शिक्षा

    Showing 101-110 of 1,009 items.
  • हुम्लाका विद्यालयलाई फुटबल सहयोग

    सिमकोट। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल कार्यक्रम सुरु भएको छ । विद्यालय तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले एन्फाले देशभर कार्यक्रम सञ्चालन गरिरहेकामा यहाँ पनि लागू गरिएको जनाएको छ । अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को ‘फुटबल फर स्कुल्स’ कार्यक्रमअन्तर्गत अभियान सुरु गरिएको कार्यक्रमका संयोजक धीरज रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार एन्फाले केही समयअघि खुला गरेको अनलाइन आवेदनका आधारमा हुम्लाका चार विद्यालय छनोटमा परेका थिए ।    छनोट भएकामध्ये सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यमिक विद्यालय र अदानचुली गाउँपालिकाको माउन्ट एभरेस्ट

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 303 पटक पढिएको
  • अन्तरराष्ट्रिय आइटी प्रतियोगितमा नेपाली विद्यार्थी पुरस्कृत

    काठमाडौँ। विश्वका ७० भन्दा बढी देशका विद्यार्थी सम्मिलित एआई, रोबाष्टिक र कोडिङसम्बन्धी अन्तरराष्ट्रिय प्रतियोगितमा नेपाली विद्यार्थी पुरस्कृत भएका छन् ।इन्डोनेसियाको राजधानी जाकार्तामा यही जेठ २ र ३ गते सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने ६ विद्यार्थी टोली पुरस्कार जित्न र तीन टोली ३० उत्कृष्टभित्र पर्न सफल भएका हुन् । संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकास अवधारणासँग सम्बन्धित भई वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली, औषधि व्यवस्थापनजस्ता विषयमा नवीननम् अवधारणा पेस गरी नेपाली विद्यार्थीले अन्तरराष्ट्रिय पुरस्कार जितेका हुन् ।सूचना प्रविधिको क्षेत्रमा क्रियाशील नीमा एजुकेसन

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 392 पटक पढिएको
  • बीस विद्यालयलाई ल्यापटप वितरण

    सिमकोट। जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका २० सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ । शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको हो । करिब रु ४५ लाखबराबरको ४० थान ल्यापटप वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भलाराम पङ्गालीले बताउनुभयो । गाउँपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान तथा डिजिटल सिकाइ वातावरण निर्माण गर्ने लक्ष्यसहित ल्यापटप हस्तान्तरण गरेको हो । प्रमुख प्रशासकीय अधिकृत पङ्गालीले शिक्षामा गरिएको लगानी भविष्यमा मानव संशाधन विका

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 347 पटक पढिएको
  • भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ परराष्ट्रमन्त्री खनाल

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।भारत भ्रमणका क्रममा उनले दुई देशबीच आपसी हितका विषयमा सम्बन्धलाई थप मजबुत बनाउन नेपाल प्रतिबद्ध रहेको बताउँदै, अझै समाधान हुन बाँकी रहेका सीमा र सीमांकनका विषयहरू खुला संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत अघि बढाउनुपर्ने बताएका हुन् । उनले भने, ‘हामी आपसी हितका विषयमा सम्बन्ध निर्माण गर्न चाहन्छौँ । हामीबीच केही मुद्दाहरू छन् भन्ने कुरा म स्वीकार गर्छु । सीमा र सीमांकनसँग सम्बन्धित बाँकी रहेका विषयहरू कूटनीतिक संवादमार्फत समाधान गर्

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 310 पटक पढिएको
  • छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

    काठमाडौं— काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ कोटामा अध्ययन गर्न चाहने छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट मनोनयन सूची (म्याचिङ् लिष्ट) सार्वजनिक गरेको छ । यस अघि प्रकाशित अन्तिम योग्यता क्रम, विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवम् आरक्षण र समूहगत रूपमा तोकिएको सिट संख्याका आधारमा जेठ २२ गतेको परीक्षा समितिको निर्णय अनुसार सूची प्रकाशन गरिएको हो । मनोनयनमा परेका परीक्षार्थीहरूले महानगरपालिकाको छात्रवृत्ति सम्बन्धी पोर्टल इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपीमा छा

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 489 पटक पढिएको
  • जुम्लाको कनकासुन्दरी माविमा अज्ञात समुहद्वारा तोडफोड

    जुम्ला— जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ लुड्कुस्थित कनकासुन्दरी माध्यमिक विद्यालयमा अज्ञात समूहले मध्यरातमा प्रवेश गरी तोडफोड तथा आगजनीको प्रयास गरेको छ । विद्यालयका डिजिटल उपकरण, शैक्षिक सामग्री तथा पूर्वाधारमा ठूलो क्षति पुगेको विद्यालय प्रशासनले जनाएको छ ।विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेका अनुसार जेठ २१ गते राति करिब ९ बजेपछि अज्ञात व्यक्ति वा समूह विद्यालय परिसरमा प्रवेश गरी मुख्य विद्युत् लाइनको एमसीबी बन्द गरेर तारहरू काटेका थिए । त्यसपछि कार्यालय र कक्षाकोठामा रहेका विभिन्न उपकरणहरूमा तोडफोड गरिएको थियो ।विद्यालयका अनुसार तोडफोडबाट १० वटा कम्प्युटर सीपीयू, दुई वटा ल्यापटप, स्म

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 445 पटक पढिएको
  • आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक

    काठमाडौं—  विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि प्राप्त आवेदनमध्ये अल्पसूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ । उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आज बसेको बैठकले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयकाको उपकुलपतिको उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरेको हो ।‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत का

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • 499 पटक पढिएको
  • मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

    म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १४ वटा विद्यालयमा कक्षा १ मा मगर खाम भाषामा पठनपाठन गराउन थालिएको हो । रघुगङ्गा गाउँपालिकाको सहयोगमा नेपाल पुनमगर समाजले तयार पारेको ‘गेमीं मगर खाम’ पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । “मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र अन्तरपुस्ता हस्तान्तरणको लागि पुस्तक तयार पारेर पठनपाठन सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “बालबालिकालाई दैनिक बोलीचाली र जीवनयापनमा बढी प्रयोग हुने शब्दावलीलाई पुस्तकमा समेटिएको छ ।” मगर खाम भाषा पठनपाठनका ल

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 229 पटक पढिएको
  • गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

    महोत्तरी। महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको गर्मी छल्न धमाधम विद्यालय बन्द गर्दैछन् । पछिल्लोपटक गौशाला नगर कार्यपालिकाको कार्यालयले आजदेखि आउने सोमबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यसअघि बर्दिबास नगर कार्यपालिकाको कार्यालयले बिहीबारदेखि नै विद्यालय पूर्ण रूपमा बन्द गरिसकेको छ ।घामको प्रचण्ड रापसँगै बहने तातो हावाले बालबालिकाको स्वास्थ्य चासोलाई ख्याल गरिएर नगर क्षेत्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालय बन्द गर्ने निर्णय भएको गौशाला नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीले सूचना जारी गर्दै जनाउनुभएको ह

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 353 पटक पढिएको
  • त्रिविको अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट साढे १० करोड असुल

    काठमाडौं । राज्यको लगानीमा अध्ययन बिदा लिएर सेवामा नफर्किने प्राध्यापकहरूविरुद्ध त्रिभुवन विश्वविद्यालयले थालेको अभियानबाट ठूलो रकम फिर्ता भएको छ। हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम असुल भइसकेको शिक्षा मन्त्रालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर विदेश गएका तर सेवामा नफर्किएका प्राध्यापकहरूबाट १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएको हो ।सहकुलपति तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले मन्त्रालय र त्रिभुवन विश्वविद्यालय को सक्रिय पहलमा उक्त रकम असुल भएको जानकारी दिएका हुन्। उनका अनुसार अध्ययन बिदाको सुविधा लिएर सेवामा नफर्किने प्रवृत्तिले सार

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 244 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.