समाज

    Showing 6,711-6,720 of 11,162 items.
  • २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ ।भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई नविकरण गरिदिएको छ ।प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 414 पटक पढिएको
  • ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिकाले गरिन् आत्महत्या

    डोटी—  विद्यालय निरीक्षकले आफूसँग विवाह नगरे मारिदिने धम्की दिएपछि एक शिक्षिकाले आत्महत्या गरेकी छन् । डोटी जिल्ला स्थायी घर भई बाजुराको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह गणित शिक्षकको रूपमा कार्यरत जानकी खड्काले आत्महत्या गरेकी हुन् ।जिल्ला शिक्षा समन्वय एकाइ सिलगढीमा कार्यरत एक जना विद्यालय निरीक्षकले आफूसँग विवाह नगरे ज्यान लिने धम्की दिएको सुसाइड नोट फेला परेको शिक्षिका खड्काले आत्महत्या गरेको खुलासा भएको हो ।खड्का डोटीको पूर्वीचौकी गाउँपालिका– १ की स्थायी बासिन्दा हुन् । उनलाई विवाहका लागि दाबाब दिनेमा डोटीकै शिखर नगरपालिका– ११ स्थायी घर भई ज

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 775 पटक पढिएको
  • कपिलवस्तु र महोत्तरीमा आगलागी हुँदा करिब २० लाखको धनमाल नष्ट

    काठमाडौं— कपिलवस्तु र महोत्तरीमा छुट्टाछुट्टै आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।कपिलवस्तुको शिवराज नगरपालिका–७ निविहवास्थित पशुपति प्लाई बोर्ड कम्पनीमा बुधबार दिउँसो आगलागी हुँदा करिब १५ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।त्यसैगरी, महोत्तरीको भंगाहा नगरपालिका–५ राजपुर बजारमा गए राति विद्युत् सर्ट भएर दिनेश साह सोनार र अहमद राइनका घुम्ती पसलमा आगलागी हुँदा करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेको छ ।प्रहरीले स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 572 पटक पढिएको
  • २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण

    काठमाडौं— नेपाल विद्युत्‌ प्राधिकरणले २८३ मेगावाट विद्युत्‌ निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत्‌ मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत्‌ प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत्‌ आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत्‌ निर्यात लागि दिएको स्वीकृतिलाई नवीकरण गरिदिएको छ ।प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत्‌ भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत्‌ बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्य

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 524 पटक पढिएको
  • देशभर अवैध लागूऔषधसहित २४ जना पक्राउ

    काठमाडौं— देशका विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित २४ जना पक्राउ परेका छन्। सुनसरी, बाँके, बर्दिया, सल्यान, कैलाली, पर्सा, कास्की, तनहुँ र झापा जिल्लामा प्रहरीले छापामारी गर्दा ब्राउनसुगर, ट्रामाडोल, स्पास्मो, नाइट्राजेपाम, डाईजेपाम, फेनारगन, नुर्फिन लगायतका लागूऔषध बरामद गरेको हो।पक्राउ परेकामध्ये केही भारतबाट नेपालतर्फ लागूऔषध ल्याउँदै गर्दा र केही आफ्नै घर तथा सवारीसाधनमा लुकाइराखेको अवस्थामा पक्राउ परेका छन्। प्रहरीले पक्राउ परेकाहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइ अनुसन्धान गरिरहेको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 595 पटक पढिएको
  • ढल्कुबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका–१८, ढल्कु क्षेत्रबाट प्रहरीले अवैध पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–६ का २३ वर्षीय समिर श्रेष्ठ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपाली रहेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले मंगलबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र १२ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनीहरू विरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 605 पटक पढिएको
  • गृहमन्त्रीलाई हटाउने निर्णय नभएको प्रधानमन्त्री कार्यालयको स्पष्टिकरण

    काठमाडौं । प्रधानमन्त्रीको कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय नभएको स्पष्ट पारेको छ ।पछिल्ला दिनहरूमा गृहमन्त्री अर्याललाई हटाउने विषयमा विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जालमार्फत फैलिएको सूचनाले प्रधानमन्त्रीको ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले स्पष्टिकरण जारी गरेको छ ।बुधबार जारी विज्ञप्तिमा कसैलाई मन्त्री बनाउने वा हटाउने पूर्ण अधिकार प्रधानमन्त्रीलाई रहँदै आएको र कसैको दवाब वा प्रभावमा आधारित भएर यस्तो निर्णय हुने सवाल नै नउठ्ने उल्लेख गरिएको छ ।प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जेनेजी आन्दोलनबाट उ

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 327 पटक पढिएको
  • २२ गते विश्वासको मत लिने मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको तयारी

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले अब आउने २२ गत्ते शनिबार विश्वासको मत लिने भएका छन् ।हिजो मुख्यमन्त्री सोनलको निवासमा बसेको सात दलीय गठबन्धनको बैठकबाट विश्वासको मत लिने निर्णय भएको जनाइएको छ । मुख्यमन्त्री सोनलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्नेभएका छन् । मन्त्रालयहरुको संख्यागत टुंगो लागिसके पनि मन्त्रालयको नाम टुंगो लाग्न बाँकी रहेको बताइएको छ । जसपा नेपालले भौतिक विकास मन्त्रालय समेत ४ र जनमत पार्टीले अर्थ सहित ३ मन्त्रालय भागवण्डा हुने निश्चित देखिएको छ ।यता, माओवादी केन्द्रले उर्जा, सिँचाइ तथा खानेपानी सहित दुई मन्त्रालय र नेकपा एकीकृत समाजवादीले उद

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 583 पटक पढिएको
  • बीपी र मध्यपहाडी राजमार्गमा सवारी साधन र यात्रुहरूलाई सचेत रहन आग्रह

    सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आजबाट कात्तिक १५ गतेसम्म जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनाको आधारमा प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन जारी गरेको हो ।सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेकाले नागरिक, स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय सबैलाई सचेत रहन आग्रह गरिएको छ । सूचनामा वर्षा र बाढीका कारण हुन सक्ने मानवीय र भौतिक क्षति रोकथामका लागि सात बुँदे सावधानीका

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 241 पटक पढिएको
  • बीपी र मध्यपहाडी राजमार्गमा सवारी साधन र यात्रुहरूलाई सचेत रहन आग्रह

    सिन्धुली— जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आजबाट कात्तिक १५ गतेसम्म जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनाको आधारमा प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन जारी गरेको हो ।सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेकाले नागरिक, स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय सबैलाई सचेत रहन आग्रह गरिएको छ । सूचनामा वर्षा र बाढीका कारण हुन सक्ने मानवीय र भौतिक क्षति रोकथामका लागि सात बुँदे सावधानीका

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 614 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.