काठमाडौं— नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

शुक्रबार सुनको मूल्य तोलामा २ हजार ५ सयले बढेर तोलामा २ लाख  १० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहिबार तोलामा २ हजार ४ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले बढेर २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।