समाज

    Showing 7,901-7,910 of 11,162 items.
  • गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गेष्ट हाउसका संचालक सोही ठाउँ बस्ने झापा दमक नगरपालिका-१ घर भएका ४२ वर्षीय विक्रम बजगाँईसमेत छ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।प्रहरी प्रभाग गोंगबु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 607 पटक पढिएको
  • तोलामा २५ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ५ सयले बढेर तोलामा २ लाख  १० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहिबार तोलामा २ हजार ४ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले बढेर २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 495 पटक पढिएको
  • वल्र्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द

    काठमाडौं— सरकारको निर्देशन अनुसार वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ ।वल्र्डलिंक बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो ।वल्र्डलिंकले जारी गरेको सूचना अनुसार ‘नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९ २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १२, २०८२ को मन्त्रालयस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशनिका २०८० अनुसार नेपालमा दर्ता नभएका साम

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 493 पटक पढिएको
  • गुल्मीमा अब सातामा एकपटक मात्र हवाई उडान हुने

    काठमाडौं— नेपाल वायु सेवा निगमले गुल्मीमा हवाई उडान तालिका परिवर्तन गरेको छ । निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएकामा अब केही समयका लागि सातामा एकपटक मात्र उडान हुने जनाएको छ । रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले विगतमा चारपटक उडान हुँदै आएकामा अब केही समयका लागि बिहीबार एकदिन मात्र उडान गरिने जानकारी दिए । निगमका दुई वटा ट्वीनअटर जहाज ‘ग्राउण्डेड’ भएको र हाल एउटा जहाज मात्र सञ्चालनमा रहेकाले नियमित तालिकामा परिवर्तन गर्नुपरेको उनले बताए ।प्रतिकूल मौसमका कारण यहाँ करिब डेढ महिनासम्म उडान नियमित हुन सकेको थिएन । खराब मौसम र बाक्लो हुस्

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 396 पटक पढिएको
  • भेरी अस्पतालमा मस्तिष्कघातको उपचारमा ठूलो राहत, महँगो 'अल्टेप्लेज' इन्जेक्सन अब निःशुल्क

    नेपालगन्ज— अबदेखि भेरी अस्पताल, नेपालगन्जमा मस्तिष्कघात भएका बिरामीहरूले महँगो ुअल्टेप्लेजु इन्जेक्सन निःशुल्क पाउने भएका छन्। यो इन्जेक्सन समयमै दिन सके बिरामीलाई प्यारालाइसिस हुनबाट बचाउन सकिने र उनीहरू धेरै हदसम्म सामान्य जीवनमा फर्किन सक्ने अस्पतालका प्रमुख फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले जानकारी दिए ।डा. पाण्डेले भने, “मस्तिष्कघातको संकेत देखिएपछि साढे चार घण्टाभित्र अस्पताल ल्याउन सके यो इन्जेक्सन अत्यन्त प्रभावकारी हुन्छ।” उनले थपे, “समयमै उपचार हुन सके बिरामीको ज्यान मात्र हैन, जीवनशैली पनि जोगिन्छ।”८० हजार रुपैयाँ पर्ने यो औषधी सबैका लागि पहुँचमा नपुग्ने भएकाले भेर

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 453 पटक पढिएको
  • सामूदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनकः मन्त्री सिंह

    काठमाडौं— उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सामूदायिक विद्यालयहरूमा विद्यार्थीको चाप घट्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले समयानुकूल शैक्षिक संस्थाहरूले आफूलाई अनुकूल बनाउनु आवश्यक रहेको बताए ।‘अहिलेको समयमा सामूदायिक विद्यालयहरुमा विद्यार्थीको चाप घट्दै गइरहेको छ । बिल्डिङ छन्, इन्फ्रास्ट्रक्चर छन्, तर समयको मागअनुसार तिनीहरूको सदुपयोग गर्न सक्नुपर्छ,’ सिंहले भने, ‘क्याम्पसको व्यवस्थापनले अब सोच्नुपर्ने अवस्था आएको छ ।’उनले शिक्षा प्रणालीमा आएको परि

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 548 पटक पढिएको
  • दिवा खाजामा छेपारो फेला परेको दावी, दर्जनौं विद्यार्थी विरामी

    जनकपुर— महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित आदर्श माध्यमिक विद्यालय रतौलीका दर्जनौं विद्यार्थी अस्पताल भर्ना भएका छन् ।बिहीबार दिउँसो १ बजे विद्यालयमा दिवा खाजा खुवाउने क्रममा विद्यार्थीहरुलाई दिइएको सुजीको हलुवामा मरेको छेपोरो भेटिएको थियो । मरेको छेपारोको विभिन्न शरीरका अंगहरु अलग अलग विद्यार्थीका खाजामा फेला परेपछि विद्यार्थीहरुले खाजा बनाएर दिने विद्यालयका महिला कर्मचारीलाई बताएपछि उल्टै हप्काएको विद्यार्थीहरुको भनाई छ ।विद्यार्थीहरुले खाजामा छेपारो भेटेको गाउँका व्यक्तिहरुलाई अवगत गराएपछि विद्यार्थीका अभिभावकसहित गाउँवासी विद्यालय पुगेका थिए । सो क्रममा उनीहरुले प्रधानाध्या

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 637 पटक पढिएको
  • एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

    काठमाडौं— वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ ।इन्फिनिटी ड्रिम्सको आयोजनामा गत वर्ष देखि सुरु भएको लिग पहिलो पटक काठमाडौं बाहिर पोखरामा हुन लागेको हो ।पहिलो संस्करणको विजेता कर्णाली यशविस र पोखरा निन्जाज उद्घाटन खेलमा भिड्नेछन् । उद्घाटन खेल दिउँसो २ बजे पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु हुनेछ ।आजै ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दोस्रो खेल अपरान्ह ४ बजे सुरु हुनेछ। कर्णाली र पोखरा दुवै टिम उद्घाटन खेलका लागि तयार छन् । दुवै टिममा घरेलु भलिबलको सफल टोली न्यु डायमण्ड युथ स्पोट्र्स क्लबमा खेलिरहेका सुमित्रा र प्रगति मार्की छन्

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 630 पटक पढिएको
  • मधेश प्रदेशमा आज सार्वजनिक विदा

    जनकपुर— मधेश प्रदेशमा शुक्रबार सार्वजनिक विदा दिइएको छ ।मुस्लिम धर्मावलम्बिहरुले मनाउने मोहम्मद जयन्तीको अवरसमा मधेश प्रदेश सरकारले आज प्रदेशभरी विदा दिएको हो । मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सूचना जारी गर्दै आज मधेश प्रदेश भरी सार्वजनिक विदा रहेको जानकारी दिएका छन् । २०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा बमोजिम शुक्रबार विदा दिइएको सूचनामा उल्लेख रहेको छ ।प्रदेश सरकार गठन भएदेखि मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा विदा दिँइदै आइएको छ ।

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 375 पटक पढिएको
  • एनपीएलका लागि सुदूरपश्चिमले अनुबन्ध ग¥यो पहिलो विदेशी खेलाडी

    काठमाडौं— सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो । लिनले टी२० फम्र्याट मा २९३ खेल खेलेका छन् र ८,००० भन्दा बढी रन बनाएका छन् । आक्रामक ब्याटिङका लागि चर्चित लिनले अष्ट्रेलियाबाट १८ वटा टी२० अन्तर्राष्ट्रिय र ४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् ।लिन अष्ट्रेलियन बिग ब्यास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन् ।  उनले इन्डियन प्रिमियर लिगसहित विश्वका

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 525 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.