समाज

    Showing 6,781-6,790 of 7,904 items.
  • एसिड प्रहार गरेको आरोपमा जेठाजु र ससुरा पक्राउ

    वीरगञ्ज / महिलालाई एसिड प्रहार गरेको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ पीडित महिलाको जेठाजु वर्षीय रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको हो ।उमेशकी श्रीमती २८ वर्षीया सीता पटेल आफ्नो माइतीघर कलैया उपमहानगरपालिका–२३ स्थित कोरिया टोल आउने क्रममा मोटरसाइकलमा आएका दुवैले उनलाई एसिड प्रहार गरेका थिए ।

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 150 पटक पढिएको
  • महोत्सवमा डुंगा पिङ भाँच्चिदा १४ जना घाइते

    कपिलवस्तु / कपिलवस्तुको बांणगंगा जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा डुंगा पिङ भाँच्चिदा १४ जना घाइते भएका छन् ।महोत्सवमा गएका दर्शकहरू सवार पिङ शुक्रबार साँझ भाँचिएर दुर्घटना हुँदा तीन जना भने गम्भीर घाइते भएका छन् ।गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका  का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिकाकी आकृति खनाल रहेका छन् । उनीहरूको बुटवलको एक निजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन् ।घाइते मध्ये ४ जना सामान्य उपचारपछि घर फर्केका र ७ जनाको कपिलवस्तुमै उपचार भइरहेको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 122 पटक पढिएको
  • धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

    काठमाण्डौ / काठमाण्डौको बूढानिलकण्ठमा एक व्यक्तिले आफ्नै श्रीमतिको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् ।उदयपुर स्थायी ठेगाना भई काठमाण्डौको चुनिखेलमा डेरा गरी बस्ने झक्तबहादुर थापाले घरायसी विवादका क्रममा बिहीबार राती मासु काट्न प्रयोग गरी दाउ प्रयोग गरी श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ ।हत्यामा संलग्न भएको अभियोगमा महानगरीय प्रहरी प्रभाग बूढानिलकण्ठले मृतक २४ वर्षिया लक्ष्मी तामाङका श्रीमान भक्तबहादुर थापालाई पक्राउ गरी अनुशन्धान अघि वढाईएको जनाएको छ । 

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 215 पटक पढिएको
  • आपसी मनमुटावका कारण सासुको हत्या

    दाङ / दाङको बबई गाउँपालिका–७मा सासुको हत्या गरेको अभियोगमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । हँसिया र चक्कु प्रहार गरी ६५ वर्षीया सासू गंगी कुँवरको हत्या गरेको आरोपमा बुहारी जमुना कुँवरलाई पक्राउ गरीएको प्रहरीले जनाएको हो । केही समय यता सासू–बुहारी बीचमा मनमुटाव चल्दै आएको थियो ।  आपसी मनमुटाव चलिरहैबेला मंगलवार बिहान करिब ९ बजेतिर बुहारी जमुनाले सासू गंगीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । पक्राउ परेकी बुहारीले सासू गंगीको हत्या आफैँले गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।  गंगीको शव मंगलवार शान्तिनगर गाउँपालिका–६ मा पर्न

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 196 पटक पढिएको
  • लेटाङ घटना :सामान्य बन्दै जनजिवन , प्रहरी हत्यामा संलग्नको आशङ्कामा १२ पक्राउ

    मोरङको लेटाङ–५ खेरुवा स्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै विद्यालयका छात्रामाथि गरेको यौन र्दुव्वहारको विषय सार्वजनिक भएपछि तनावग्रस्त बनेको लेटाङमा लगाइएको कफ्र्यु स्थिति सामान्य बनेपछि आजबाट हटाईएको छ ।स्थानीय र प्रहरीको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भए सँगै अशान्त बनेको लेटाङ क्षेत्रको जनजिवन सामान्य बनेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहानबाट कफ्र्यू हटाएको हो ।पटक–पटक आफ्नै विद्यालयमा अध्ययन गर्ने विध्यार्थीमाथि यौन र्दुव्वहार गर्दै कानुनी रुपमा उन्मुक्ति पाउँदै आएका शिक्षक पौडेल  विरुद्ध  प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिने क्रममा भएको

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 117 पटक पढिएको
  • होलीकै दिन इस्लाम धर्मावलम्बी सब्बेरात मनाउँदै

    बिर्तामोड / नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले आज एक साथ सब्बेबरात पर्व मनाइरहेका छन् । यस सब्बेबरात पर्वमा मुस्लिम समुदायका व्यक्तिले दुई दिन रोजा ९व्रत० बस्ने गर्दछन् । मृत्यु भइसकेका पुर्खाको सम्झनामा मुस्लिम समुदायले प्रत्येक वर्ष यो पर्व मनाउने गरेको मौलान मशहुद खान नेपाली बताउनुभयो ।मुस्लिम समुदायले यस पर्वलाई आफ्नो समुदायको पर्वको मुख्यद्वार पनि मान्दै आएका छन् । सब्बेबरात पर्वपछि मुस्लिम समुदायका अन्य पर्व निरन्तररुपमा एकपछि अर्को पर्व आउने भएकाले यस पर्वलाई पर्वको प्रवेशद्वार मानिएको हो । अबका १५ दिनपछि मुस्लिमको एक महिने रमजान पर्व सुरु हुन्छ । त्यसपछि इद, बकर इद आउँछ ।गत

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 117 पटक पढिएको
  • तराईका जिल्लामा हर्षोल्लास पूर्वक होली मनाईदैं

    बिर्तामोड / तराई मधेशका जिल्लामा आज ९शुक्रबार० होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ ।हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई ‘होरी’ भन्ने चलन छ ।मधेशका पर्वते समुदायले हिजो नै पूर्णिमाका दिन होली मनाएका छन् भने मधेश प्रदेशका मूल मधेशी समुदायले पूर्णिमाको भोलिपल्ट अर्थात् फागुन कृष्ण प्रतिपदाको दिन होली मनाउँछन् ।मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर गृह परिक्रमा सम्पन्न गरे

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 108 पटक पढिएको
  • श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

    बिर्तामोड / झापाको बिर्तामोडमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतको कुटपिटबाट उनकी श्रीमती ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो । गए राति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमानको कुटाइबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएकामा गए राति मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०७८
    • 153 पटक पढिएको
  • ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको आगलागीमा परेर १ जनाको मृत्यु

    ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको आगलागीमा परेर ६७ वर्षीया चुलिमाया लिम्बूको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ ढुङगेसाँघु घर भइ सदरमुकाममा छोरी ज्वाइँकोमा बस्दै आएकी उनको आगलागीमा परेर मृत्यु भएको हो ।कोप्चेको गोस लाइनस्थित रविन आङवोहाङको घरमा बस्दै आएकी उनको अस्पताल ल्याइ पुर्‍याउनु अघि नै मृत्यु भएको थियो । आगो निभाउने क्रममा वडा नं–४ का वडा अध्यक्ष जितेन लिम्बू लगायतका केही व्यक्ति घाइते भएका छन् ।आगलागी रविनको पक्की घरबाट सुरु भएको स्थानीयले बताएका छन् । आगलागीबाट जस्तापाताको छानो भएको छिमेकी संगीता केदेमको घर पूर्णरुपमा जलेको छ । दमकल, स्थानीय, सेना, प्रहरी, सशस्त

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 112 पटक पढिएको
  • ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी

    ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङस्थ्ति कोप्चेमा आज बिहान आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट आगलागी सुरू भएको हो ।आगलागीबाट एउटा घर जलेको छ भने आसपासका घरहरु जोखिममा परेका छन् । आगो नियन्त्रण गर्न फुङलिङ नगरपालिकाको दमकल तथा स्थानीय र सुरक्षाकर्मी खटिएका छन् ।आगो अन्यत्र सल्किए कोप्चे बजार पुरै जोखिममा पर्ने देखिन्छ । वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यो वर्ष सुख्खा याम लागेसँगै बजार क्षेत्रमा पहिलो पटक आगलागीको घटना भएको हो ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 173 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • Email: [email protected]
  • सम्पर्क: ९८१४९१०४५४/९८५११६७५५४