समाज

    Showing 9,661-9,670 of 10,247 items.
  • मोटरसाइकल दुर्घटनाबाट नेपाली सेनाका जवानको मृत्यु

    धनुषा  / पोर्ताहामा बिग्रेर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडकखण्डमा बिग्रेर रोकिराखेको ना४त १६८२ नंकोट्याक्टरमा पूर्व दिशाबाट आएको रा६प २८६३ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार भीमदल गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको बताइएको छ ।मोटरसाइकलमा पछाडि सवार तनहुँ घर भई शेरगञ्ज गण सिरहामा कार्यरत २५ वर्षीय जीवन तामाङ सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षण प्रदीप सुव

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 126 पटक पढिएको
  • चेपाङ समुदायका विपन्न ५० परिवारलाई राहत

    मुग्लिन / मेचीमहाकाली बुहारी संयुक्त आवाज चितवनले इच्छाकामना गाउँपालिका –५ का जौगरा, ढुसघारी, मड्केनाटार, पहेँले पानी र बक्सेरानरा गाउँका ५० चेपाङ परिवारलाई राहत वितरण गरेको छ ।प्रत्येक परिवारलाई  ३० किलो  चामल, एक किलो नुन, आधा लिटर तेल र एक किलो दाल शुक्रबार वितरण गरिएको संस्थाका जिल्ला अध्यक्ष  महेश्वरी खड्काले जानकारी दिए । संस्थाले हिंसामा परेका महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको बताए । अहिले कोरोनाका कारण विपन्न परिवारमा बिहान बेलुका छाक टार्न समस्या भएकाले राहतका कार्यक्रम पनि ल्याएको बताए । गाउँ भन्दा बाहिर गएर दैनिक ज्यालादारी गरेर परिवार पाल्नुपर्ने

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 149 पटक पढिएको
  • निषेधाज्ञा अवधिमा महिला हिंसा : ४५ प्रतिशत घटना घरभित्रै

    काठमाडौँ  / कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाको एक महिना अवधिमा २०० महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसाका घटना भएको तथ्य अभिलेखीकरण गरिएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक)द्वारा सञ्चालित दुई हटलाइन, २३ मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंस्था सञ्चारमाध्यमबाट उक्त घटनाहरु अभिलेखीकरण गरिएका हुन् । सङ्कलित घटनामध्ये सबैभन्दा बढी ४५ प्रतिशत अर्थात ९० महिला आफ्नै श्रीमान् र परिवारका सदस्यबाट हिंसा भोग्न बाध्य भएको तथ्याङ्कले देखाउँछ । घरेलु हिंसाका घटनामध्ये दाइजो नल्याएको वा कम ल्याएको र छोरी छोरी जन्माएको नि

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 121 पटक पढिएको
  • घरेलुु हिंसाको आरोपमा युवक पक्राउ

    सर्लाही / सर्लाहीको विष्णु गाउँपालिका –७ दुलवाका १९ वर्षीय शिवकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । किशोरीको जाहेरीका आधारमा युवकलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।विवाहको प्रलोभनमा दलित समुदायकी युवतीमाथि अमानवीय व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । आफूमाथि शोषण भएको भन्दै किशोरी र उनका परिवारले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । किशोरीले अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दिएको र सोही आधारमा उनलाई पक्राउ गरिए

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 130 पटक पढिएको
  • किरियापुत्री बसेका दम्पतीको आगलागीबाट मृत्यु

    किमाथाङ्का / सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ । गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए । सात दिनअघि बित्नु भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बस्नुभएका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर मृत्यु भएको हो । आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उनकी श्रीमती कमलाको घटनास्थमै मृत्यु भएको उनले जा

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 149 पटक पढिएको
  • लागुऔषध सहित ३ जना पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका –९ धौलापुरबाट लागुऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।  बिशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका –५ का ३० बर्षीय पशुपती राजवंशी, २८ बर्षीय दिपक चौधरी र एक १७ बर्षीय बालकलाई बिहिवार राती ७ बजे १ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका माथि  प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 631 पटक पढिएको
  • छाक टार्न समस्या भए ११८० मा फोन गर्न आग्रह

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ ।दोस्रो लहरको काभिड –१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न भनिएको हो । अघिल्लो वर्षको कोरोना महामारीका समयमा विभिन्न सङ्घसंस्था र महानगर आफैँले पनि वडासँग समन्वय गरी समस्यामा परेकालाई खाद्य सामग्री वितरण गरेको थियो ।“गत वर्षको तुलनामा यस वर्ष खानका लागि समस्या प¥यो भन्दै आउनेको सङ्ख्या एकदमै कम रहेको छ, आएकालाई वडा कार्यलयमार्फत सहयोग गरिरहेका छौँ”, महानग

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 155 पटक पढिएको
  • चोरी तस्करी नियन्त्रण गर्न ड्रोन क्यामेराबाट निगरानी

    कञ्चनपुर / वनमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि यहाँ ड्रोन क्यामेराको सहायताले निगरानी राख्न थालिएको छ । डिभिजन वन कार्यालयले काठ तस्करी, जग्गा अतिक्रमण, वन्यजन्तुको तस्करी लगायतका नियन्त्रणका लागि ड्रोन क्यामेराबाट निगरानी राख्न थालेको हो । दुईवटा ड्रोन क्यामेरा रु १० हजार भाडा तिर्ने गरी प्रयोगमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेशमै पहिलोपटक ड्रोन क्यामेराको प्रयोग गरी वन क्षेत्रमा गस्तीको कार्यलाई अगाडि बढाइएको छ । डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत अजयविक्रम मानन्धरले ड्रोन क्यामेराको प्रभावकारिताका आधारमा आगामी आवमा कार्यालय आफैँले ड्रोन क्यामेरा खरिद गरी प्रयोगमा ल्याउने य

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 133 पटक पढिएको
  • कुखुरा नबिक्दा, किसान मारमा

    बागलुङ / बागलुङ नगरपालिका –३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । पहिला ४०–४५ दिनमै कुखुरा बेच्नुपथ्र्यो । अहिले कुखुरा खोरमै थन्किएका छन् ।महङ्गो दाना खुवाएर पाल्नुपर्ने स्थिति छ । पुनको खर्च बढेको बढ्यै छ । निषेधाज्ञाका कारण कुखुरा बिकेका छैनन् । बजार, व्यवसाय ठप्प छ । मासुको खपत घटेको छ । यही बेला मूल्यमा पनि गिरावट आएको छ । “ज्यूँदो कुखुराको मूल्य प्रतिकिलो ३२० रुपैयाँ बाट  २३० रुपैयाँ मा झरेको छ”, पुनले भने ।निषेधाज्ञाअघि ५०० रुपैयाँ बढी पुगेको मासुको भाउ पनि घटेर अहिले ४४० भएको छ । “कुखुरा पालनमा खर्च धेरै छ,

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 106 पटक पढिएको
  • महामारीको मौका छोपी मूल्य वृद्धि गर्दै व्यापारी, मारमा उपभोक्ता

    सर्लाही / जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गरी सामुदायिकस्तरमा फैलिन नदिन जिल्लाभरि निषेधाज्ञा जारी गरेसँगै जिल्लाका व्यापारीहरुले आफूखुसी खाद्यान्नसहित अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम मूल्य वृद्धि गरेका हुन् ।कोरोना भाइरसबाट सङ्क्रमित हुने चिन्ताले सताइरहेको बेला एकाएक सबैखाले उपभोग्य सामग्रीको बजार भाउ ब

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 108 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.