समाज

    Showing 9,011-9,020 of 11,162 items.
  • क्रिकेटप्रतिको क्रेज र नेपाली खेलाडीहरूको सफलताको राष्ट्रपतिले गरे तारिफ

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय भएको बताएका छन् । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई शीतल निवासमा बधाई दिदैं उनले क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडीहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल भएको उल्लेख गरे । उनले सिंगापुरसँग भएको फाइनल खेलमा एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुको प्रतिष्ठा उँचो बनाएको भन्दै यसले नेपाल र नेपालीको इज्जयत, प्रतिष्ठा बढाएको स्पष्ट पारे । राष्ट्रपति पौडेलले हामीले हाम्रा परम

    • प्रकाशित मितिः असार २३, २०८२
    • 368 पटक पढिएको
  • प्रेस युनियनद्वारा तीन वरिष्ठ पत्रकार सल्लाहकारमा मनोनित

    काठमाडौं – नेपाल प्रेस युनियन, लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्थाले आफ्नो विधान २०४८ (छैटौँ संशोधन ०७९) को परिच्छेद ४, धारा २३ बमोजिम तीन वरिष्ठ पत्रकारलाई सल्लाहकार पदमा मनोनयन गरेको छ।मनोनित हुने पत्रकारहरूमा तेजप्रकाश पण्डित (तनहुँ), विपुल पोखरेल (दाङ) र रिता गुरुङ (काठमाडौँ) रहेका छन् । संस्थाले यी सल्लाहकारहरूबाट आफ्ना लक्ष्य र उद्देश्य परिपूर्तिका लागि महत्त्वपूर्ण मार्गदर्शन, सहयोग र योगदानको अपेक्षा गरेको छ। उनीहरूको लामो पत्रकारिता अनुभव र विज्ञताले प्रेस युनियनको गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने विश्वास संस्थाले लिएको अध्यक्ष शिव लम्सालले बताए । नेपाल प्रेस युनिय

    • प्रकाशित मितिः असार २३, २०८२
    • 410 पटक पढिएको
  • रोशी–कोलाँती क्षेत्र विनाशको एक वर्ष : भएकै छैन पुनर्निर्माण, बर्बादी अझै बाँकी

    पनौती(काभ्रे) – काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित रोशी–कोलाँती क्षेत्र, जहाँ कुनै समय कलकल बगिरहने खोला र हरियालीले रमाइलो बनाएको थियो । आज त्यो ठाउँमा केवल चिहानजस्तै छ । सन्नाटा छाएको छ र स्थानीयबासी डरले कापिरहेका छन् ।गत असोज १० देखि १३ गतेसम्मको त्यो कहालीलाग्दो ‘रेकर्ड ब्रेकिङ’ वर्षाले यहाँको जीवन, सपना र सम्भावनाहरूलाई बगाएर लगेको बर्षदिन वितिसक्यो । खण्डहर बनेको बस्ती र भत्किएका घरहरुको अवस्था जस्ताकोत्यस्तै छ । समय वितेपनि घाउ निको भएन्, पीडालाई बिर्सन दिएन ।राती पानी प‍र्याे कि घरभित्र सुतिरहेका आमाबुबा झसक्क उठ्छन् । बादल लाग्छ, बालबालिकाले आँसु मिसिएको अनुहार बनाउँछन् ।

    • प्रकाशित मितिः असार २३, २०८२
    • 379 पटक पढिएको
  • भारतीय नागरिकलाई लुटेको आरोपमा ३ जना पक्राउ

    काठमाडौं— गोंगबुस्थित नयाँ बसपार्कमा भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध घर भएर सोह्रखुट्टे बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान र २८ वर्षीय नीलकुमार तामाङ छन् । उनीहरु असार २० गते प्रहरीले पक्राउ गरेको छ। आरोपीहरूले ठमेलबाट ‘होटल खोज्न सहयोग गर्छौं’ भनेर दुई जना भारतीयलाई नयाँ बसपार्कमा लगेर लुटपाट गरेका हुन् । अपरिचित भारतीयहरूलाई उनीहरूले नयाँ बसपार्कस्थित ध्रुबतारा कम्प्लेक्सको छैटौँ तलामा लगेर कुटपिट गरेर लुटेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए । उनीहरूम

    • प्रकाशित मितिः असार २३, २०८२
    • 552 पटक पढिएको
  • टिकटक लाइभ बस्ने महिलाहरूसँग मिलेर कमिसन खाने एक जना युवक पक्राउ

    काठमाडौं— टिकटक लाइभ बस्ने महिलाहरूसँग मिलेर पुरुषलाई ‘फिसिङ’ गर्ने र कमिसन खाने गरेको आरोपमा एक जना युवकमाथि काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ । ती पुरुष सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भएर टोखा स्थित ग्राण्डीमा बस्ने २९ वर्षीय रमेश थापा रहेका छन्।उनलाई असार १३ गते देखी  प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । थापा असार १३ मा आफ्नो समस्या लिएर प्रहरी वृत्त बौद्धमा पुगेका थिए । उनलाई एउटा समूहले कुटपिट गरेको थियो ।बौद्ध प्रहरीले ‘रेस्पोन्स’ नगरेको भन्दै उनी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगे । अनुहारमा निलडाम लिएर प्रहरीकहाँ गएका थापा आफैँ अनुसन्धानको दाय

    • प्रकाशित मितिः असार २३, २०८२
    • 422 पटक पढिएको
  • काठमाडौंको एक होटलबाट लागुऔषध कोकिनसहित ५ जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका वडा नम्बर ३० ज्ञानेश्वरबाट प्रहरीले लागुऔषध कोकिन सहित ५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका घर भएका २९ वर्षीय दिनेश चालिसे, नवलपरासी घर भएका ३७ वर्षीय सतेन्द्र बहादुर भट्ट र सिन्धुपाल्चोक घर भएर बौद्ध बस्ने २४ वर्षीया आयुषा श्रेष्ठ रहेकी छन् । त्यस्तै सप्तरी घर भएका ३२ वर्षीय प्रकाश यादव र ललितपुरका ३३ वर्षीय सुब्रत अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट ६५ दशमलव ९३ ग्राम कोकिन जस्तो देखिन पदार्थ बरामद गरिएको एसपी बोहराले जानकारी दिए । आरोपीहरू विरुद्ध १० दिनको म्याद लिएर प्रहरी वृत्त मालिगाउँले अनुसन्धान गरिरहेको छ ।ज्ञानेश

    • प्रकाशित मितिः असार २३, २०८२
    • 506 पटक पढिएको
  • ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन् : गभर्नर पौडेल

    काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने टिप्पणी गरेका छन् ।पछिल्लो तीन दशकमा बैंकबाट ऋण कसरी प्रवाह हुन्छ भनेर परीक्षण गरिसकेकाले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने उनको भनाइ थियो ।अर्थ समितिको आइतबारको बैठकमाउनले बैंकमा पर्याप्त तरलता रहेपनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको माग हुन नसक्ने उल्लेख गरे । गभर्नर पौडेलले देशको विकासलाई अघि बढाउन वित्तीय नीतिमै सुधार गर्नुपर्ने उनले बताए । ‘देशको विकासलाई अघि बढाउने भनेको वित्तीय नीतिले नै हो । वित्तिय नीतिले लिड लियो भने मात्रै हामीले कदममा कदम मिलाउने हो ।  बैंकमा प

    • प्रकाशित मितिः असार २२, २०८२
    • 278 पटक पढिएको
  • मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन् : मन्त्री अधिकारी

    काठमाडौं  – कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभएपनि मलको अभाव भने नरहेको बताएका छन् । आइतबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले किसानले मल नै पाइएन भन्ने परिस्थिति नरहेको बताएका हुन् । उनले भने, ‘म सत्यताका साथ भन्छु यो सिजन खेतीको हो, खेतीको मौसममा सम्भव भएसम्म मल पुर्याउनका लागि राम्रो प्रयत्न गरेका छौ । वास्तवमा भन्दा अहिले किसानलाई मल दिन सकिएन भने किसानलाई अत्यन्तै अप्ठेरो पर्छ । हामीसँग मलको अभाव नै त छैन । मल छ प्रर्याप्त नहुन सक्छ । किसानले मल नै पाइएन भन्ने परिस्थिती छैन ।’उनले नागरिकलाई भ्रममा पार्नु नहुन

    • प्रकाशित मितिः असार २२, २०८२
    • 338 पटक पढिएको
  • नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

    काठमाडौं – नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमको कारक बनेको छ । विश्व बैंकले हालै सावर्जनिक गरेको एक प्रतिबेदनले नेपालमा मृत्यु र अपाङ्गताको लागि वायु प्रदूषण सबैभन्दा ठूलो जोखिमको कारण भएको देखाएको हो ।‘काठमाडौं उपत्यका र तराई नेपालको वायु प्रदूषणका लागि हटस्पट हुन, जसमा विगत एक दशकमा कुनै उल्लेखनीय सुधार भएको छैन् । वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाउँछ र वार्षिक रूपमा लगभग २६,००० जनाको अकालमा मृत्यु निम्त्याउँछ,’ प्रतिबेदनमा भनिएको छ । ‘स्वास्थ्यको अतिरिक्त, वायु प्रदूषणले श्रम उत्पादकत्व, पर्यटन र उड्डयन क्षेत्रमा समेत असर गर्छ । खराब वायु गुणस्तरको आर्थिक

    • प्रकाशित मितिः असार २२, २०८२
    • 322 पटक पढिएको
  • आलमले सफाइ पाए, बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए

    काठमाडौं – गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहोल थियो । रौतहटको राजपुर फरहदवामा रहेको राजा ईटाभट्टामा काम गर्थे भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार । नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको उक्त इटाभट्टामा काम गर्ने उनी त्यो दिन पैसा लिन आलमको घरमा भएका थिए । उनले बताएअनुसार त्यहाँ बम बनाउने काम भइरहेको थियो । त्यो क्रममा बम पड्किएपछि उनी घाइते भए । बमले दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा ठूलो चोट लाग्यो । उक्त इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोप आलममाथि छ । उक्त घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगन्ज इजलासले जब सफाइ दिएको छ । उच

    • प्रकाशित मितिः असार २२, २०८२
    • 325 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.