जनकपुरधाम— नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट महोत्तरीको औरही नगरपालिका–४ कटुधारमा एक बालिकाको मृत्यु भएको छ । बुधबार अप्राहन्न साइकलमा हिँड्दै गरेकी स्थानीय गोविन्द यादवकी १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको हो। मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् ।स्थानीय सन्ध्या यादवसँगै साइकलमा जाँदै गरेकी शिवानी लाई मोटरसाईकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा जानकी एकेडमिक हस्पिटल महोत्तरीमा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिएका छन् ।
ईलाम— इलामको देउमाई नगरपालिका–१, कुखुरे नजिक मेची राजमार्गमा आज बिहान सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।प्रहरीका अनुसार बिहान करिब १०ः३० बजे तेह्रथुमबाट झापा आउँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र ईलामबाट पाँचथरतर्फ जाँदै गरेको प्र.१९०१९०१६प १३६७ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा मोटरसाइकल चालकसहित बोलेरोमा सवार नौ जना गरी १० जना घाइते भएका छन्। घाइतेहरूलाई प्रहरी चौकी रक्सेको टोलीले उद्धार गरी तत्काल उपचारका लागि ईलाम जिल्ला अस्पताल पठाइएको इलाम प्रहरीका सूचना अधिकारी प्र.स.नि. रोजन नेम्बाङले जानकारी दिए।दुर्घटनामा परेका घाइतेहरूको अवस्थ
काठमाडौं— आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईलाई २४३ रनको लक्ष्य दिएको छ । बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा बिहान ११ बजेर १५ मिनेटमा सुरु भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले नेपालले ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएर यूएईलाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।जारी खेलमा पाँँच चौंका एक छक्का सहित राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध सेन्चुरी समेत हानेका छन् । उनले १३० बलमा १०९ रन बनाए । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ५४
झापा— झापाको मेचीनगर नगरपालिका–१४ स्थित हातेमालो सामुदायिक वनभित्र आज बिहान एक कार जलेको अवस्थामा फेला परेको छ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी खण्डको सडकबाट करिब २०० मिटर भित्रको जङ्गलमा उक्त कार पूर्णरूपमा जलेको अवस्थामा भेटिएको हो।खड्काका भनाइमा, “कार जलिरहेको अवस्थामा फेला परेको हो। कसले र किन आगजनी गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।” कारको नम्बर प्लेटसमेत जलेको बताइएको छ।हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलका अनुसार स्थानीयले बिहान सबेरै कारलाई सडकबाट जङ्गलतर्फ लैजाँदै गरेको देखेका थिए। के
काठमाडौं— चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट १६ अर्ब १२ करोड राजस्व सङ्कलन भएको छ ।वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँच थरीका पेट्रोलिम पदार्थको आयातमा एक अर्ब छ करोड रकमले कमी आएको आएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा भने ३९ अर्ब १५ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा १६ अर्ब सात करोड राजस्व सङ्कलन भएको छ । भन्सार कार्यालयका प्रमुख भन्
काठमाडौं— श्रममन्त्रीमा सिफारिस भएर अन्तिम समयमा शपथ खान नपाएका खगेन्द्र सुनार आज काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका छन्।अधिवक्ता मनिषा गौतमको जाहेरीमा सुनार आज बयानका लागि अदालतमा हाजिर भएका हुन्। सुनार विद्युतीय कारोबार सम्बन्धी मुद्दाका फरार प्रतिवादी थिए। मन्त्रीमा सिफारिस भएपछि उनको विरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो।काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पुर्जी जारी गरेको थियो। गौतमले सामाजिक सञ्जालमा भएको गालीगलौजको स्क्रिनसट प्रमाणसहित विद्युतीय अपराधको मुद्दा दायर गरेकी थिइन्।आज बयान सकिएपछि अदालतले थुनछेक बहस गर्ने तयारी गरेको छ।सु
बुटवल— नेकपा एमाले निकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ। विहिबार केन्द्रीय कमिटी सदस्य समेत रहेका गौतम भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए ।६५ वर्षीय गौतमलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पतालमा पुर्याइएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मुगु । जुम्लामा पछिल्लो समयमा सडक र हवाई सेवाको पहुँच विस्तर हुन थालेपछि जुम्लाको चन्दनाथ र भैरवनाथ मन्दिरमा दर्शन गर्न आन्तरिक तथा वाह्य पर्यटकको भीड बढ्दै गएको छ । असोज महिनाको चिसोले उराठिएका डाँडाहरूको काखमा रहेको खलंगा बजार जहाँ बिहानको सूर्यकिरण मन्दिरको सुनौलो गजुरमा पर्छ र मन्दिरको मृदुल ध्वनीले उपत्यका गुन्जायमान हुने गरेको छ ।यसमध्येको चन्दननाथ भैरवनाथ मन्दिर आस्था, इतिहास र पहिचानको साझा धरोहर बनेको छ । यहाँको मन्दिर काठ, ढुंगो र धातुको संरचना मात्रै नभएर जुम्ली आत्माको प्रतीक मानिन्छ ।सयौं वर्षअघि योगी चन्दननाथले यही तपस्या गरी भैरवनाथ प्रसन्न पारेको भनाइ छ । उनीबाट सुरु
काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ । बिहीबार सिंहदरबारस्थित समितिको सभाहलमा बैठक बसेको हो । बैठकमा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम सम्बन्धमा छलफल भएको समिति सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए ।उनले भने, ‘हामी कसरी अगाडि बढ्ने भन्ने बारेमा एउटा कार्ययोजना बनेको थियो तर अहिलेको समय परिवर्तन भएको छ । र यो परिवर्तित समयमा त्यो कार्ययोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । अब आउँदो समयमा भने त्यो कार्ययोजनामा के कुरा राख्ने के कुरा नराख्ने भन
भक्तपुर । भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सकहरुले कार्यकारी निर्देशक नियुक्तिमा स्थायी चिकित्सकहरुलाई प्राथमिकतामा राख्न माग गरेका छन् । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मालाई एक पत्र लेख्दै स्थायी चिकित्सकहरुले नयाँ कार्यकारी निर्देशक नियुक्तिको चर्चा चलिरहेका बेला स्थायीलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका स्थायी चिकित्सकहरूको तर्फबाट लेखिएको पत्रमा स्थायी दरबन्दी अनुसार समितिमा कार्यरत स्थायी चिकित्सकमध्ये वा नेपाल सरकारका स्थायी सेवामा रहेका चिकित्सकमध्येबाटै योग्य उम्मेदवारलाई कार्यकार
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.