ अर्बले बृद्धि गर्दै शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरिएको जानकारी दिए । उनले मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि एक अर्ब विनियोजन गरेको बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 420 पटक पढिएको
  • नेपाली सेनाद्वारा विद्यालय भवन निर्माण

    सिद्धार्थनगर। रुपन्देहीको रोहिणी गाउँपालिका–२ मैनिहवास्थित राम आधारभूत विद्यालयमा नेपाली सेनाले दुई कक्षाकोठासहितको नयाँ भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । विद्यालयका कक्षाकोठा जीर्ण बन्दै गएपछि पठनपाठन प्रभावित हुन थालेको हो । यस्तो अवस्थामा नेपाली सेनाले ‘शीघ्र प्रभावी योजना’ अन्तर्गत नयाँ भवन निर्माण गरेको हो । निर्माण सम्पन्न भवनको बुधबार मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति हिम्मतबहादुर विष्टले उद्घाटन गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सावर यादवलाई हस्तान्तरण गर्नुभएको थियो । तारादल गणद्वारा निर्माण गरिएको उक्त भवनले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरणमा

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 403 पटक पढिएको
  • शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरूको शिष्टाचार भेटवार्ता

    काठमाडौं— शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू) सँग आबद्ध विभिन्न मुलुकका महामहिम राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका छन् ।सिंहदरबारस्थित मन्त्रालयमा सोमबार नेपालस्थित इयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैर आवासीय राजदूतहरूले शिक्षामन्त्री पोखरेलसँग संयुक्त रूपमा भेटवार्ता गरेको हो । उक्त भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचार–विमर्श भएको थियो ।युरोपेली सम्बद्ध मुलुकका प्रतिनिधिहरूले नेपालको परिवर्तित सन्दर्भमा सरकारको प्राथमिकताको क्षेत्रका

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 514 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.