समाज

    Showing 9,211-9,220 of 10,227 items.
  • आजको मौसमः पाहाडमा बर्षा र हिमालमा हल्का हिमपात

    काठमाडौं  / हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ ।आज देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक- दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज दिउँसो देशको पहाडी भु(भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भ

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 201 पटक पढिएको
  • जहाँ दैनिक ४०० हात्तीले मान्छे मार्ने, खेतबारीको अन्नबाली खाइदिने र घर भत्काउने गर्छन्

    झापा / नेपालीभाषीको बाहुल्य रहेको भारत र भूटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईबस्तु हिँडेझैँ हरेक साँझ आहार खोज्दै जङ्गली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको देख्न सकिन्छ । भूटानको प्रवेशबिन्दु फुन्चोलिङसँग जोडिएको अलिपुरद्वारको मदारीहाट ब्लकमा एक लाखभन्दा बढी नेपाली भाषी बसोबास गर्छन् । जहाँ दैनिक ४०० को हाराहारीमा आउने हात्तीले मान्छे मार्ने, खेतबारीको अन्नबाली खाइदिने र घर भत्काउने गरेको डुबर्स न्यूज च्यानलका सम्पादक नविन आचार्यले बताए । पश्चिम बङ्गाल सरकारले जल्दापाडा राष्ट्रिय

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 309 पटक पढिएको
  • बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवक पक्राउ

    सिरहा / सिरहामा बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका –१० पर्चिलवाका रामविलास यादव रहेका छन् । यादवले व्यक्तिगत रिसिवीका कारण ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनलाई आजै अदालतमा उपस्थित गराई म्याद थप गरी आवश्यक अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 153 पटक पढिएको
  • अपहरणमा परेका बालकको १४ घण्टापछि सकुशल उद्धार

    कपिलवस्तु / कपिलवस्तुमा एक बालकको अपहरणमा परेको १४ घण्टापछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सकुशल उद्धार गरेको छ । शुद्धोधन गाउँपालिका ३ गुलरीका पाँच वर्षीय बालक सलमान खान डफालीको  अपहरणमा परेको १४ घण्टापछि उद्धार गरिएको हो । डफाली मङ्गलबार दिउँसो १ बजे अपहरणमा परेका थिए । डफालीको बुधवार राति पौने ३ बजे उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।प्रहरीमा दिएको जाहेरी अनुसार भारतको सिद्धार्थनगर जिल्ला अलिगडवा बस्ने मौफुस मुसलमानले अपहरण गरेका थिए । डफालीका बुबासँग आर्थिक लेनदेनको विषय नमिल्दा मुसलमा

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 132 पटक पढिएको
  • ‘न खेतका धानमा दाना लाग्ने भो, न त बारीको कोदो नै रह्यो’

    बागलुङ / बागलुङमा बेमौसमी वर्षाले कोदो बालीमा ठुलो क्षति पुऱ्याएको छ । यही कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी बर्षाले लेकमा फुल खेल्दै गरेको कोदो र बेसीमा पाक्दै गरेको कोदोबालीमा क्षति पुगेको हो । वर्षाका कारण बारीमा लगाइएको कोदोबाली सबै ढलेको जैमिनी नगरपालिका–१० राङखानीका किसान निर्मल रानाले जानकारी दिए । ‘‘फुल खेल्दै गरेको कोदो ढलेपछि दाना लाग्दैन, पशुलाई खुपाउने नल समेत काम नलाग्ने भएर ढलेको छ’’ उनले भने,  ‘‘न खेतको धानमा दाना लाग्ने भो नत बारीको कोदोनै रह्यो ।’’ जिल्लाभर कोदो बालीमा भएको क्षतिबारे विवरण कृषि ज्ञान केन्द्रले सङ्कलन गरिरहेको छ । धान पछिको मुख्य खाद्यान्न ब

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 97 पटक पढिएको
  • अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर एकको मृत्यु

    तेह्रथुम  / तेह्रथुमको म्यान्छयायेम गाउँपालिका –२ पौठाक का ३० बर्षीय नेत्र बहादुर लिम्बुको अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ । आज बिहानको राती पौने ३ बजे घर नजिकै रहेको उतिसको रुखमा अरिङाल झार्ने क्रममा रुखबाट लडेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 151 पटक पढिएको
  • इलाममा एक पुरुषले टोकेर मारे श्रीमती र छोरी

    इलाम / इलामबाट  श्रीमती र छोरीको टोकेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका –५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङ रहेका छन् । मंगलबार बिहान ६ बजे तामाङले झारफुक गर्ने क्रममा श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेका थिए । उनको टोकाइबाट नै छोरी र श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखी धामबाट पुगेको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 940 पटक पढिएको
  • ‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्दै सिरिजङ्घा

    फुङ्लिङ / ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको छ । जिल्लाको दुर्गम गाउँ र वडाका रूपमा रहेको मामाङ्खेमा गाउँपालिकाको योजनाअनुसार ‘एक घर, एक धारा’ अभियान सञ्चालन हुने भएको हो ।सिरिजङ्घा गाउँपालिकाले रु एक करोड २६ लाख बजेट लगानी गरेर मामाङ्खेमा एक घर एक धारा अभियान कार्यान्वयन गर्ने भएको छ । वडाको केही टोलमा उक्त अभियानअन्तर्गत खानेपानी सञ्चालनमा आइसकेको र बाँकी रहेको सुदाप तथा मिक्लादेन टोलमा प्रत्येक घरधुरीमा धारा जडान गर्ने गरी योजना अघि बढाएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार ‘एक घर,

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 129 पटक पढिएको
  • सुदूरपश्चिम : बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता

    बैतडी /  बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो ।बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ । डोटीमा १६ जनाको मृत्यु भएको छ । बझाङमा १०, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एकरएक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।विपद्मा परी यस प्रदेशमा अझै २३ जना बेपत्ता छन् । बेपत्ता हुनेमा बझाङमा २० र बैतडी, डोटी, कैलालीमा एक(एक छन् । यस्तै विपद्मा परी १७ जना घाइत

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 127 पटक पढिएको
  • खोलाले बगाउँदा बालक बेपत्ता, पुरूष मृत फेला

    बागलुङ / बागलुङको ढोरपाटन नगरपालिका ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्। शनिबार भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन ७ धाराबोटका जीवन विक बेपत्ता भएका हुन्।उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेका स्थानीयले बताएका छन्। नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो खेल्दाखेल्दै खोलामा पुगेका थिए।बेपत्ता विकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट पाँच जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। नजिकै रहेको पुलको विकल्पमा अस्थायीरूपमा बनाइएको साँघुमा उनीहरु पुगेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ।यस्तै जैमिनी नगरपालिकामा एक जना मृत फेला प

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 138 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.