समाज

    Showing 8,431-8,440 of 10,216 items.
  • संसद भवनको अगाडी रेविकाको न्याय माग्दै विद्यार्थीको प्रदर्शन, सात जना पक्राउ

    काठमाडौं— गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको न्यायको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । न्यायका लागि भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले निषेधित क्षेत्र नयाँ बानेश्वरस्थित संसद भवनको मूल गेट अगाडि प्रदर्शन गरेका छन् ।निषेधित क्षेत्र अगाडी प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई जनाको ज्यान जाने गरी भएको तीनकुने प्रदर्शनको दुई महिना बितिसक्दा पनि आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरू अझै उपचारमै छन् । आन्दोलमा कुनै सरोकार नै नभएकी उदयपुरकी रेविका पनि अस्पतालको बेडमै छिन् ।

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 314 पटक पढिएको
  • कास्कीमा ४.४ रेक्टर स्केलको भूकम्प गयो

    काठमाडौं— कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । 

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 330 पटक पढिएको
  • ढुङ्गा खसेर पैदलयात्रीको मृत्यु, अर्का एक व्यक्ति घाइते

    दार्चुला— दार्चुलाको नौगाड गाउँपालिका– ६ धुलिगडाबाट बझाङतर्फ हिडेर जाने क्रममा ७० वर्षीय कालु जोशीको ढुङ्गा लागेर मृत्यु भएको छ । उनको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको हो ।जोशीको घटनास्थलमै आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकार दिए ।बाटोमा हिँडिरहेका उनलाई रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो ।यस्तै जोशीसँग हिँडेका नौगाड गाउँपालिका– ६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन् । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 339 पटक पढिएको
  • विभिन्न ठाउँबाट लागुऔषधसहित ५ जना पक्राउ

    बिराटनगर— झापा र इलामबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपक गडतौला, बिरहाङ लेछर्वो लिम्बु, किरण राई, मनिश कुमार गुप्ता र अन्जन राई रहेका छन् । झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र बेचबिखनमा संलग्न मे. ५ प ९६४५ नम्बरको मोटरसाईकल सहित मोटरसाईकल चालक कनकाई नगरपालिका–५ का २५ बर्षीय रुपक गडतौला र शिवसताक्षी नगरपालिका–९ का २५ बर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।त्यस्तै प्रहरी चौकी बाघखोरले दमक नगरपालिका–३ का २९ बर्षीय क

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 278 पटक पढिएको
  • कारागारको शौचालयमा झुण्डिएरको अवस्था भेटिए सुनार

    धादिङ— जिल्ला कारागार धादिङमा एक बन्दी मृत फेला परेका छन्। धादिङको वेनीघाट रोराङ गाउँपालिका–७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालयमा झुण्डिएर आत्महत्या गरेको धादिङ कारागार प्रशासनले जनाएको छ। गत ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका सुनार राति १ बजेतिर शौचालय गएको र लामो समयसम्म पनि नफर्किएपछि सुरक्षाकर्मीले झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा देखेको धादिङ कारगारका प्रशासक राममणि मिश्रले बताए। उनीले मुडा बुन्न प्रयोग हुने दुई हात लामो डोरीले पासो लगाई आत्महत्या गरेका धादिङ प्रहरीले जनाएको छ।  घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरी मृतकको शव पोष्टमार्टमका ल

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 255 पटक पढिएको
  • आफ्नै दाजूको हत्यामा आममाफी पाएका व्यक्तिले पूर्वपत्नीसहित तीन जनाको गरे हत्या, कस्ता व्यक्तिलाई आममाफी दिने ?

    बुटवल— दाजूको हत्या गरी जेल बसेर केही वर्षअघि आममाफी पाएका व्यक्तिले पूर्वपत्नीसहित तीनजनाको हत्या गरेको समाचार छ । बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा बस्दै आएकी ३४ वर्षीया दीपा बस्याल र उनका चार र सात वर्षका दुई छोरीहरूको हत्या गरिएको हो ।सम्बन्ध विच्छेदपछि अर्को व्यक्तिसँग विवाह गरेर गएकी दीपालाई पूर्वपति सुजन कोइरालाले आफ्नै घरमा बोलाएर २०८२ जेठ १४ गते बिहान करिब ४ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, कोइरालाले घरेलु हतियार हेम्बर र चक्कु प्रयोग गरी तीनै जनाको हत्या गरेका हुन् । घटनापछि कोइरालालाई प्रहरी

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 306 पटक पढिएको
  • सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

     काठमाडौं— स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन एक हजार ६०० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ रहेकोमा बुधबार १ लाख ८९ हजार ३०० रुपैयाँमा झरेको छ। यता, चाँदीको मूल्य भने मंगलबार प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेकोमा बुधबार १० रुपैयाँ बढेर २ हजार ५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। 

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 415 पटक पढिएको
  • घरमा आगलागी हुँदा महिलाको जलेर मृत्यु

    काठमाडौं— लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापा रहेकी छन् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार आज बिहान करिब साढे ३ बजे आगलागी भएको हो ।  प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोडेर थापालाई उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 250 पटक पढिएको
  • तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी

    सुनसरी— मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागि भएको छ । आगो आज बिहान २ः३० बजेदेखि लागेको इलाका प्रहरी कार्यालयले जनाएको छ । तिरुपती उड प्यानल इन्डष्ट्रीमा लागेको आगो निभाउने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।विद्युत् सर्ट भएर आगो सल्किएको हुनसक्ने प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जनाएका छन्  आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको उनको भनाइ छ । 

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 218 पटक पढिएको
  • गृहमन्त्री लेखकको राजीनामा माग गर्दै माईतीघरमा बिरोध प्रदर्शन

    काठमाडौं— गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन भएको छ । मंगलबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन भएको हो ।बिरोध गर्नेहरुमा अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा संगठनहरुले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहबिरुद्ध भन्दै प्रदर्शन गरेका हुन् ।मानव तस्कार सरकार मुर्दावाद, नालायक गृहमन्त्री राजीनामा दे, गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक २ खर्ब जस्ता प्ले कार्ड बोकेर उनीहरुले सामुहिक प्रदर्शन गरेका छन् ।

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 295 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.