काठमाडौं— अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ।आज सुनको मूल्य तोलामा रु दुई लाख ४१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहारपछि सुनको मूल्य तोलामा रु ११ हजार ६०० र चाँदी तोलामा रु दुई सय ६५ ले घटेको हो। कात्तिक ३ गते सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० र त्यति नै तौलको चाँदी रु तीन हजार २८० मा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । आइतबार ४ जना मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भएको हो ।डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाउने तयारी भएको छ।उनीहरूको शपथका लागि दिउँसो साढे २ बजेको समय तोकिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।
काठमाडौं— आईसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अहिले अमेरिकासँग खेलिरहेको छ । दुबईको मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । लिग–२ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिएको हो । पछिल्ला चार भिडन्तमा नेपालले तीन खेल जित्दा एक खेल हारेको छ । अमेरिकाले पनि तीन खेल जित्दा एक खेल हारेको छ । आपसका पछिल्ला चार भिडन्तमा नेपाल एकपटकमात्र विजयी भएको छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर विश्वकप लिग-२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ ।दो
काठमाडौं— नवलपरासी कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पाल्पामा पक्राउ गरेको छ।कास्की पोखरा महानगरपालिका–२१ का २८ वर्षीय समिर गुरुङ आइतबार बिहान पक्राउ परेका हुन्। प्रहरी चौकी प्रभास, पाल्पाको टोलीले तानसेन नगरपालिका–१० साडीखोलास्थित उनको ससुराली घरबाट बिहान करिब ३ बजे उनलाई नियन्त्रणमा लिएको हो।पाल्पा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार गुरुङ लागुऔषधसम्बन्धी मुद्दामा जेल सजाय भोग्दै आएका थिए। उनी गत २४ भदौमा ‘जेन–जी आन्दोलन’का क्रममा नवलपरासी कारागारबाट फरार भएका थिए।पक्राउ परेका गुरुङलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय पाल्पामा बुझाइएको प्रहरीले जनाएको
काठमाडौं । मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् ।मिस युनिभर्स नेपाल सान्यालाई मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशन संगीता पुरी र आयोजक संस्थाका प्रतिनिधीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाई गरेका छन् ।नोभेम्बरमा थाइल्याण्डमा यसवर्षको मिस युनिभर्सको प्रतिस्पर्धा हुँदैछ । २१ नोभेम्बरमा बैंकक महानगरीय क्षेत्रको नोन्थाबुरीको पाक क्रेटमा रहेको इम्प्याक्ट च्यालेन्जर हलमा फिनाले आयोजना गरिएको छ ।थाइल्याण्डले चौंथो पटक मिस युनिभर्सको प्रतिस्पर्धा आयोजना गरेको हो । ११९ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत निरीक्षण गरेका छन् ।निरीक्षणका क्रममा मन्त्री घिसिङले संसद भवन निर्माण कार्यमा देखिएका ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।उनले भने, ‘पहिलो पटक सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन अवलोकन गर्दा पुरानो संसद भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएर पूर्ण रूपमा ध्वस्त भएको अवस्था छ । अब निकट भविष्यमा राष्ट्रियसभा बैठक र फागुन २१ गतेपछि निर्वाचित प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नुपर्ने भ
काठमाडौं । डा. निकोलस भुसालले आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुने भन्दै सरकारसामु जेनजीको माग पुरा गर्न चेतावनी दिएका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरी उनले अन्तिम विद्रोहको तयारी पुरा भएको भन्दै जेनजीका माग पुरा नभए अर्को सरकार गठन गर्ने बताएका हुन् । ‘हामीले १६ गतेदेखि अन्तिम विद्रोह, अन्तिम क्रान्ति गर्दैंछौ । त्यो रहरले हैन, कहरले हो । अहिलेको प्रधानमन्त्री, गृहमन्त्री तपाईहरुले हिम्मत गर्नुस् । हामीले जेनजीको रगतले तपाईलाई बनाएका हांै,’ उनले भने, ‘आज माइतिघरमा जेनजीको माग पुरा गर भन्दै गर्दा उनीहरुलाई प्रक्राउ गरेर लाने अधिकार कसले दियो ? प्रधानमन्त्री सुशिला कार्की ज्य
काठमाडौं । शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेन–जी युनाइटेड समूहले आपत्ति जनाएको छ । आज (शनिबार) पत्रकार सम्मेलन गर्दै जेन–जी युनाइटेडका अगुवाहरुले सरकारको विरोध गरेका हुन् ।जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए । उनले भने, ‘हामी जेन–जीहरु आन्दोलन गर्दैगर्दा युनिफिकेशन हुनुपर्छ भन्न पनि नपाउनु ? अब हुँदैन यसरी । सरकारले हाम्रा साथीहरुलाई छोड्नुपर्यो । हाम्रो मागहरु छिटो पूरा गर्नुपर्यो । हाम्रो युनिफिकेशन क्याम्पियन जहिलेसम्म पूरा हुँ
रामेछाप । वि.सं १८२४को सिन्धुलीगढीमा भएको नेपाली सेना र अङ्ग्रेज सेनाबीच युद्धमा जनस्तरबाट सहयोग गर्ने जनसेनापति स्वर्गीय रामचन्द्र कँडेलको प्रतिमा उनको जन्मथलो रामेछापको मुगिटारामा अनावरण गरिएको छ । कान्तिपुरका राजा जयप्रकाश मल्लले पृथ्वीनारायण शाहको घेराबन्दीबाट जोगिन बङ्गालस्थित ब्रिटिस इष्ट इन्डिया कम्पनीसँग सैन्य सहयोग मागेका थिए । उनले अङ्ग्रेजहरूसँग सहयोगको सम्झौता गर्दै काठमाडौं उपत्यकामा कम्पनीका व्यापारीहरूलाई सहज व्यापारिक पहुँच दिन्छौँ भन्ने बाचा गरेर अङ्ग्रेज सैन्य टोली नेपाल मगाएका थिए । कप्तान किनलकको नेतृत्वमा आएको २५ सय सेनाको टुकडी भारतको पटना हुँदै तराईबाट मकवानपुर गढीब
जनकपुर । तिहार समाप्त भएसँगै जनकपुरधामसहित तराई मधेशमा छठ पर्वको तयारी सुरु भएको छ ।भव्यताका साथ मनाईने छठ पर्वका लागि जनकपुरधामका पोखरी र घाटहरु सजाउने कार्य भइरहेको छ । जनकपुरधाममा छठ पर्व नेपालको सबैभन्दा प्रसिद्ध मानिन्छ । जनकपुरधामको गंगासगर पोखरी, धनुष सागर, अरगज्जा पोखरी, रुकमिनि पोखरी, अग्निकुण्ड, ध्रुवकुण्ड, रत्नसागर, दशरथ तलाउलगायत पोखरीका घाटहरुमा सरसफाई गरिनुका साथै, टेन्ट लगाउने कार्य तीव्र रुपमा भइरहेको छ ।चार दिन सम्म मनाइने छठ पर्व यस वर्ष शनिबार (भोली) देखि सुरु हुँदै छ । शनिबार ‘नहाय–खाय’ विधि गरिनेछ । ब्रतिले पहिलो दिन ‘नहाय–खाय’ गरी शरीर र मनलाई शुद्ध बनाउने काम गर्छन्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.