समाज

    Showing 8,191-8,200 of 10,191 items.
  • गौरमा ठूलो परिमाणमा इन्जेक्सनसहित लागूऔषध बरामद, एक पक्राउ

    रौतहट - रौतहटको गौरबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । ई–रिक्सामा राखी सेतो रंगको प्लास्टिकभित्र हर्लिक्स लेखिएको निलो रंगको कुटको डब्बामा लुकाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध प्रहरीले बरामद गरेको हो ।चन्द्रपुर नगरपालिका–४ का २७ वर्षीय चालक अजय विकलाई लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरीका डिएसपी दीपककुमार रायले जानकारी दिए । उनका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको ना १ ह ७८९३ नम्बरको ई–रिक्सालाई गौर नगरपालिका–३, बीपी चोकबाट  रोकी चेकजाँच गर्दा  विकलाई प्रहरीले पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका विकलाई प्रहरीले बुधबार सार्वजनिक गरेको

    • प्रकाशित मितिः असार ११, २०८२
    • 331 पटक पढिएको
  • मिडियासँग किन रिसाए गण्डकीका मुख्यमन्त्री पाण्डे?

    पोखरा— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस स्वतन्त्रलाई नियमन गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार पोखरामा आयोजित प्रमाणमा आधारित पत्रकारिताको लागि सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार कुनै पनि मिडियाको र प्रेस स्वतन्त्रलाई नियन्त्रण गर्न नचाहने भन्दै, तर नियमनको जरुरी रहेको बताएका हुन् । उनले भने,‘सूचनाको हक पाउने अधिकार सबैलाई छ । संविधानले दिएकै कुरा छ । तर त्यो सूचनाको हक लिइसकेपछि प्रमाणमा आधारमा पत्रकारिता भएर प्रसारण भएको छ कि छैन यसमा पनि हामीले छलफल गर्नुपर्छ । सरकार कुनै पनि मिडियाको अथवा प्रेस स्वतन्त्रलाई नियन्त्रण गर्न चाहँदैन

    • प्रकाशित मितिः असार ११, २०८२
    • 503 पटक पढिएको
  • लालबन्दीमा स्वच्छ चुलो कार्यक्रमअन्तर्गत माग संकलन फारम भर्ने सूचना

    लालबन्दी— लालबन्दी नगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच आर्थिक वर्ष २०८१/८२ मा भएको समझौताअनुसार विद्युतीय चुलो (तह–३) तथा घरायसी बायोग्यास जडानका लागि स्वच्छ चुलो कार्यक्रम सञ्चालनमा ल्याइएको छ।यस कार्यक्रमअन्तर्गत सुधारिएको चुलो तथा बायोग्यास जडान गर्न इच्छुक र आवश्यक मापदण्ड पुगेका लालबन्दी नगरवासीहरूले आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहित २०८२ असार २० गतेसम्ममा आफ्नो वडा कार्यालयमा उपस्थित भई माग संकलन फारम भर्न अनुरोध गरिएको छ।यो कार्यक्रमले वातावरणमैत्री ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्दै स्वास्थ्य र ऊर्जा खपतमा सुधार ल्याउने वडा अध्यक्ष शिवकृष्ण बैद्यले अपेक्षा गरेका छन्

    • प्रकाशित मितिः असार ११, २०८२
    • 556 पटक पढिएको
  • धरानबाट प्रतिबन्धित औषधीको ठूलो परिमाणसहित एक जना पक्राउ

    सुनसरी— सुनसरीको धरान उपमहानगरपालिका–५ देउरालीस्थित झर्ना चोकबाट ठूलो मात्रामा प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित एक जना पक्राउ परेका छन्।सोमबार लागू औषधको अवैध कारोबार हुँदै आएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–५ झर्ना चोकस्थित डेरा गरी बस्दै आएका मुन्सन राईको कोठामा खानतलासी गरेको थियो। सो क्रममा झोलामा लुकाएर राखिएको विभिन्न औषधीहरू बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार, राईको कोठाबाट ट्रामाडोल ८ हजार ८ सय ७६ क्याप्सुल, मेफेनिक स्पास ७ हजार ८ सय ९० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट, स्पारेट २ सय ९५ ट्याब्लेट र कोलिवन ३ सय १२ ट्

    • प्रकाशित मितिः असार ११, २०८२
    • 496 पटक पढिएको
  • ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते

    मोरङ— मोरङको रंगेली नगरपालिका–८ दर्वेशास्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।खेत जोतेर बाटोमा निस्किँदै गरेको प्रदेश १–०२–००३ त २८५६ नम्बरको ट्याक्टरले को. ३९ प ३९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रंगेली–१ निवासी ३२ वर्षीय केदार न्यौपानेलाई उपचारका लागि रंगेली अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।त्यस्तै, मोटरसाइकलको पछाडि सवार ४१ वर्षीय राजन भट्टराई गम्भीर घाइते भई हाल नोबेल अस्पताल विराटनगरमा उपचाररत छन्।दुर्घटनामा संलग्न ट्याक्टर र चालक, रंगेली–८ का ३० वर्षीय जिवन ताजपुरीय

    • प्रकाशित मितिः असार ११, २०८२
    • 446 पटक पढिएको
  • लागू पदार्थ सेवन गरी सवारी चलाउने ७ चालक पक्राउ

    झापा— झापाको कन्काई नगरपालिका–३ स्थित पूर्व–पश्चिम लोकमार्गमा लागू पदार्थ सेवन (ला.प.से.) गरी सवारी साधन चलाउने सात जना चालकलाई प्रहरीले  पक्राउ गरेको छ। पक्राउ पर्नेमा यात्रुवाहक बसका २ जना चालक, २ जना सहचालक, १ जना ईभी गाडी चालक, १ जना टिपर चालक र १ जना मोटरसाइकल चालक रहेका छन्।सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यले असार ९ गते अपराह्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले कनकाई नगर अस्पताल दमकको प्राविधिक सहयोगमा सवारी चेकजाँच तथा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको थियो। सो क्रममा यात्रुवाहक तथा निजी सवारीसाधनका चालकहरूलाई लक्षित गरी लागू पदार्

    • प्रकाशित मितिः असार ११, २०८२
    • 473 पटक पढिएको
  • प्रतिबन्धित लागू औषधसहित झापा, मोरङ र धनकुटाबाट ८ जना पक्राउ

    विराटनगर— झापा, मोरङ र धनकुटाका विभिन्न स्थानहरूबाट प्रहरीले प्रतिबन्धित लागू औषधसहित ८ जनालाई पक्राउ गरेको छ। असार ९ गते भएका विभिन्न प्रहरी कारबाहीमा ब्राउन सुगर, ट्रामाडोल क्याप्सुल र भोमिन ट्याब्लेट बरामद गरिएको हो।मोरङको सुनवर्षी नगरपालिका–८ स्थित सिक्टीबाट डाइनिया तर्फ जाँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकललाई चेकजाँच गर्दा त्यसमा सवार १९ वर्षीय अकमल मियालाई ४२ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ। उनलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।यसैगरी, लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका लम्जुङका २५ वर्षीय रामकुमार गुरुङ

    • प्रकाशित मितिः असार ११, २०८२
    • 410 पटक पढिएको
  • यातायात सेवा दुरुपयोगमा संलग्न ६ बिचौलिया गुर्जुधाराबाट पक्राउ

    काठमाडौं— चन्द्रागिरी नगरपालिका– ५ स्थित गुर्जुधारा यातायात व्यवस्था कार्यालयबाट प्रहरीले ६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ घर भएका २९ वर्षीय विकाश तामाङ, मकवानपुर घर भएका २५ वर्षीय सुशील अधिकारी, सर्लाही घर भएका २४ वर्षीय अनिश ठकुरी, मकवानपुरका १९ वर्षीय छिरिङ ल्हो, धादिङका २७ वर्षीय मनोज तामाङ र गोरखा घर भएका २४ वर्षीय राजीव खत्री छन् ।  उनीहरुले मोटरसाइकल सम्बन्धी कामको सिलसिलामा आउने सेवाग्राहीहरूसँग  ‘छिटो काम गरिदिन्छौँ’ भनेर हैरानी दिने गरेको आरोपमा छ ।आरोपीहरुविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट

    • प्रकाशित मितिः असार ११, २०८२
    • 487 पटक पढिएको
  • धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी कार्य जारी

    धादिङ— धादिङको गल्छी गाउँपालिका–१ मा एक महिला त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएकी छन्। ५६ वर्षीया साइली गिरीले बुधबार बिहान करिब ९ बजे छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।उनका अनुसार घटनापछि गिरीको खोजी कार्य सुरु गरिएको छ। खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन बेस आदमघाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीहरूको टोली परिचालन गरिएको थापाले बताए।हालसम्म महिलाको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन। खोजी कार्य जारी रहेको प्र

    • प्रकाशित मितिः असार ११, २०८२
    • 546 पटक पढिएको
  • खैरो हिरोइनसहित दुई जना पक्राउ

    काठमाडौं— लागू औषधको कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई काठमाडौंको एक होटलबाट २८.५७ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरी, इटहरी उपमहानगरपालिका–३ स्थायी ठेगाना भई हाल काठमाडौंमा बसोबास गर्दै आएका ४० वर्षीय दिपक राय र जिल्ला नुवाकोट, मेघाङ गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएका ३३ वर्षीय सुरेन्द्र गुवाजु रहेका छन्।काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरीको एक होटलमा खैरो हिरोइनको खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले होटलको कोठा नं.४०१ मा छापा मार्दा दुई जना व्यक्ति लागू औषधसहित पक्राउ

    • प्रकाशित मितिः असार ११, २०८२
    • 474 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.