समाज

    Showing 9,561-9,570 of 10,247 items.
  • लडेर घाइते भएकी बालिकाको चार दिनपछि हेलिकप्टरमार्फत उद्धार

    बाजुरा / बाजुरामा भीरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका –१ की १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उनको चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको थियो ।  किशोरीको थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भए पनि प्रतिकूल मौसमका कारण  उद्धार हुन सकेको थिएन । आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशले किशोरीलाई उद्धारका लागि हेलिकप्टर पठाएको र आज बिहान मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताए । उनी गाउँ नजिकै रहेको रुपासैनी भीरमा घाँस काटिरहेको बेला बुधबार साँझ

    • प्रकाशित मितिः असार ६, २०७८
    • 132 पटक पढिएको
  • महाकालीमा आएको बाढीले बाँध बगाउँदा ८ घर डुबानमा

    धनगढी / महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटरवेल पुलको बाँध बगाउँदा ८ घर डुबानमा परेका छन् ।शनिबार राति आएको बाढीले भीमदत्त नगरपालिका –१२ ओदाली स्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको बाँध बगाएको हो । उक्त पुलको बाँध बगाउँदा तटीय क्षेत्र नजिकै पर्ने दोधारा चाँदनी नगरपालिका –१० को कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका करिब ७० घरमा क्षति पुगेको र ८ परिवार पूर्णरुपमा विस्थापित भएको प्रहरीले जनाएको छ । । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरभित्र पानी पसे पनि मानवीय तथा भौतिक क्षति नभएको बताएका छन् ।  

    • प्रकाशित मितिः असार ६, २०७८
    • 212 पटक पढिएको
  • अपराध : मस्ट वान्टेड अपराधी यादव भारतबाट पक्राउ

    बिर्तामोड / नेपालका तराईका जिल्ला र भारतको विहारमा भएका दर्जनौं अपराधका घटनामा संलग्न मानिएका आरके यादव भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।नेपाल र भारतका विभिन्न ठाउँमा बसेर आपराधिक गिरोह सञ्चालन गर्दै आएका यादव नयाँ दिल्लीबाट पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हत्या, चोरी, डकैती, अपहरण र लुटपाटका दर्जनौं घटनामा संलग्न मानिएका उनको लामो समयदेखि नेपाल र भारतका प्रहरीले खोजी गर्दै आएका थिए ।सिरहाको झिजोलका स्थानीय सामोननाथ यादवको अपहरण र फिरौती मागेको घटनामा आरके यादव कै गिरोह संलग्न रह

    • प्रकाशित मितिः असार ५, २०७८
    • 556 पटक पढिएको
  • रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन

    दोलखा  / पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीको नेपालसँग सीमा जोडिएको लप्चीनजिकै पहिरो गएर रोङसी खोला थुनिएको हो ।पहिरोले थुनिएको खोला ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । पहिराले थुनिएको रोङ्सी खोला ओभरफ्लो भएर बग्न थालेको उनले बताए । ‘पहिरो गएको स्थान खुलाउन चिनियाँ टोली पुगेको छ,’ उनले भने, ‘उक्त टोलीले थुनिएको खोला खुलाउन प्रयास भइरहेको छ ।’धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भइर

    • प्रकाशित मितिः असार ५, २०७८
    • 131 पटक पढिएको
  • सडक दुर्घटनाबाट सञ्चारकर्मीको मृत्यु

    महोत्तरी / महोत्तरीमा सडक दुर्घटनामा परी एक सञ्चारकर्मीको मृत्यु भएको छ । महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा कार्यरत सञ्चारकर्मी ३० वर्षीय अर्जुन कुशवाहाको शुक्रबार साँझ मृत्यु भएको हो ।रेडियोमा आफ्नो काम सकेर ज७प ९०४२ नम्वरको मोटरसाइकलबाट घर जाँदै गरेका सर्लाही ईश्वरपुर नगरपालिका–१३ का कुशवाहालाई सर्लाहीकै हरिपुर्वा नगरपालिका–८ मा विपरित दिशाबाट तीव्र गतिमा आउँदै गरेको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।शुक्रबार साँझ भएको सो घटनालगत्तै आक्रोशित बनेका स्थानीयवासीले टिपरमा आगजनी गरेर सडक अवरुद्ध गरेको थियो । प्रहरीले टिपर र टिपर चालकला

    • प्रकाशित मितिः असार ५, २०७८
    • 117 पटक पढिएको
  • धादिङमा पहिराले डोजर पुरिँदा दुई बेपत्ता

    धादिङ / धादिङको उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिराले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका छन् ।धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा खोलामा डोजर पहिराले पुरेर मान्छे बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकाले खोजी भइरहेको छ ।

    • प्रकाशित मितिः असार ५, २०७८
    • 141 पटक पढिएको
  • कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन

    काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न थालिएको छ । काठमाडौको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा घण्टौँ पालो कुर्नुपर्ने अवस्था आएपछि काभ्रेपलाञ्चोकमै व्यवस्थापन शुरु गरिएको जनाइएको छ ।जिल्लास्थित कोभिड –१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि जिल्लामै शव व्यवस्थापन गर्न गत महिना वैकल्पिक तयारीको निर्णयसमेत गरेको थियो । “काठमाडौको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएपछि जिल्लामै वैकल्पिक व्यवस्थापन थालिएको हो”, केन्द्र संयोजक एवं प्रमुख जिल्

    • प्रकाशित मितिः असार ५, २०७८
    • 129 पटक पढिएको
  • अन्तरजातीय बिवाह गर्नेलाई आफ्नै बुवाको अन्तिम संस्कार गर्न दिइएन

    ओखलढुंगा / ओखलढुंगाको चम्पादेवी गाउँपालिका ३ ताप्केडाँडा मा अन्तरजातीय बिवाह गरेको भन्दै आफ्नै बुवाको अन्तिम संस्कार गर्न नदिइएको पाईएको छ ।स्थानिय मित्रबहादुर तामाङको निधनपछि उनका अन्तरजातीय बिवाह गर्ने उनका दुई छोरालाई आफ्नै बुवाको अन्तिम संस्कार गर्न नदिइएको हो ।आफ्नै घरमा गत जेठ २९ मा निधन भएका तामाङका चार छोरामध्ये अन्तरजातीय विवाह गरेको भन्दै माइला छोरा शंकर  र कान्छा प्रदीपलाई अन्त्येष्टिमा जानबाट रोक लगाईएको हो ।वडाअध्यक्ष बलबहादुर तामाङले नै स्थानियलाई उचालेर आफ्ना बुवाको मुख हेर्न र अन्तिम संस्कारमा सहभागि हुन नदिइएको शंकर र प्रदीपले बताएका छन् ।वडाअध्यक्षले नै स्थानियलाई उकासेर

    • प्रकाशित मितिः असार ४, २०७८
    • 213 पटक पढिएको
  • लडेर २ जनाको मृत्यु

    बिर्तामोड / ओखलढुंगा र पाँचथरमा लडेर २ जनाको मृत्यु भएको छ । ओखलढुङगा सिद्दिचरण नगरपालिका –४ रुम्जाटार का  ६७ बर्षीय बिर बहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारी घरमा ल्याई पुर्‍याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ । त्यस्तै आज बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका –३ का ३९ बर्षीय जय कुमार राईको सोही स्थानको फुस्रेडाडाको भिरबाट लडि मृत्यु भएको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी पौवासार्तापबाट प्रहरी ट

    • प्रकाशित मितिः असार ४, २०७८
    • 111 पटक पढिएको
  • मोरङमा हात्तीको आक्रमणबाट युवकको मृत्यु

     मोरङ / मोरङको सुनवर्षि नगरपालिका –८ हर्चनगडीमा हात्तीको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । मृतयु हुनेमा कुडेली घर भएका २० बर्षका मनोहर मिया रहेका छन् ।  शुक्रबार बिहान ६ बजे हात्ती देखेपछि फोटो खिच्न जादाँ उनलाई हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । घाइते भएका मनोहर को उपचारका क्रममा विराटनगर स्थित न्युरो अस्पताला मृत्यु भएको प्रहरीले जनाएको छ ।जंगली हात्ती भारतबाट नेपाल प्रवेश गरेर बिहानै रंगेली –५ स्थित आमगाछी हुदै सिक्टी क्षेत्रमा पुगेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमोल खड्काले बताए । 

    • प्रकाशित मितिः असार ४, २०७८
    • 116 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.