समाज

    Showing 6,911-6,920 of 10,160 items.
  • वाक स्वतन्त्रता गालीगलौजको छुट होइन, सामाजिक सञ्जाल नियमन आवश्यकः रामकुमारी झाँक्री

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल तथा भर्चुअल प्लेटफर्महरूको नियमन आवश्यक रहेको बताएकी छन् ।शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेख्दै झाँक्रीले वाक स्वतन्त्रताको नाममा गालीगलौज र चरित्र हत्या गर्न छुट नहुने स्पष्ट पारेकी हुन् । उनले सामाजिक सञ्जाललाई नियमित र नियमन गर्नु भनेको वाक स्वतन्त्रतामा बन्देज लगाउनु नभएको बताउँदै, अधिकारसँगै कर्तव्य पनि महत्वपूर्ण हुने बताएकी छन् ।उनले लेखेकी छन्, ‘सोसल मिडिया र भर्चुअल प्लाटफर्मलाई नियमित र नियमन गर्नु भनेको वाक स्वतन्त्रतालाई बन्देज गर्नु होइन । हामी नागरिकले आफ्नो अधिकार र दायित्वलाई सँगसँगै

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 425 पटक पढिएको
  • हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता पनि हो : परराष्ट्रमन्त्री

    काठमाडौं— परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रकै एक पेशा मात्र नभएर मानवीय सेवा पनि भएको बताएकी छिन् । एसिया प्यासिफिक केयर लर्निङ् सम्बन्धी काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै उनले बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी समग्र कार्यहरुहरुलाई केवल पेशा या जागिरका रुपमा मात्र हेरिन नहुँने बताइन् । उनले भने ‘बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी समग्र कार्यहरुहरुलाई केवल पेशा या जागिरका रुपमा मात्र हेरिनु हुँदैन, यो त एउटा मानवीय सेवा पनि हो ।’हेरचाहसम्बन्धी कार्यको यो अपरिहार्य भूमिकाका बाबजुद

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 419 पटक पढिएको
  • इन्टरनेट सेवा प्रदायक संघ नेपालद्वारा सामाजिक सञ्जाल बन्द गर्ने तयारी

    काठमाडौं— नेपाल सरकारको निर्देशनअनुसार नेपालभित्र सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी गरिएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसप्यान) ले बिहबिार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सामाजिक सञ्जालहरू निष्क्रिय बनाउने प्रक्रिया सुरु भएको जानकारी गराएको हो ।यो निर्णय सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ १ गतेको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९ गतेको मन्त्रिस्तरीय बैठकको निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार गरिएको हो ।आईएसप्यानका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 535 पटक पढिएको
  • नेपाल टेलिकम र एनसेलले बन्द गर्यो दर्ता नभएका सामाजिक सञ्जालहरु

    काठमाडौं— सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले पनि दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ ।टेलिकमले बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो ।‘नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२/०५/१९, च.नं. ५९७ को पत्रबाट श्री सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय ग

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 556 पटक पढिएको
  • विद्यादेवीको भावुक सन्देशः पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय

    काठमाडौं— पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारीले आफूमाथि पार्टीले कुठाराघात गरेको गुनासो गरेकी छन् । आजबाट सुरु हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका प्रतिनिधिहरुलाई पत्र लेख्दै भण्डारीले गुनासो पोखेकी छन् । उनले आफूलाई पार्टीले निर्णय गरेर राष्ट्रपति हुन पठाएको र आफूले निष्ठापूर्वक काम गरेर फर्किँदा काममा बन्देज लगाइएको भन्दै आफूले उठाउँदै गरेको आवाज आफ्नो लागि मात्र नभएको बताइन् । ‘म अहिले एउटा यस्तो परिवेशमा उभिएको छु, मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीक समेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ,’ उनले भनेकी छन्, ‘पा

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 474 पटक पढिएको
  • मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतना ¥याली

    रामेछाप— मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९ औँ राष्ट्रिय दिवसको अवसरमा शुक्रबार मन्थलीमा सचेतना ¥याली आयोजना गरिएको छ । मन्थली नगरपालिकाको आयोजनामा भएको प्रभात फेरी मन्थलीको मदन–आश्रित चोकबाट सुरु भई मन्थली बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापाले सामाजिक विकृति र अपराध नियन्त्रणमा सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्नेमा जोड दिए । ‘मानव बेचबिखन र ओसारपसार रोक्न सबै सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने छ’, उनले भने । कार्यक्रममा मन्थली नगरपालिका महाशाखा

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 503 पटक पढिएको
  • सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयविरुद्ध प्रेस सेन्टर नेपालको विरोध

    काठमाडौं— सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै प्रेस सेन्टर नेपालले तीव्र आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै सेन्टरले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।विज्ञप्तिमा भनिएको छ, ‘सूचना सङ्कलन, समाचार सम्प्रेषण र आमनागरिकको अभिव्यक्तिको प्रमुख माध्यमका रूपमा स्थापित सामाजिक सञ्जालमाथि ‘नियमन’को नाममा गरिएको प्रतिबन्धले संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुगेको छ ।’प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारलाई सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक कूटनीतिक पहलमा चुक्दै ‘दर्ताको नाममा’ प्रतिबन्ध लगाउने गैरजिम्

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 479 पटक पढिएको
  • नाङ्लो बिक्रीबाट मनग्य आम्दानी गर्दै ‘होम्ताङवासी’

    भोजपुर, २० भदौ : हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुख्र्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै बनेको छ । होम्ताङका अधिकांश स्थानीयले नाङ्लो बुन्दै आएका छन् । स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारले लैजाने गरेका छन् । अन्य समयको तुलनामा विषेशगरी नाङ्लो भदौ, असोज र कात्तिकमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा तराईमा नाङ्लोको बढी माग हुने स्थानीयको भनाइ छ । यो ठाउँका महिला, पुरुष दुवै पक्षले नाङ्लो बुन्ने गरेका छन् । नाङ्लो बुनेर घरखर्च चलाउने

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 410 पटक पढिएको
  • शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली

    दमौली (तनहुँ), २० भदौ : तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गर्नुभएको छ । उहाँले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गर्नुभएको हो । सोह्र वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत तीन वर्षदेखि कृषितर्फ आकर्षित हुनुभएको हो । माँ अम्बे अलौकिक कृषि फार्म गर्दा गरी उहाँले व्यावसायिक रूपमा ड्रागनफ्रुटखेती गर्नुभएको हो । नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर यसको खेती गरिरहेको उहाँले बताउनुभयो । बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा रु एक करोड ५० लाख खर्च भएको उहाँको भनाइ छ । नौ रोपनीमध्ये सात रोपनी ज

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 258 पटक पढिएको
  • माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियानलाई प्रभावकारी बनाउने

    काठमाडौं— नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा स्थायी समितिले गरेका निर्णयहरुको कार्यान्वयन, कार्यविभाजन, अभियान र महिला सम्मेलनको बारेमा छलफल भएको छ । बिहीबार बसेको पदाधिकारी बैठकमा उक्त विषयमा छलफल भएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका हुन् । उनले भने,‘स्थायी समितिले गरेका निर्णयहरुको कार्यान्वयनका सन्दर्भमा बैठक केन्द्रीत थियो । एकतामा आएका कमरेडहरुको कार्यविभाजनको कुरा थियो, अभियानका कुराहरु पनि थिए, महिला सम्मेलनको बारेमा कुराकानी थियो ।’यस्तै, बैठकमा पार्टीको आन्तरिक र बाह्य रुपमा सबै पक्षलाई समेटेर छलफल गर्न त्यसको मोडलहरु फिक्स गरेको र भदौ २१ गतेदखि सञ्चालन ह

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 698 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.