ललितपुर— गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको आगामी अगस्ट १७र १८मा हुने निर्वाचन अन्तर्गत टेक्सस च्याप्टरको महिला उपाध्यक्ष पदमा दीपा बोहरा ऐर निर्विरोध चयन भएकी छन् । आफू निर्विरोध भए पछि उनले सम्पूर्णलाई  आभार प्रकट गरेकी छन् । 

बोहराले निर्विरोध निर्वाचित भए पछि सामाजिक सञ्जाल मार्फत नेपालमा रहँदा लामो समयसम्म राजनैतिक तथा सामाजिक सेवामा सक्रिय भएको अमेरिका आएपछि पनि विगत ३ वर्षदेखि विभिन्न संस्थाहरूमा आबद्ध भई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सामाजिक सेवामा निरन्तर सक्रिय रहेको  उल्लेख गर्दै टेक्सस च्याप्टरको महिला उपाध्यक्ष पदमा निर्विरोध चयन हुनु आफ्नो लागि  लागि ठूलो सम्मान र जिम्मेवारी भएको बताएकी छन् ।   उनले सामाजिक सेवामा अझ जिम्मेवार, प्रतिबद्ध र सक्रिय भएर अघि बढ्ने प्रेरणा दिएको उल्लेख गरेकी छन् ।