सिमरा— जितपुरसिमरा उपमहानगरपालिका–५ स्थित अशोक स्टिल उद्योगमा काम गर्ने क्रममा एक मजदुर घाइते भएका छन्।
घाइते हुनेमा २० वर्षीय स्थानीय अनिल पासवान रहेका छन्। ग्याँसको पाइप फुत्किँदा उनको अनुहारसहित शरीरको करिब १० प्रतिशत भाग जलेको हो।
पासवानको सिमरास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेद जोशीका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ।
वडाध्यक्ष दीपेन्द्र चौधरीले पनि पासवानको अवस्था गम्भीर नरहेको पुष्टि गरेका छन्।